काठमाडौं– सरकारले बरियताका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्त गरेको छ। मंगलबार साँझ ८ बजेपछि बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा १ नम्बरमा रहेका सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीमा पनि ब्याचमा पहिलो नम्बरमा रहेका शैलेन्द्र खनाललाई आइजिपी नियुक्त गरेको हो।
सर्वसम्मत रुपमा दुवै संगठनमा आइजिपी नियुक्त गरिएको श्रममन्त्री गोकर्ण विष्टले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।