काठमाडौं– नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौलाले राज्य व्यवस्था समितिको भर्चुअल बैठक तत्काल बोलाउन माग गरेकी छिन्।
प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्य समेत रहेकी संग्रौलाले संसदको अधिवेशन चालु नरहेकाले सम्बन्धित सरकारी अधिकारीहरुलाई पनि आमन्त्रण गरी ‘मिनी संसद’ बोलाउन आग्रह गरेकी हुन्।
संग्रौलाले राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठलाई भर्चुअल बैठक गर्न आग्रह गरेकी हुन्।
स्वास्थ्य मन्त्रालयमा कमिशनको खेल हुँदा स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण बिना कार्य गर्नुपरेको बताइन्। कोरोना संक्रमणको परिक्षण गर्न ल्याइएका उपकरणहरुको विश्वसनियता माथि प्रश्न उठेको उनले बताइन्। सरकारको जवाफदेहिताका समितिको बैठक माग गरेको उनले बताइन्।
भौतिक रुपमा उपस्थित हुन सम्भव नभए उपलब्ध प्रविधिको प्रयोग गरी भर्चुअल बैठक गर्न उनले माग गरेकी हुन्।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले त्यस्तो बैठक गरिसकेको छ।
सरकारको कार्यशैलीले नागरिकको जीवन र जनजीविका माथि जोखिम बढेको उनले बताइन्। खानाको अभावमा लामो दूरी तय गरेका मजदुरलाई घरसम्म पुर्याउन प्रदेश र स्थानीय तहसँग समन्वय गर्न गृह मन्त्रालयलाई आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।