काठमाडौँ- नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।
गत फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई मंगलबार जेल चलान गरिएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले आजको काठमाडौँ जिल्ला अदालतको आदेशानुसार जेल चलान गरिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।