काठमाडौं- इन्टरनेट सेवा प्रदायक भायनेटको प्रणालीबाट ग्राहकको तथ्यांक चोरी भएको छ। सफ्टवेयर ह्याकरले कम्पनीको प्रणाली ह्याक गरी ग्राहकको विवरण चोरेको हो।
कम्पनीले बिहीबार यसबारे जानकारी पाएको थियो। इन्टरनेट सेवा प्रदायक कम्पनीको प्रणाली ह्याक गरी ह्याकरले करिब १ लाख ६० हजार प्रयोगकर्ताको विवरण चोरेको छ।
भायनेटका अध्यक्ष विनय बोहराले तथ्यांक चोरी भएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जानकारी गराइएको बताए। उनले विवरण चोर्नेको पहिचान खुल्न नसकेको पनि बताएका छन्।
भायनेटको प्रणाली ह्याक गरी उसका प्रयोगकर्ताक नाम, ठेगाना, फोन नम्बर र इमेल ठेगाना ह्याकरले लगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।