काठमाडौं- तयारी नपुगेको भन्दै नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था समेत ठिक नभएको र आन्तरिक तयारी नपुगेको भन्दै अर्को मितिमा बस्ने गरी बैठक स्थगित गरिएको हो। यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा आजै साँझ ५ बजे बैठक बस्ने तय भएको थियो।
अर्को बैठक बस्ने बारे हालसम्म मिति तय भएको छैन।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगावै पार्टी एकता गर्ने तयारी गरे पनि आवश्यक गृहकार्य नपुग्दा एकता प्रक्रिया लम्बिएको छ। वाम गठबन्धनमा आबद्ध दुवै दल एमाले र माओवादी केन्द्र कम्युनिस्ट पार्टी स्थापनाको दिन बैसाख ९ गते एकताको औपचारिक घोषणा गर्न सहमत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।