धनगढी- धनगढीमा कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय युवकलाई अस्पताल भर्ना गर्ने व्यक्तिको खोजी सुरु भएको छ। ती युवकलाई चैत ११ गते सेती प्रादेशिक अस्पताल ल्याएर भर्ना गरेका व्यक्ति हाल सम्पर्कमा नआएकाले प्रहरीले खोजी थालेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले युवकलाई अस्पतालसम्म पुर्याउने अर्का युवकको खोजी सुरु गरिएको जानकारी दिए। 'ती युवकसँग अस्पताल पुगेका व्यक्ति अहिले प्रहरीको सम्पर्कमा छैनन्,' उपरीक्षक बस्नेतले भने, 'उनको खोजी जारी छ।'
कोरोना संक्रमित युवकका सम्पर्कमा आएका अन्य व्यक्तिको समेत खोजी सुरु गरिने बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।