काठमाडौं– नेपाल टेलिकलले टपअफ रिर्जाजमा शतप्रतिशत बोनस र २ सय रुपैयाँ साप्टी कसरी दिने भन्ने विषयमा छलफल सुरु गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार दिएको निर्देशनको विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल सुरु भएको टेलिकमका प्रवक्ता राजशे जोशीले जानकारी दिए।
‘रिजार्चमा शतप्रतिशत बोनस र विना ब्याज २ सय रुपैयाँसम्म सापटी कसरी दिने भन्ने विषयमा छलफल सुरु भएको छ,’ उनले भने, ‘प्राधिकरणको निर्देशन अनुसार टेलिकमले आफ्नो ग्राहकलाई यो सूविधा दिने नदिने विषयमा निर्णय हुन्छ।’
मंगलबार बेलुका मात्रै बसको टेलिकमको बैठकले एडिएसएल र एफटिटिएच सेवामा रकम सकिए पनि नेट सुविधा दिने निर्णय गरेको थियो। दुरसञ्चार प्राधिरकणको सञ्चालकहरुको बैठकले सरकारले लकडाउन गरेका कारण उपभोक्तालाई फोन सेवा र इन्टरनेट सेवा अवरोध नहुने गरी रिजार्चमा शतप्रतिशत बोनस र विना ब्याज २ सय रुपैयाँ साप्टी दिने व्यवस्था गर्न दुरुसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको थियो।
साथै प्राधिकरण बोर्ड सञ्चालहकरुको अनलाइन बैठकले अहिले दिएरहेको सेवा बोहक अन्य कुनै एक सेवा पनि ग्राहकलाई थप भार नपर्ने गरी सूचारु गर्न पाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।