काठमाडाैं- सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएपनि सरकारसँग छलफल नगरी शुल्क छुट दिन नसकिने निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन)ले जनाएकाे छ। प्याब्सनका महासचिव कुमार घिमिरेले कुन महिनाको दिने भनेर स्पष्ट नपारेकाले तत्काल शुल्क छुट नहुने बताएका हुन्।
‘सरकारले हामीलाई निर्देशन दिएको छ। तर कुन महिनाको हो दिने भनेर भनेको छैन,’ घिमिरेले भने, ‘सरकारसँग छलफल नगरी हामी कुनै निणर्य गर्दैनौँ। यो विषयमा आधिकारीक धारणा बनाएका छैनौँ।’
कोरोना भाइरसको सङक्रमणबाट बच्न लकडाउन गरेको सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निजी विद्यालयहरुलाई निर्देशन दिएको थियो। सरकारले एक महिनाको शुल्क छुट दिन निर्देशन दिएपनि कुन महिनाको छुट दिने भन्ने स्पष्ट पारेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।