काठमाडौं- प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक पुन: आज बेलुकी बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक साँझ साढे ७ बजे सुरु हुनेछ।
शीर्ष राजनीतिक तहमा सहमति जुट्न नसक्दा बिहान बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकबारे निर्णय गर्न सकेको थिएन। भावी महानिरीक्षकमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीबीच तीव्र प्रतिस्पर्धा छ।
आइजिपी नियुक्तिबारे सहमति जुटाउन बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा बादलको बैठक बसेको थियो।
नेपाल प्रहरीका आइजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आइजिपी सिंहबहादुर श्रेष्ठले बुधबारदेखि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउँदैछन्। त्यसकारण सरकारले आजै नयाँ आइजिपी नियुक्ति गर्नुपर्ने बाध्यता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।