काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगंजस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। बिहीबार राती ११ बजे उनलाई अस्पताल लगिएको हो।
‘हिजो राती ११ बजे प्रधानमन्त्रीज्यूलाई अस्पतालाई ल्याइएको हो, अहिले उपचार भइरहेको छ,’ अस्पताल स्रोतले भन्यो। प्रधानमन्त्रालाई मुटुको समस्या भएको बताइएको छ तर अस्पतालले भने उनको स्वास्थ्यस्थितिबारे आधारिक जानकारी सार्वजनिक गरेको छैन।
प्रधानमन्त्री ओलीले फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए।
प्रत्यारोपण गरेको सुरुका तीन महिना जोखिमपूर्ण हुने र संक्रमणको उच्च सम्भावना हुने चिकित्सकको भनाई छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।