काठमाडाैं- निजी विद्यालयहरुले चैत महिनाकाे शुल्क मिनाहा गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलालयले जनाएकाे छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले लकडाउनको समयमा गरिएको निणर्य भएकाले निजि विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्नुपर्ने बताए।
‘सरकारले अहिले जति क्षेत्रलाई छुट दिन भनेको छ त्यो चैत महिनाको नै हो,’ शर्माले भने, ‘यसमा दुबिधा हुनुपर्ने कुरै छैन।’ शैक्षिक सत्रको अन्तिम महिना भएकाे कारण विद्यालयहरुले चैत महिनाको शुल्क वार्षिक परीक्षा हुनुअघि नै उठाइसकेका हुन्छन्, तर शुल्क उठाइसके पनि फिर्ता दिनुपर्ने अथवा कुनै आउने महिनाको शुल्क छुट दिई मिलान गर्नुपर्ने मन्त्रालयका प्रवक्ता शर्माको भनाइ छ।
‘सरकारको नीति नियममा चित्त नबुझे छलफल गर्न पाइन्छ,' प्रवक्ता शर्माले भने, ‘कसैले पनि सरकारको निर्देशन मान्दिन भन्न पाइन्न। हामीलाई लाग्छ सबै विद्यालयले शुल्क छुट दिन्छन्।’
उता, यसअिघ प्याब्सनले भने सरकारसँग छलफल नगरी शुल्क छुटको विषयमा आधाकारीक धारणा नबनाएको बताएको थियाे।
कोरोना भाइरसको सङक्रमणबाट बच्न लकडाउन गरेको सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।