काठमाडौं– सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नयाँ संगठन संरचना पारित गरेको छ। मन्त्रिपरिषद्को गत चैत १४ मा बसेको बैठकले संगठन संरचना पारित गरेको हो।
नयाँ संरचना अनुसार मन्त्रालयमा उद्योग, वाणिज्य र आपूर्ति गरी तीन सचिव रहनेछन्। तीन सचिवालय अन्तर्गत मन्त्रालयमा ७ सहसचिव रहनेछन्।
जसमा उद्योग सचिवालय अन्तर्गत २ महाशाखा र ६ शाखा रहनेछन्। त्यस्तै, वाणिज्य अन्तर्गत पनि २ महाशाखा र ६ शाखा नै रहनेछन् भने आपूर्ति सचिवालय अन्तर्गत ३ महाशाखा र ११ शाखा रहनेछन्।
कुन सचिवालयमा कुन महाशाखा र शाखा?
उद्योग सचिवालय
१. औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखा
– औद्योगिक नीति तथा सहजीकरण शाखा
– वैदेशिक लगानी तथा बौद्धिक सम्पत्ति शाखा
– घरेलु, साना तथा मझौला उद्योग प्रवद्र्धन शाखा
२. औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा
– औद्योगिक पूर्वाधार शाखा
– वातावरण शाखा
– औद्योगिक गुणस्तर तथा प्रविधि शाखा
वाणिज्य सचिवालय
३. बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा
– बहुपक्षीय व्यापार शाखा
– व्यापार नीति तथा व्यापार साहयता शाखा
४. द्विपक्षीय तथा क्षेत्रीय व्यपार महाशाखा
– द्विपक्षीय व्यापार तथा पारवहन शाखा (भारत)
– द्विपक्षीय व्यापार तथा पारवहन शाखा (चीन)
– क्षेत्रीय र अन्य द्विपक्षीय व्यापार तथा पारवहन शाखा
– निर्यात द्विपक्षीय तथा व्यापार सहजीकरण शाखा
आपूर्ति सचिवालय
५. आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा
– आपूर्ति नीति तथा नियमन शाखा
– उपभोक्ता हित संरक्षण तथा समन्वयन शाखा
– बजार अनुसन्धान तथा नियमन शाखा
६. योजना, अनुगमन तथा मूल्यांकन महाशाखा
– योजना तथा बजेट व्यवस्थापन शाखा
– अनुगमन तथा मूल्यांकन शाखा
– सूचना प्रविधि शाखा
– अनुसन्धान तथा तथ्यांक शाखा
७. प्रशासन तथा संस्थान महाशाखा
– प्रशासन शाखा
– आर्थिक प्रशासन शाखा
– सरकारी उद्योग तथा संस्थान शाखा
– कानुन तथा फैसला कार्यान्वयन शाखा
नयाँ संरचना अनुसार मन्त्रालयमा अब १ सय ५२ जनाको दरबन्दी रहनेछ। यसअघि मन्त्रालयमा २ सय २७ जनाको दरबन्दी थियो, जसमध्ये ७५ जनाको दरबन्दी कटौती भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नयाँ संरचना अनुसार यस्तो १ सय ५२ कर्मचारीको दरबन्दीः


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।