• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

'कलाकारले आदेश कुर्ने होइन, आफैं स्पेस सिर्जना गर्ने हो' 

64x64
प्रजु पन्त सोमबार, चैत २४, २०७६  ०८:३३
1140x725

केदार श्रेष्ठ थिएटर मल किर्तिपुरका निर्देशक हुन् । उनी  लकडाउनका बेला थिएटर मलको फेसबुक मार्फत् पुराना नाटकहरुको लाइभ भिडियो देखाउन सक्रीय छन् । थिएटरको समय नै पारेर हरेक दिन पाँच बजे नाटक देखाइरहेका  छन् उनी। लकडाउनमा थिएटर बन्द भएपनि नाटक हेर्ने र देखाउन विकल्पसहित सक्रिय श्रेष्ठसँग  नेपाल लाइभकर्मी प्रजु पन्तले यही सन्दर्भमा गरेको कुराकानीः

क्वारेन्टाइनका दिनहरु कसरी बितिरहेका छन् ?
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गर्नु एक हप्ता अघि नै नाटक घरहरु बन्द भइसकेको थिए। हामीले बालबालिकालाई लक्षित गरेर नाटक कार्यशाला सञ्चालन गर्ने सोचमा थियौं। 

त्यो केही गर्न पाइएन । हामी त कलाकार पढ्ने, लेख्ने, फिल्महरु हेर्ने, नाटकहरु हेर्ने गरेर नै दिन बितिइरहेको थियो। तर, यसरी मात्रै बसेर हुन्न भन्ने लाग्यो । अनि लकडाउन गरेको तीन  दिनपछि फेसबुक लाइभ मार्फत् नाटक प्रस्तुत गर्नुपर्छ भन्ने लाग्यो । अहिले त दिनको १५ घण्टा जस्तै काममा खटिएका छौं।

अघिपछि भन्दा व्यस्त हुनुभयो कि क्या हो ?
 हो नि । थिएटर मलमा १० बजे तिर गइन्थ्यो ५-६ बजे फर्किन्थ्यौँ । अहिले त बिहान ७ बजे कम्प्युटरमा बसेपछि रातको १२ बजेसम्म अल्झिइन्छ। झन् धेरै काम पो गरिएको छ।


कतिपय कलाकारले सरकारले कलाकारको प्रयोग गर्न जानेन् भनेका छन् तर तपाईं आफ्नै तरिकाले अघि बढिरहनुभएको छ। कसरी आयो यो अवधारणा?
कलाकारलाई सरकारले प्रयोग गर्ने भन्ने कुरा नै गलत हो । कलाकारलाई कसैले प्रयोग गर्ने होइन। आह्वान गर्ने हो । गम्भीर अवस्थामा परिचालन गर्ने हो। सरकारले पनि परिचालन गर्ने हो । कलाकार नागरिकसँग नजिक हुने भएको हुँदा कतिपय विषयहरु कलाकार मार्फत् लैजाँदा प्रभावकारी हुन्छ । कलाकारले  सरकारले यसो भन्ला, उसो भन्ला, अनि गरौंला  भनेर बस्नु पनि भनेको गलत हो । आफ्नो क्षेत्रमा जे गर्न सकिन्छ, त्यो गर्ने हो। 

समस्याको समयमा नागरिकसँग कसरी नजिक भएर बस्ने भन्ने कुरा कलाकार आफैंले पहिल्याउने हो । कलाकारहरु सिर्जनशील आदेश कुर्ने हैन सिर्जना गर्ने हो। 

अनि धारणा कसरी आयो भन्ने कुरा नि?
मलाई के लाग्छ भने, रगंमञ्च भनेको त जहिले पनि आम नागरिकको लागि हो । यही समाजको लागि नाटक लेखिने हो। प्रत्येक नागरिक सँगसँगै हुने हो । यस्तो बेलामा झन् आम नागरिकसँग जोडिनुपर्नेमा घरमै थन्किनु पर्‍यो भन्ने मनमा आयो । फिल्म हेर्दाहेर्दै फिल्महरु देखाइरहेको छ भने नाटक पनि त सकिन्छ भन्ने विचार आयो । भर्चुअल रुपमा भएपनि हामी नजिक हुन सक्छौं भन्ने लागेर काम गरियो। 

कसरी संयोजन गर्नुभयो ? 
फेसबुक मार्फत् देखाउने भनेपछि हामीले यो आयोजना गर्नुको उद्देश्य सहित फेसबुक पेजमा राख्यौं। धेरै राम्रो प्रतिक्रिया आयो। ज-जसले नाटक पठाइरहनुभएको छ, उहाँहरुलाई फोन गरेकै हैनौं। हाम्रो देशमा नाटक घरहरु पनि धेरै छैनन्। संयोजन गर्न गाह्रो छैन । एउटा थिएटरले गरेको कामलाई अन्य थिएटरहरुले पनि आफ्नै सम्झेर सघाउने चलन छ। यो अभियानमा पनि हामीले सवैको साथ पायौं। 

Ncell 2
Ncell 2
nimb
nimb

फेसबुक पेजमा राखेकै आधारमा हामीलाई कल गर्नुभयो र नाटकहरु पठाउनुभयो । हामीसँग टन्नै नाटक छन् । अझ कतिपयले त नाटक थिएटरमा भएर छुटेको दिन पाइनँ भनिरहनुभएको छ। 

नाटक धेरै नै संकलन भएका छन् भन्नुभयो के आधारमा छनौट गर्नुभएको छ त ? 
‘क्वारेन्टाइनमा  नाटक उत्सव अभियान’को सुरुवात जसरी उत्साहपूर्वक भयो । अहिले पनि उत्तिकै उत्साह छ । नेपालका थिएटरबाट मात्र होइन, हामीलाई बाहिरबाट पनि नाटक आएका छन्। भारत र थाइल्याण्डबाट नाटकहरु आए। यस हिसाबले भन्ने हो भने यो उत्सव अन्तर्राष्टिय बन्न पुगेको छ । हामीले नाटक प्रस्तुत हुने मापदण्ड भनेर तोकेका त छैनौं तर भिडियो राम्रो भएका, हामीलाई राम्रो लागेका र दर्शकबाट त्यो समयमा धेरै रुचाइएका नाटक प्रस्तुत गरिरहेका छौं। 

प्रतिक्रिया कस्तो पाउनुभएको छ?
सुरुको दिन हामीलाई हेर्ने १५ हजार जति हुनुहुन्थ्यो । यो फ्लो बढ्दो छ । मैले सोचेको पनि थिइनँ यति राम्रो प्रतिक्रिया आउँछ भनेर । दर्शकहरुको प्रतिक्रियाले हामी उत्साहित छौं। 

नाटक भिडियोमा देखाउँदा दर्शकले थिएटरमै गएर हेरेको जस्तो त हुन्न होला है?
मैले जहिले पनि नाटक प्रस्तुत गर्ने बेला भनेको छु, थिएटरमा हेर्दा जुन फि आउँछ नि भिडियोमा हेर्दा ५० प्रतिशत पनि हुँदैन भनेर ।  भिडियोहरु पनि थिएटरहरुले डकुमेन्टसनको लागि मात्रै बनाउने भएकाले त्यति क्वालिटीको हुन्न। तर यो समयको लागि उत्तम विकल्प नै यही हो। 

लकडाउन बढ्यो भने फेरि नाटक लाइभ पनि बढाउनुहुन्छ ? 
अब चाहिँ थपिन्न होला । १४ दिन अथवा १५ दिनको दिनमा हामीले दिनैभरि नाटक देखाउने योजनामा छौं। चैतको २७\२८ गतेसम्म मात्र हुन्छ होला।
 

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ०८:३३
  • #kedar
  • #natak
  • #theater

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
२६ वर्षको संघर्षपछि ‘लज्जावती’मा हिरो बने श्री कृष्ण निरौला, सुनाए फिल्मको कथा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसर नपाएका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक प्रमुख भूमिका... आइतबार, साउन २४, २०८३
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
ताजा समाचारसबै
इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव सोमबार, असोज ५, २०८३
‘नयाँ नेता, पुराना गाडी’ : आशिकाले उठाइन् स्वच्छ हावाको सवाल सोमबार, असोज ५, २०८३
राजदूत सिफारिसमा ज्ञानेन्द्र शाहीको आपत्ति: मापदण्ड मिचेर नियुक्ति गर्न मिल्छ? सोमबार, असोज ५, २०८३
प्राविधिक शिक्षा सुधार्न नीति र कानुनमै सुधार गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, असोज ५, २०८३
आगलागीपछि फेरि खुल्यो टंगालको भाटभटेनी, गुरुङले भने– ‘ज्यानको बाजी राखेर उठाएँ’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्