काठमाडौं- यूरोप, अमेरिका, मलेसिया, खाडीलगायत विभिन्न मुलुक पुगेका ५० नेपाली कोरोना संक्रमित भएका छन्। रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलामा विदेशमा रहेका ५० नेपाली कोरोना संक्रमित भएका हुन्।
पोर्चुगलमा सबैभन्दा ठूलो संख्यामा १४ जना नेपालीमा कोरोना संक्रमण भएको खबर छ। यसअघि त्यहाँका विभिन्न संचारमाध्यमहरुले रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका १ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेका थिए।
त्यसपछि उनीसहित ६ नेपालीमा कोरोना संक्रमण भएका खबरहरु थिए। पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका थप ८ नेपालीमा कोरोना संक्रमण भएको गैह्रआवासीय नेपाली संघ(एनआरएन) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले पुष्टि गरेसँगै पोर्चुगलमा संक्रमितको संख्या १४ पुगेको हो।
पोर्चुगलपछि बहराइनमा पनि ठूलो संख्यामा नेपालीहरु कोरोना संक्रमित भएका छन्।
यसअघि ३ जना नेपाली कोरोना संक्रमित रहेकोमा शुक्रबार बहराइनस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै एकै पटक थप ९ जना नेपालीमा कोरोना संक्रमण भेटिएको जनाएको छ। योसँगै बहराइनमा १२ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै युएईमा ८ जना, अस्ट्रेलियामा ८ जना, बेलायतमा ३ जना, कुवेतमा १ जना, मलेसियामा १ जना, कतारमा २ जना, अमेरिकामा १ जना संक्रमित भएको पुष्टि भएको छ।
संक्रमितमध्ये बेलायतमा दुई र अमेरिकामा एक गरी ३ जना नोपलीको ज्यान गएको छ भने युएईमा दुई जना नेपाली उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।