• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

हामी घरभित्रका बन्द कैदी हौँ : मण्डेकाजी श्रेष्ठ [अन्तर्वार्ता]

64x64
सराेज तामाङ बुधबार, चैत २६, २०७६  १४:५०
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को जोखिम कम गर्न गरिएको लकडाउन पनि तेस्रो साता लागिसक्यो। घरभित्र थुनिएर दिन जति बित्दै छन् अत्यास र दिक्दारीका मेसोहरु उति बढिरहेका छन्। यसले सधैँ खेल र अभ्यासमा व्यस्त भइरहने खेलाडीहरुमा पनि फरक मनस्थितिको सिर्जना भइरहेको छ। 

नेपाली करातेका एक स्टार खेलाडी जो यतिबेला लकडाउन जीवनमा आफ्नो खेल सम्झिरहेका छन्। १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा दुई वटा स्वर्ण पदक जितेका मण्डेकाजी श्रेष्ठ आफ्ना दुई छोरी र श्रीमती उषा तामाङ श्रेष्ठसँग घरैमा बसेर लकडाउनका दिनहरु बिताइरहेका छन्। 

मण्डेकाजी आफ्ना एक १० वर्ष र अर्की १० महिनाकी दुई छोरीसँग पहिलो पटक यतिलामो समय बिताइरहेका छन्। परिवारलाई धेरै समय दिन पाएको खुसी पनि अब त अत्यासले जित्ला जस्तो भइसक्यो। उनी भन्छन्, ‘हामी घरभित्रका बन्द कैदी हौं।’

विश्व खेलकुद क्षेत्र ध्वस्त हुँदा यसको प्रत्यक्ष मार खेलाडीमा छ। झनै नेपाली खेलाडीमा त यसको चपेटा बढी देखिन्छ। कतिपय खेलाडीमा दैनिक गुजारका समस्या नआउँदै सम्बन्धितहरु चनाखो बनिसक्नुपर्नेछ। 

यसै सन्दर्भमा रहेर स्वर्ण विजेता खेलाडी मण्डेकाजीले लकडाउन कसरी कटाइरहेका छन् र कोरोना भाइरस (कोभिड १९) बाट जोगिन कस्ता सावधानी अपनाइरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर  नेपाललाइभका सरोज तामाङले कुराकानी गरेका छन्–

लकडाउन अझ थपिँदो छ, यस्तोमा दिनहरु कस्तो हुँदैछ?
त्यही हो, बिहान उठ्यो। आफै अभ्यास गर्ने अनि खायो, बस्यो। दिउँसोतिर परिवारसँग बसेर कुरा गर्छु। यस्तै त हो।

अहिले कोरोनाले विश्वब्यापी रुपमा महामारी ल्याएको छ। यो बेला कसरी सुरक्षित हुने भन्ने नै हो। त्यसैले घरैमा बस्दै सावधानी अपनाउनुको विकल्प छैन।

बेला बेला घरका लागि आवश्यक पर्ने सामग्री किन्न त जान्छु। त्यो बाहेक चाहिँ बाहिर निस्किने गरेको छैन। निस्किने अवस्था पनि त छैन।

Ncell 2
Ncell 2
nimb
nimb

घर वरपरको वातावरण चाहिँ अहिले कस्तो छ?
यो बेला वरपरको वातावरण त शुन्य नै छ। बिहान र साँझ चाहिँ पसलहरु हल्का खुल्छन्। खाने कुरा त चाहियो नै। त्यही भएर पनि सुरक्षा अपनाउँदै वरपरका पसलहरु खुल्ने गरेको छ।

लकडाउनले केही समस्या त आइपरेको छैन नि? 
अहिलेसम्म समस्या त परेको छैन। अस्ति एक दिन चाहिँ मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बोलाउनु भएको थियो र गएँ। विभिन्नहरुलाई खाद्यान्न सहयोग गर्ने कुरा रहेछ। खेलाडीको तर्फबाट प्रतिनिधित्व गरिदिन आइदिनु भनेपछि भो भन्न सकिनँ। 

सामाजिक हितमा लाग्नु त खुसीकै कुरा हो तर अहिले त जोखिम पनि छ नि, 
त्यो दिन मध्यपुर ठिमी नगरपालिकाको सात र आठ नम्बर वडामा सहयोग गरिएको थियो। सुरक्षित हुने सबै कुरामा विचार गरिएको थियो। कोरोना लाग्नबाट बच्नु पर्ने सबै सावधानी अपनाएका थियौं। त्यहाँ कुनै त्यस्तो जोखिम थिएन।

Xtrem

Xtrem

कोरोनाको त्रास त छँदै छ। हामीलाई जुनसुकै समयमा लाग्न सक्छ। त्यहि भएर त अहिले देशमै लकडाउन छ। तर कतिपय त यस्ता नागरिकहरु छन्, जो एक छाक खान पाइरहेका छैनन्।

बिहान काम गरेर बेलुका खानु पर्ने अवस्था धेरैको छ। उनीहरुको लागि यो समयमा चाहिँ हामीले पनि केही सहयोग गर्नु पर्छ। वडा कार्यालयहरुसँग समन्वय गरेर गर्नु पर्ने हुँदा अहिले त्यस्तो कुनै राहत कार्यक्रम छैन। खानै मुस्किल हुने मान्छेहरुको विचार चाहिँ गर्नैपर्छ। 

कोरोनाका बारेमा सुनिरहँदा, विश्वभर मानिसहरु ज्यान गुमाएको खबर देख्दा डर हुने रहेछ?
डर त भइहाल्छ नि। किनभने एउटा सानो गल्तिको कारण यहाँ ठूलो क्षति हुन सक्छ। हामी भन्दा पनि सम्पन्न राष्ट्रहरुले त रोकथाम गर्न सकिरहेका छैनन्। उनीहरुको अवस्था निकै नाजुक छ।

हाम्रो देशमा कोरोना नियन्त्रण बाहिर गयो भने के होला? सोच्दा पनि डर लाग्छ। त्यसैले हामीले पहिले नै कोरोनाबाट बच्न उपायहरु अपनाउनु पर्छ।

यस्तो समयमा एक खेलाडीलाई स्वस्थ रहन गर्नुपर्ने व्यायामको आवश्यकता कति छ?
सेल्फ ट्रेनिङ एकदमै आवश्यक छ। खेलाडी भएपछि एकदमै महत्वपूर्ण पक्ष भनेकै फिटनेस हो। लकडाउन सुरु भएपछि खायो सुत्यो बाहेक अन्य काम केही काम छैन। त्यस्तै, हाम्रो ट्रेनिङको कुनै कमि नआहोस भनेर सेल्फ ट्रेनिङ गर्ने गरेको छु।

अर्को पक्ष हामी कोरोनासँग लड्दा लड्दै अर्को रोग लाग्न सक्छ। त्यसैले स्वस्थ रहनका लागि पनि व्यायामको आवश्यकता छ।

प्रशिक्षकसँग अभ्यास लिँदा निकै फाइदा हुन्छ। तर सेल्फ ट्रेनिङ गर्दा त्यस्तो त हुँदैन। खल्लो त भइहाल्छ। दालमा नुन नपुगेको जस्तो त हुन्छ तर के गर्नु बाध्यता हो।

यतिका लामो समय राम्रो अभ्यासबिना बस्दा पहिलेको खेल लयमा आउन समस्या पो हुने हो कि? 
त्यसमा पनि डर छ। आफूलाई चाहिने कुरा घरमा बसेर मात्र हुँदैन। हल, अभ्यास सामग्री, लगायत धेरै कुराको आवश्यक पर्छ। तर घरमा बसेर यी सबै कुरा पाइँदैन। स्टामिना त्यसै घटिरहेको छ। तर त्यस्तो नहोस् भनेरै विहान बेलुका आफै घरमा अभ्यास गर्ने गरेको छु।

कोरोनाले तपाइँको कुनै खेल सहभागिता रोकियो? 
राष्ट्रिय प्रतियोगिता थियो हाम्रो, त्यो सरिनै हाल्यो। म अस्ट्रेलिया ओपनमा पनि भाग लिन जान लागि रहेको थिएँ। त्यो पनि भएन।

अर्को त झनै थाइल्यान्डमा एक कार्यक्रमको लागि जानु पर्ने थियो। त्यसको लागि टिकटदेखि सबै काम भइसकेको थियो। तर लक डाउन भइ हाल्यो। थाइल्यान्डमा मलाई सम्मान गर्ने कार्यक्रम पनि थियो। 

१३औँ साग खेलकुदमा स्वर्ण पदक जितिसकेपछि काठमाडौंमा विभिन्न संघ संस्थाले सम्मान गर्ने धेरै कार्यक्रमहरु थियो, त्यो पनि स्थगित भयो।

पहिलो पटक हो, तपाई यति लामो समय घरमा बस्नु भएको?
हो, मेरो यो पहिलो पटक हो। २५–२६ वर्ष भयो, खेल खेल्न थालेको। यति लामो समय घरमा बस्नु परेको थिएन। खेलकुदमा लागेपछि सधैँ अभ्यास र प्रतियोगितामै बित्यो समय। तर यो पटक कोरोनाले घरभित्रको कैदी बनाएको छ।

परिवारसँग चाहिँ कस्तो कुराकानी हुन्छ अहिले?
श्रीमती बैंकर हुन्। हप्ताको एक दिन अहिले उनी बैंक जानु पर्छ। कुराकानी त त्यही हो, कोरोना नै। अहिले यसकै त छ चर्चा।

खेलाडी साथीहरु तथा संघका पदाधिकारीसँग कुराकानी भइरहेको छ?
भइरहेको छ। जस्तो राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट पनि खेलाडीलाई के कस्तो छ भनेर सोधखोज गर्नु भएको थियो। आफ्नै क्लबले पनि खेलाडीलाई समस्या पो परेको छ कि भनेर फोनहरु गरिरहेको हुन्छ।

भन्न मन भएका कुरा अरु केही छ? 
सरकारले विदेशबाट ल्याएका मान्छेलाई अलिक राम्रोसँग क्वारेनटाइनमा राख्न सकेन कि जस्तो लाग्छ। जो विदेशबाट आउनु भएको छ उहाँहरु पनि क्वारेनटाइनमा बस्न मान्नु भएन कि जस्तो लाग्छ। त्यस्तो नगरिदिएको भए हुने। उहाँहरुकै लागि हो। विदेशबाट आएकालाई राम्रोसँग राखिएको भए फैलिने थिएन। 

भारतमा अहिले कोरोनाले निकै भयानक रुप लिएको छ। खुला सिमानाको कारण त्यसको जोखिम यहाँ पनि बढी छ। 

यसतर्फ सरकारले उचित कदम चाल्नु पर्छ। कोरोना नलाग्न दिनका लागि बेलैमा सुरक्षाका उपायहरु अपनाउनु पर्छ जस्तो लाग्छ। यसो गरेमा हामी बाँच्न सकिन्छ नत्र त नेपालमा पनि भयानक अवस्था आउनेछ।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध मंगलबार, असोज १३, २०८३
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता मंगलबार, असोज १३, २०८३
बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो मंगलबार, असोज १३, २०८३
म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला: ४९ जनाको मृत्यु, ५८ जना घाइते मंगलबार, असोज १३, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्