काठमाडौं– दुबईमा कार्यरत थप दुई नेपालीमा कोरानो भाइरसको संक्रमण देखिएको छ। शुक्रबार भएको स्वास्थ्य परीक्षणका क्रममा नेपालीलाई समेत कारोना भाइरस पोजिटिभ देखिएको हो।
पछिल्लो तथ्यांक अनुसार दुबईमा कोरोना भाइरस पोजिटिभ देखिनेको संख्या चार सय पाँच पुगेको छ। त्यहाँस्थित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारमा शुक्रबार थप ७२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो।
शुक्रबार परीक्षण गराएकाहरु मध्येमा दुई नेपालीमा संक्रमण देखिएको हो। १८ देशका १/१ नागरिकलाई शुक्रबार भएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो। नेपाल र इथोपियाका २/२ जनालाई संक्रमण देखिएको गल्फ न्युजले जनाएको छ।
दुबईमा कोरोना संक्रमण देखिएकाहरुमा हालसम्म ५५ जनालाई उपचारपछि निको भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।