• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कीर्तिपुर मैदानमा सचिन... सचिन!

64x64
ऋग्वेद शर्मा शनिबार, कात्तिक ३०, २०७६  १८:२२
1140x725

काठमाडौं- 
सsssचिन....सचिन, सsssचिन....सचिन।

क्रिकेटमा ध्यान नै नदिनेहरुले पनि ‘सsssचिन....सचिन’को यो हल्ला सुनेको हुनुपर्छ। भारत मुम्बईको वाङ्खेडे स्टेडियमबाट सुरु भएको हल्लाले कुनै समय विश्व क्रिकेटलाई यसरी छोप्यो कि अरु सबै आवाज मलिन लागे। यही आवाजले धेरैलाई हौसला दियो। धेरैलाई सपना देखायो। खेलेर हुने रहेछ भन्ने सन्देश फैलायो। भारतमा मात्रै होइन विश्वभर नै। 

हुन त सचिन आफैले धेरै पटक भनेका छन्, ‘म क्रिकेटभन्दा ठूलो होइन।’ तर चाहानेहरु भनिदिन्छन्- क्रिकेटका भगवान हुन् सचिन।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासले पनि शनिबार मध्यान्ह त्रिवि मैदान कीर्तिपुरमा भनिहाले- यो क्रिकेट मैदान हाम्रो मन्दिर हो। जहाँ आज स्वयम क्रिकेटका देवता उपस्थित भएका छन्। 

हुन पनि क्रिकेट बुझ्ने बेलादेखि नै विनोद दासका लागि मात्रै होइन, लाखौँका लागि आदर्श बनेका छन् सचिन। आफू सानो छँदै सचिनको तस्बिर बोकेर हिँडेका दासलाई त अझ उनको उपस्थितिले उचाइ थप्ने नै भयो। यसैले त राष्ट्रिय यु-१९ टिमको प्रशिक्षक रहेका दास भारतमा भइरहेको खेल छाडेर भए पनि सचिन भेट्न नेपाल आए। 

सचिनले सम्बोधनका क्रममा दासको नाम लिँदै नेपाली क्रिकेटका लागि गरेको कामको तारिफ गरे। सचिनले तारिफ गरिरहँदा भावुक भएका थिए दास। सचिनले बारम्बार उनको नाम उच्चारण गरिरहँदा दासको अनुहारमा देखिएको भावुकताले उनको सपना पूरा भएको देखाइरहेकै थियो। त्यसअघि सचिनसँग एउटै मैदानमा क्रिकेट खेल्न पाउनु त उनका लागि क्रिकेटमा लाग्नुको पूर्णता नै। 

क्रिकेट कमेन्टेटर एवं पत्रकार हर्षा भोग्लेले ‘यदि सचिनले राम्ररी ब्याट चलाए भने भारत राम्ररी निदाउन सक्छ’ भनेको सम्झँदा होस् या अस्ट्रेलियन पूर्व अलराउन्ड क्रिकेटर एन्ड्रयू साइमन्ड्सले सचिनलाई अटोग्राफ दिँदा ‘सचिनका लागि, जो जस्तै बन्न हामी सबै चाहन्छौँ’ लेखेको सम्झना होस्। यस्ता हजारौँ अभिव्यक्ति छन् जो सचिनको तारिफमा खर्च भएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

विश्वभर रहेका क्रिकेट दर्शक हुन्, खेलाडी हुन् या विश्लेषक सबैलाई सचिनको खेल जीवनका बारेमा जानकारी छ। सचिनका उपलब्धिका तथ्यांकहरु र उनले विश्व क्रिकेटका लागि गरेको योगदानलाई प्रस्तुत गर्नु भूल हुन जान्छ। सचिन आफैले पनि कीर्तिपुर मैदानमा बालबालिकासँग भने, ‘अंकको पछि नलाग्नू। अंकमा देखिने उपलब्धि ठूलो कुरा होइनन्, आफ्नो मनमा हुने सन्तुष्टि जबसम्म प्राप्त हुँदैन तबसम्म अंकले देखाएको सफलताहरु काम हुँदैन। मनले देखाएको सन्तुष्टिको असल मार्गमा हिँड्नू।’ 

क्रिकेटमा यति ठूलो उचाइ पाएका खेलाडी नेपाल आउनु उनलाई एक झल्को हेर्न पाए मात्रै पुग्ने चाहना भएका समर्थकका लागि ठूलो सपना नै हो। 

सचिन नेपाल आउँदै छन् भन्ने खबर शुक्रबार राति मात्रै सामाजिक सञ्जालमा देखिन थालेको थियो। मध्यरातमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको तस्बिरहरु देखिए। उनी आउँदै छन् भन्ने सुनेर पनि नपत्याएकाहरु विश्वस्त भए। खबरहरु फैलिए। 

मध्यरातको जानकारीले पनि सचिन हेर्न त्रिवि मैदान कीर्तिपुरमा शनिबार बिहान सयौँ समर्थकहरु पुगे। तब सचिन पुगेका हरेक क्रिकेट मैदानमा जस्तै कीर्तिपुरमा पनि गुञ्जियो, ‘सsssचिन....सचिन।’

सचिन संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यक्रममा सरिक हुन नेपाल आएका हुन्। बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले उनलाई नेपाल बोलाएको हो। सचिन युनिसेफका दक्षिण एसिया सद्भावना दूत हुन्। 

युनिसेफले नै सचिनसँग क्रिकेट खेल्ने बालबालिकाहरु कीर्तिपुर मैदानमा जम्मा गरेको थियो। जहाँ सचिन र दासको कप्तानीमा बालबालिकाको दुई टिम बनाएर आठ ओभरको क्रिकेट नै भयो। दासको ‘टिम रातो’ले दिएको ४५ रनको लक्ष्य सचिनको ‘टिम निलो’ले ६ ओभरमा नै भेट्टायो। मैदानमा जित्ने र हार्ने बालबालिकाको अनुहारमा देखिएको उत्साहमा कुनै कमी थिएन, आखिर सचिन जो उनीहरुसँगै थिए। 

आफ्नो इनिङमा दुई ओभर ब्याटिङ गरेका सचिनले फिल्डिङको समयमा गरेको विकेटकिपिङ हेर्न लायक थियो। विश्वविख्यात क्रिकेटरलाई विकेटकिपर राखेर बलिङ गरिरहेका साना खेलाडीहरु उसै हौसिएका थिए। 

संयोग नै मानौँ, सचिनले ६ वर्षअघि आजकै दिन अर्थात नोभेम्बर १६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा बिसाएको ब्याट आज नेपाली भूमिमा फेरि उठ्यो। 

फिल्डिङ पोजिसन मिलाउने, राम्रो गर्दा तालि बजाउने, बलिङ र ब्याटिङ गर्न सिकाउँदै सचिन बालबालिकासँग एकैछिनमा घुलमिल भइहाले। मैदानमा पहिलो इनिङको ८ र दोस्रो इनिङको २ ओभर सचिनमय बन्यो। आउँदैन भनेर पछि हटिरहेका खेलाडीलाई पनि सचिनले अघि सारेर बलिङ गराइछाडे।

खेलपछि आउँदैन भनेर पछि हट्ने सानी खेलाडीतिर हेरेर उनले भने, ‘छली गर्नु पो हुँदैन, नजान्न त पाइहालिन्छ नि! गल्ती सबैबाट हुन्छ। जानेको छैन भनेर पछाडि हट्नु भने हुँदैन, प्रयास गर्नुपर्छ। गल्ती गर तर छली नगर।’ 

उनले खेलेका खेलहरुले मात्र होइन उनको अभिव्यक्तिले पनि उनको महानता झल्काइरहेको थियो। हरेक भनाइ उनको उचाइ देखाउन पर्याप्त थियो। 

यसैले त दासले भनेका हुन्, ‘हामी सधैँ क्रिकेट खेलिरहेको यो मैदानमा आज खेल्दा फरक महसुस भएको छ। यो मैदानमा मैले सयौँ खेल खेलेँ तर आजको खेल पृथक थियो। अरबौँ क्रिकेटप्रेमीका ढुकढुकी आज हामीसँग हुनुहुन्छ र मैले उहाँसँग मिलेर क्रिकेट खेल्न पाएँ। यो एउटा सौभाग्यको कुरा हो।’ 

दासले सचिनको उपस्थितिले कीर्तिपुर मैदानमा फेरिएको स्वरुप ब्याख्या गरेर धन्यबाद दिइरहँदा सचिनको अनुहारमा लेश पनि फरक भाव थिएन। उस्तै शान्त र सानो मुस्कान। 

सचिनले क्रिकेट सकिएपछि ‘नमस्ते’ भन्दै सम्बोधन गरेर आफ्ना कुरा सुरु गरे। दुई तीन दिनदेखि सन्चो नभएकाले धेरै पानी पिइरहे पनि कीर्तिपुर मैदानमा आजको बिहान निकै राम्ररी बितेको भन्दै उनले नेपालीमा नै सोधे– ‘तपाइँहरुलाई राम्रो लाग्यो?’ 

बिनोद दासले भनेका धेरै कुराहरु नबुझे पनि उनले बालबालिकाका लागि भनेका केही कुराहरु बुझेको र उनको कुरामा पूर्ण समर्थन जनाएको सचिनले बताए। बालअधिकार र बालबालिकाका लागि केही समय बोलेका उनले आफ्नो सानो बेलाका अनुभव पनि सुनाए। 

‘सानोमा आमासँग निकै चकचक गर्थें। विद्यालयबाट फर्किंदा टिफिन बक्समा कहिले भ्यागुता कहिले फट्याङ्ग्रा हालेर लगिरहेको हुन्थेँ। आमाले भान्सामा खाना पकाउँदा सामान चलाएर यताउता पारिदिन्थेँ, तर आमाले मलाई कहिल्यै ठूलो स्वरले गाली पनि गर्नुभएन’उनले भने, 

‘मेरो अभिभावकले मैले चाहेकै काम गर्न दिएकाले मात्रै म खेलाडी बन्न सकेको हुँ। यहाँ रहेका सबै बालबालिकाको केही सिक्ने चाहना निकै राम्रो लाग्यो। के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुरा आफ्नै मनलाई लाग्ने कुरा हो। यो गर या यो नगर, यही नै बन्नुपर्छ भनेर कसैले पनि बालबालिकामाथि दबाब दिनु हुँदैन।’ 

सचिनले बालबालिकासँगको कुराकानीमा बारम्बार भनिरहेका थिए, ‘मेहनत गर्नुपर्छ। शान्त भएर पर्खन सक्नुपर्छ।’ 

सचिन न त अंकको पछि लागे न त घडीको सुइको। उनले नपछ्याएकैले होला समयले पनि उनलाई पछ्यायो र अंकले पनि। 

उनी आफै पनि भन्छन्, ‘घडी हेरेर अभ्यास गर्ने होइन, अभ्यास कति गर्ने भन्ने मनले निर्देशित गर्नुपर्छ। जीवनमा यस्ता अवस्थाहरु आउँछन् जहाँ दिमागलाई होइन मनलाई अगाडि सार्नुपर्छ।’

सचिनले पनि गरेको त्यही नै हो। उनलाई चकचके केटोबाट जिम्मेवार र अनुशासित बनाएको त्यही तरिका हो। उनले उचाइमा लैजाने अंकहरु मात्र होइन कमजोर तुल्याउने अंकहरु पनि विचार गरे। तब त उनको खेल जीवनले सिकाउँछ, ‘सगरमाथा पनि त उक्लिएपछि ओर्लनैपर्छ उचाइमा हुँदा घमण्ड किन लिनु?’

कीर्तिपुर मैदानमा सचिनका थप तस्बिर-

प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
सरकारी सफ्टवेयर विकास र सञ्चालनका लागि छुट्टै केन्द्र स्थापना हुँदै शुक्रबार, भदौ ५, २०८३
राप्रपाले माग्यो बागमतीका तीन मन्त्रीसँग ६ घण्टे स्पष्टिकरण शुक्रबार, भदौ ५, २०८३
दराजको होलोग्राम टाँसिएका कस्मेटिक सामान कागजातबिनै भेटिए, झन्डै एक करोडको सामानसहित चालक नियन्त्रणमा शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
सरकारी गाडीमा पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार, भदौ ५, २०८३
जापानको फुकुओकामा नेपाली महिलाको शव फेला, हत्या भएको आशंका शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्