काठमाडौं- कोरोना भाइरसको संक्रमण रोक्न लकडाउनमा गए पनि कार्यालयले काम रोकेका छैनन्। अधिकांश कम्पनीले घरबाटै कामको नीति ल्याएका छन्। नेपालमा पनि सञ्चारमाध्यमलगायतले घरबाटै कामको नीति कार्यान्वयनमा ल्याएका छन्।
विद्यालयहरू बन्द छन्। घरमा छोराछोरी नि छन्। लकडाउनले बाहिर हिँड्न नपाएर वाक्क भएका सन्तान अभिभावकसँग खेल्न चाहन्छन्। अभिभावकले गरेको काम गर्न चाहन्छन्। यस्तो बेलामा बालबालिकासँग जोगिएर काम गर्न कठिन हुने नै भयो।
यस्तै समस्यामा परेका बेलायतका अभिभावकको केही तस्वीर ‘द सन’मा सार्वजनिक भएको छ। केही तस्वीर रमाइला छन्, केही भने बालबालिकाप्रति अन्याय भएका पनि छन्। हेरौं केही तस्बिर :




यी तस्बिर सामाजिक सञ्जालमा सेयर भएका हुन्। सबै उपाय अपनाउन लायक भने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।