काठमाडौं- प्रहरीको नयाँ महानिरीक्षक (आइजिपी) मा सर्वेन्द्र खनालको नाममा सहमति जुटेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रहरीको नयाँ आइजिपीमा खनालको नाममा सहमति जुटाएको हो। यस्तै, सशस्त्रको आइजिपीमा शैलेन्द्र खनालको नाममा सहमति जुटेको बालुवाटार स्रोतले बताएको छ।
केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले यसबारै औपचारिक निर्णय गर्नेछ।
आइजिपीमा खनालसँगै, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा थिए। नयाँ आइजिपी छनोट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री केपी ओलीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादल सहितको बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।