• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के छ परदेशीको हालखबर ? 

64x64
निर्मला घिमिरे सोमबार, चैत १७, २०७६  ०९:२६
1140x725

काठमाडौं–यतिबेला विश्व श्रम बजार र समग्र आप्रवासन क्षेत्र कोभिड १९ (कोरोना भाइरस) को चपेटामा छ।

कोरोना भाइरस नियन्त्रणका लागि एक देशबाट अर्को देश आवागमनमा प्रतिबन्ध तथा देशभित्रै पनि गरिएको बन्दाबन्दी (लक डाउन)ले समग्र आप्रवासन प्रभावित बनेको छ।  

अमेरिका तथा विभिन्न युरोपियन मुलुकहरुले नेपालमा रहेका आफ्ना नागरिक धमाधम लैजानसमेत सुरु गरेका छन्। 

तर नेपाल सरकारले विश्वका विभिन्न मुलुकमा पुगेका आधा करोडभन्दा बढी नेपालीलाई स्वदेश फर्काएर सुरक्षित राख्ने आँट गर्न सकेको छैन। 

हाल रोजगारीको खोजिमा मात्रै भारतबाहेकका मुलुकमा ४० लाख नेपाली विदेशिएको सरकारी अनुमान छ। भारतमा करिब २५ लाख नेपाली रहेको अनुमान छ। यकिन तथ्यांक भने सरकारसँग नै छैन। त्यस्तै अध्ययन तथा विभिन्न सिलसिलामा नेपालीको ठूलो संख्या विदेशिएको छ। 

यो महामारीलाई मध्यनजर गर्दै सरकारले नेपालीहरु जुन मुलुकमा छन् सम्बन्धित मुलुकमै सुरक्षित रहन आग्रह गरिरहेको छ। यो आपतकालीन अबस्थामा यदि कुनै समस्या परे समाधानका लागि कूटनीतिक पहल गर्न सरकारले कूटनीतिक नियोगहरुलाई निर्देशनसमेत दिइसकेको छ।

नेपालीहरुका प्रमुख गन्तव्य मुलुक अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, मलेसिया, कतार, कुवेत, साउदी, बेलायत, भारत लगायत विश्वभरि नै अहिले कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। 

यो समाचार तयार पार्दासम्म रोजगारी अध्ययन तथा विभिनन सिलसिलामा विश्वका विभिन्न मुलुकमा पुगेका र फर्किएको अवस्थाका ३२ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ३ नेपाली निको भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना संक्रमणले भयावह रुप लिँदै गएको मुलुकमा रहेका नेपालीहरु कस्तो अवस्थामा छन्? उनीहरु के भन्छन् ? नेपाल लाइभले उनीहरुसँग यसै विषयमा रहेर कुराकानी गरेको छ। 

सेल्फ क्वारेन्टाइनमै दिनहरु बितिरहेका छन्ः भानुभक्त गच्छदार, मलेसिया
म हाल मलेसियाको जोहोरबरुमा छु। स्टोरकिपरको काम गर्छु। तर अहिले मलेसियामा लकडाउन छ। बाहिर कतै अनावश्यक रुपमा निस्कन मिल्दैन। मलेसियाली सरकारको नियम पालना गर्दै सेल्फ क्वारेन्टाइनमा दिनहरु बितिरहेका छन्। थुप्रै साथीहरु पनि सँगै छौँ। केही दूरी कायम राखेर बसेका छौँ। कम्पनीले क्वारेन्टाइनमा बसेको समयको तलब पनि बेसिकचाहिँ दिने भन्ने कुरा छ। तर यो महामाी कहिलेसम्म हो। अब के हुन्छ हेरौँ। 

कोरोनाले भन्दा पनि डरले बिरामी भएर अस्पताल बसेँः अन्जन श्रेष्ठ, कतार 
मेरो घर पोखरा हो। म रोजिरोटीको खोजीमा कतार आएका दुई वर्ष पुरा हुन लाग्यो। यहाँ कतारको दुखानस्थित क्युपी कम्पनीमा काम गर्छु। फिल्डको काम भएकाले कम्पनीमा बिदा छैन। म त कोरोनाले भन्दा पनि डरले बिरामी भएर १५ दिन जति अस्पतालमा बसेँ। अहिले निको भएर काममा फर्किएको छु। डरलाई पर राखेर काम गरिरहेको छु। 

कम्पनीले जा भनिसक्यो, सरकारले हामीलाई बोलाउँदैन ?ः लक्ष्मणबहादुर सुनार, मुम्बई (भारत)
मेरो घर जोशीपुर ६ कैलाली हो। हाल भारतको मुम्बइस्थित एक होटलमा मजदूरी गर्छु। होटलको काम मार्च २० देखि नै ठप्प छ। मालिकले आफ्नै घर जा भनिरहेको छ। अन्यत्र काम खोज्न पनि सबै कलकारखाना बन्द छ। नेपाल फर्किन पनि लकडाउन छ। 

आफू त यता अलपत्र परेँ परिवारमा मैले कमाएर पाल्नुपर्ने बुढीआमा, छोराछोरी र श्रीमतीलाई के जबाफ दिने? 

यहाँ मजस्ता थुपै्र नेपाली समस्यामा छौँ। अरु देशले आफ्ना नागरिकलाई उद्धार गरेको भन्ने समाचार सुन्न पाइन्छ। के हामीलाई चाहिँ सरकारले उद्धार गर्दैन? अब हाम्रो हालत के होला? 

जापानमा लकडाउन छैन, कोरोना संक्रमण बढेसँगै केही त्रास छः चुडामणि काफ्ले, जापान
म जापान बस्न थालेको ६ वर्ष भयो। केही वर्षदेखि परिवार नै यतै बस्छौँ। टोकियोस्थित आफ्नै रेस्टुराँ छ। जापानमा लकडाउन त भएको छैन तर पनि चहलपहलमा भने केही कमि आएको छ। रेस्टुराँ व्यवसायमा पनि २० प्रतिशत कमि आएको छ। पछिल्लो समय जापानमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। त्रास बढेको छ। त्राससँगै सुरक्षाका उपाय अपनाउनुपर्ने अवस्था हो यो। 

पहिले त धेरै त्रास थियो, अझै पनि बाँकी छ, के गर्नु काम गर्नैपर्छः लक्ष्मण कँडेल, दक्षिण कोरिया
मेरो घर स्याङ्जा। हाल म दक्षिण कोरियामा कोरोनाबाट सबैभन्दा बढी संक्रमित भएको थेगु सहरमा बस्छु। चीनबाट फैलिएको कोरोना चीनपछि दक्षिण कोरियाको थेगु सहरमा एकदमै नराम्रोसँग फैलियो। त्यो बेला त अब बाँचेर नेपाल फर्कन पाइन्छ जस्तै लागेको थिएन, धेरै डर थियो। अहिले पनि डर त छ तर पहिलेको भन्दा केही राहत मिलेको छ। डर लाग्छ भनेर घर बस्न पाइन्न। कम्पनीको काम निरन्तर चलिरहेको छ। 

काम नपाई फिर्ता हुन्छु कि भन्ने डर छः सन्तोष चौहान, माल्टा 
म माल्टा आइपुगेको आइतबार २३ दिन पुग्यो। यहाँ लकडाउन भनेर त्यस्तो धेरै कडा त छैन। बाहिर जान मिलिरहेको छ। तर मैले काम सुरु गर्न पाएको छैन। एक महिनाको भिसा अवधि छ, त्यो अवधि काम सुरु नगर्दै सकिन लाग्यो। अब कम्पनीले काम नदिएर सिधै नेपाल फर्काए के गर्ने भन्ने चिन्ता छ। म्यानपावरलाई ९ लाख बुझाएर आएको। लामो समयसम्म कम्पनीहरु नचलेपछि मलाई नेपाल फिर्ता पठायो भने म के पो गर्ने होला ? 
 
सुनसान छ रोम, हामी सेल्फ क्वारेन्टाइनमा छौँः दिवस सुवेदी, इटाली 
मेरो घर सुनसरी इटहरी हो। म इटाली आएको ८ वर्ष भयो। हाल म रोममा डिजाइनरको रुपमा कार्यरत छु। अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको सबैभन्दा बढी प्रभाव इटालीमा छ। यहाँ हामीभन्दा हाम्रो परिवार धेरै चिन्तामा हुनुहुन्छ तर पछिल्लो समय यहाँ पुरै लकडाउन छ। म बस्ने रोम निकै सुनसान छ। सरकारले दैनिक उपभोग्य वस्तु घरघरमै पु¥याउन ल्याएको छ। बाहिर सुनेजस्तो डराउनुपर्ने अबस्था छैन। हामी सबै नेपालीहरु अहिले सेल्फ क्वारेन्टाइनमा सुरक्षित छौँ।
 

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  ०९:२६
  • #Novel Corona Virus
  • #nepaliinabroad

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
एनसेल र नाटोबीच पर्यटकको कनेक्टिभिटी सुदृढ गर्ने समझदारी शुक्रबार, असोज २, २०८३
चीनबाट ६ सैन्य कार्गो विमानमार्फत राहत सामग्री प्राप्त शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्