• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

दुरी शारीरिक होस्, भावनात्मक नहोस् : विक्रम लामा [अन्तर्वार्ता]

‘खेलाडीहरु आर्थिक संकटमा पर्ने डर छ’
64x64
सराेज तामाङ बुधबार, चैत १२, २०७६  १३:०५
1140x725

काठमाडौं- विश्व खेलकुद यो परिस्थितिमा यसअघि थियो या थिएन अहिलेको पुस्तालाई थाहा छैन। तर अहिलेको यो परिस्थिति यो पुस्ताले कहिल्यै बिर्सने छैन। खेलकुदका हरेक गतिविधि ठप्प रहेको यो परिस्थितिमा खेलाडीहरु नै खेल सोच्न सक्ने अवस्थामा छैनन्। 

कोरोना भाइरस (कोभिड १९) को त्रास फैलँदै जाँदा विश्वमा चार लाख भन्दा बढीमा संक्रमण देखिएको छ। १८ हजार बढीको ज्यान गइसकेको छ। जोखिमको यो अंकगणित गट्ने भन्दा बढ्नेतिर लागिरहेको छ। त्यसले विश्वका अरु धेरै देशसँगै नेपाल अहिले ‘लकडाउन’को अवस्थामा छ। 

यो जोखिमबाट कहिले छुट्कारा पाइने हो र कहिले मैदान फर्किएर पुरानै शैलीमा खेल सुरु गर्न पाइने हो भन्ने चिन्तामा खेलाडी देखिन्छन्। खेलबाहेक अरु केही नसोचेर लागिपरेका उनीहरु यस्तो परिस्थितिमा सबै एक मनले अगाडि बढ्नुपर्नेमा दृढ छन्। यसैले त फुटबल खेलाडी बिक्रम लामा भन्छन्- ‘दुरी शारीरिक होस्, भावनात्मक नहोस्।’

नेपाली राष्ट्रिय टिमका उपकप्तान तथा थ्रीस्टारका कप्तान विक्रम लामासँग नेपाल लाइभका सरोज तामाङले अहिलेको परिस्थिति र वर्तमान फुटबलमा रहेर केही कुराकानी गरेका छन्-

अहिलेको अवस्थालाई के भन्ने होला? कसरी बित्दैछ दिन?
कोरोनाले विकाराल अवस्था नै सिर्जना गरेको छ। त्यसकारणले गर्दा म पनि कतै बाहिर निस्किएको छैन। लकडाउनको यो अवस्थामा बाहिर निस्कन पनि हुँदैन। मिल्नेसम्मको खेल अभ्यास घरमा नै गरिरहेको छु। घरमा अरु केही कामहरु पनि गरिरहेको छु। बेलाबेला समाचार हेर्छु। 

सुरक्षित रहने उपायहरु कसरी अपनाइरहनु भएको छ? 
घरैमा बस्ने हो। नियमित हात धुने र सफा बस्ने गर्नै पर्छ। म चाहिँ दैनिक रुपमा अभ्यासहरु पनि गरिरहेको हुन्छु। आफ्नो स्वास्थ्यलाई एकनासले राख्न अभ्यास गर्छु। घरमा खाली ठाउँ पनि छ।

अर्को कुरा म सधैँभरि समाचारमा हेरिराख्दिन। किनभने कतिपय समाचार जनहितका लागि भन्दा पनि आफ्नो समाचार विकाउ गर्नका लागि हुन्छन्। त्यसले झनै पाठक र आम जनतामा नकारात्मक सन्देश जान्छ।

समाचार हेर्न त हेर्छु तर छानेर मात्रै। धेरै समाचार फिल्टर गर्नु पर्ने अवस्था रहेछ। कहिलेकाहिँ मोबाइलमा गेम खेल्छु। गीत तथा फिलिम खेरेर दिनहरु बिताउँछु।

Ncell 2
Ncell 2
nimb
nimb

खेलाडी साथी तथा अन्य अफिसियलसँग अहिले कुराकानी हुन्छ?
खेलकर्मी साथीहरुसँग विल्कुलै कुराकानी भएको छैन। खासै काम पनि परेको छैन। त्यसैले कुराकानी भएको छैन। सबैजना हामी टाढा टाढा छौं। फोनमा पनि कुराकानी भएको छैन। तर म्यासेजहरुमा चाहिँ बेलाबेला कुराकानी हुन्छ। घर नजिकैका भाइहरुसँग चाहिँ बोलचाल हुन्छ, परैबाट। 

कोरोना भाइरसको कारण सरकारले ‘लकडाउन’ घोषणा गरेको छ। कोही पनि सर्वासाधारणलाई बाहिर ननिस्किन आग्रह गरेको छ। काठमाडौंमा अहिलेको यो अनुभव कस्तो हुनेरहेछ?
दसैँ तिहारको भन्दा पनि सुनशान छ काठमाडौं। कौशीबाट हेर्नु पर्छ, न मान्छे देखिन्छ न गाडी। बरु दसैँतिहारमा बढी मान्छे देखिन्थ्यो होला तर अहिले छैन। झनै सोमबारदेखि त ठप्प नै भयो।

यो लकडाउन गर्ने निर्णय एकदम सही छ, मेरो व्यक्तिगत विचारमा। किनभने सरकारले एउटा योजनाबद्ध काम गरेको जस्तो लाग्छ। उपचारको कुरादेखि मेडिकलको कुरामा सरकारले केही सोचेको छ जस्तो लाग्छ। त्यो कारणले बुझ्ने मान्छेलाई धेरै अप्ठ्यारो चाहिँ नहोला। सरकारलाई यो कुरामा सक्ने सहयोग गर्नैपर्छ। हाम्रो व्यक्तिगत सुरक्षाको लागि नै त हो। 

Xtrem

Xtrem

यत्तिकै बसिरहँदा र कोरोनाबारे अनेक कुरा सुन्दा मनमा डर चाहिँ कत्तिको हुने रहेछ? 
साच्चै भन्ने हो भने २–३ दिनअघिसम्म चाहिँ डर थिएन। जब कोरोनाले विकाराल रुप लिँदै आयो र सञ्चारमध्यमले पनि दिएको समाचारको आधारमा डर भन्दा पनि एक किसिमको चिन्ता उत्पन्न भएको छ।

एकजनालाई यो भाइरस देखिएमा अर्को व्यक्तिमा पुग्न कत्ति पनि समय नलाग्ने रहेछ। त्यो कारणले गर्दा झनै हाम्रो देशमा यो भाइरस ब्यापक रुपमा फैलियो भने महामारी नै फैलाउँछ। विकसित राष्ट्रहरुमा त धेरैले ज्यान गुमाइरहेका छन् भने नेपालमा फैलिए के हुन्छ होला? यो विषयमा सोच्दा चाहिँ चिन्ता बढी रहेको छ।

अब विदेशी खेलाडीले पो टन्न पैसा कमाएका हुन्छन्, उनीहरुकोमा व्यावसायिकता छ। तर हाम्रोमा त्यस्तो छैन। आज खाएमा भोलि के खाने भन्ने खेलाडीहरु पनि छन्। उनीहरुको लागि त यो कोरोनाले ठूलै संकट ल्याएको छ।

मानिसहरुको दिनचर्या परिवर्तन भएको देखिन्छ। कोरोनाले धेरैलाई फुर्सदिलो पनि बनाएको छ। तपाईंमा कत्तिको परिवर्तन भएको छ?
पूरै दैनिकी परिवर्तन भएको छ। पहिले म अलिक छिट्टै उठ्थे। आजभोलि अलिक ढिलोसम्म सुत्ने गरेको छु। हा.. हा..। त्यसपछि आफूले गर्नु पर्ने व्यायाम गर्छु। दैनिक रुपमा गर्ने पर्छ। किनभने हामी स्पोर्ट्सम्यान भएपछि। त्यो बाहेक म पूरै खाली छु।

पहिले घरभित्रका कामहरु हेर्न पाउँदिन थिएँ। अहिले घरभित्रका कामहरु पनि गर्ने भएको छु। सरसफाइदेखि लिएर सरसामान मिलाउने काम। यता उता गर्ने। यसरी नै बित्दै छ दिनहरु।

सधैं ब्यस्त र अभ्यासमै रमाइरहनु हुन्थ्यो। अहिले बाहिर पनि निस्किन पाउनु भएको छैन। दिक्क लागेको त छैन नि? 
अहिलेसम्म त्यस्तो भएको छैन। मेरो खुट्टा फ्याक्चरपछि खेल जीवनमा फर्किएको करिब दुई वर्ष भयो होला। त्यसपछि पूरै खेलमै ब्यस्त भएँ। क्लबबाट खेल खेलिरहेँ। लगत्तै राष्ट्रिय टिमबाट खेल्नु परिहाल्यो। एकपछि अर्को प्रतियोगितामा खेल्दै गर्दा फुर्सद नै हुँदैन थियो।

निरन्तर प्रतियोगिताहरु खेल्दै गर्दा मेरो खुट्टाहरु पनि थाकिरहेको थियो। अहिले चाहिँ त्यो सबैबाट आराम पाइरहेको छु। त्यसैले दिक्क भन्दा पनि राम्रै लागिरहेको छ। अल्छि लाग्ने भइसकेको छैन। तर अझै यस्तै रहिरहने हो भने चाहिँ ९–१० दिन पछि दिक्क लाग्न सक्ला।

मलाई के लाग्छ भने हामी सबैले सरकारका निर्णयलाई स्वागत गर्दै समर्थन गरेर बढ्यौँ भने साता दिनभित्र निकै रोकथाम हुन्छ जस्तो लाग्छ। त्यसैले हामीले आफ्नो स्तरबाट जे जसरी सक्छौं सहयोग र साथ दिनु पर्छ।

अब थ्रीस्टार क्लबको कुरा गरौं न, यो सिजन थ्रीस्टारको लागि मोफसलको प्रतियोगिता पनि राम्रो हुन सकेन। सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा पुगेर पनि उपाधि चुम्न चुक्यो। यो वर्ष के थियो थ्रीस्टारको योजना?
मैले सहिद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुनुभन्दा अघिदेखि नै भन्दै आएको थिएँ कि यो वर्ष नयाँ खेलाडीलाई प्राथमिकता दिँदै अर्को वर्ष राम्रो टिम बनाउनु थियो। यही योजना लिएर हामीले लिग पनि खेल्यौं। लिगमा अधिकांश खेलाडी अपरिचित र नयाँ थिए। त्यो तपाईंले पनि देख्नु भएकै होला।

हामी एउटा लक्ष्य लिएर खेलिरहेका थियौं। नयाँ अनुहारहरु लिएर पनि हामीले लिगमा करोडौं लगानी गरेर बनाएको टिमले भन्दा पनि राम्रो नतिजा निकाल्न सफल भयौं। यो हाम्रो लागि पनि सकारात्मक कुरा थियो।

अब मोफसलका प्रतियोगितामा पनि हामीले दुई वटा फाइनल खेल्न सफल भयौं। भलै उपाधि जित्न चुक्यौं। तर यो सिजन हाम्रो लक्ष्य भनेकै युवा खेलाडीलाई समेटेर अर्को वर्षको लागि राम्रो टिम बनाउने थियो। हामीले १० जना नयाँ खेलाडीलाई लिएर टिम बनायौं भने अर्को वर्ष मात्र ५ जना राम्रो खेलाडीको रुपमा निस्कियो भने पनि त्यो हाम्रो लागि सबै भन्दा ठूलो उपलब्धि हुने छ। यो देशको लागि पनि राम्रो पक्ष हुनेछ।

अब हेर्नुहोस् सुशिल राई, सुशन श्रेष्ठ, दिपेश घले जस्ता खेलाडीले कुनै न कुनै स्तरमा गएर आफूलाई प्रमाणित गर्न सक्छन्। अर्को कुरा हाम्रो लक्ष्य भनेको क्लबको साख जोगाउने पनि थियो। त्यसमा सफल भयौं। लिगमा हामी शीर्ष ६ भित्र पर्ने लक्ष्य राखेका थियौं। तर हामीले त्यो भन्दा पनि राम्रो नतिजा निकाल्न सफल भयौं।

टिममा सबैले देखेको कमजोरी फरवार्ड लाइन अलिकति भएन भन्ने नै थियो। टिमको कप्तानी सम्हाली रहँदा तपाईंलाई चाहिँ फरवार्ड लाइनमा राम्रा खेलाडीको अभाव महसुश भयो?
हो। हाम्रो स्कोरिङमा समस्या देखियो। हामीले विदेशी खेलाडी ल्याएका थियौं। लिग अघि नै हामीले चन्द्रागिरी गोल्डकपमा खेलाएका थियौं। तीन जना विदेशी खेलाडीलाई राखेका थियौं। तर सोचे जस्तो नतिजा ल्याउन सकेनौं।

लिगमा राम्रो स्ट्राइकरको अभाव महशुस गरेकै हो। हाम्रो डिफेन्स र मिडफिल्डमा निकै राम्रो भइरहेको थियो तर स्ट्राइकर लाइनमा अलिक राम्रो नभएपछि हामीले पछि सन्जोक राई, विदेशी खेलाडी लालुराम मोवा लिएर आयौं। त्यसपछि चाहिँ निकै राम्रो भयो।

भनेपछि आउने लिगमा थ्रीस्टारले युवा खेलाडीको साथमा राम्रो गर्नेछ?
यो पटक हाम्रो लागि आवश्यकता कहाँ रहेछ? के कस्ता खेलाडी चाहिन्छ भन्ने कुरा पत्ता लगायौं। हामीले सदुपयोग गर्ने खेलाडी कति रहेछ। सबै बुझेका छौं। कमिकमजोरी सबै थाहा पाएका छौं। आउने सिजनमा हामीले त्यो अभावलाई पूरा गरेपछि टिम त त्यसै पनि राम्रो भइहाल्छ।

कोरोना भाइरसको कारण विश्व खेल जगत नै ठप्प छ। यसले नेपाली खेलकुदमा अझै कस्तो असर पार्ला?
मनेपाली खेलकुदमा सबैभन्दा ठूलो घाटा भनेको फेरि पनि विकासको काममा पछि पर्ने छौं। विकास कुन मानेमा भन्दा चाहिँ जति पनि हामी खेलाडी यत्रो वर्ष यति धेरै मेहेनत गरेर आएका छौं। नेपालमा पूर्णरुपमा व्यावसायिकता छैन। खेलाडीहरुमा पनि छैन र खेल संस्था तथा क्लबहरुमा पनि छैन।

अहिले नेपाली खेलाडीले खेलेपछि पैसा पाउने हो। नखेले एक रुपैयाँ पनि पाउँदैन। क्लबले निश्चित अवधिको लागि खेलाडीलाई अनुबन्धन गरेको हुन्छ। अर्को कुरा खेलाडीले आफूलाई यो स्तरमा ल्याउन निकै मेहेनत गरेको हुन्छ। अब त्यो स्टामिना त्यतिकै जान्छ। पहिले कै अवस्थामा आइपुग्न निकै लामो समय लाग्छ।

यदि यो कोरोना भाइरसको त्रास झनै फैलियो भने खेलाडीमा झनै आर्थिक संकट पर्छ। फुटबलको मात्रै हैन सबै खेलका खेलाडीलाई ठूलो घाटा परिरहेको छ।

अब विदेशी खेलाडीले पो टन्न पैसा कमाएका हुन्छन्, उनीहरुकोमा व्यावसायिकता छ। तर हाम्रोमा त्यस्तो छैन। आज खाएमा भोलि के खाने भन्ने खेलाडीहरु पनि छन्। उनीहरुको लागि त यो कोरोनाले ठूलै संकट ल्याएको छ।

होला हामी राष्ट्रिय टिममा परेका २०–२२ जना खेलाडीले एन्फाबाट तलब पाउछौं र अन्य खेलाडीले त कहिबाट पनि पाउँदैनन्। बी र सी डिभिजन लिग खेल्ने खेलाडीको त कुरै छोडौं ए डिभिजन लिग खेल्ने खेलाडी नै दुई सय जना माथि होला। उनीहरुको दैनिकी के होला? उनीहरुले जिविकोपार्जन गर्न दोस्रो विकल्प खोज्नु पर्ने अवस्था नआउला भन्न सकिन्न।

यस्तो अवस्थामा तपाईंका केही सन्देश छन्? भन्न मन भएका अरु कुरा, 
विश्वभर जसले कोरोनाबाट ज्यान गुमाउनु भएको छ। उहाँहरुको परिवारमा भावपूर्ण श्रद्धाञ्जली बाहेक अरु केही रहेन। जो संक्रमित हुनुहुन्छ उहाँहरुमा आत्माबल बढी रहोस् भन्न चाहन्छु। किनभने कोरोनाविरुद्ध लड्न सक्ने क्षमता चाहिन्छ। मनोबल भइरह्यो भने कोरोनाले पनि खासै केही गर्न सक्दैन।

आफ्नो सोचाइ बलियो बनाउनुहोस्। स्वस्थ खानेकुराहरुमा ध्यान दिनुहोस्। कसैलाई संक्रमण भइरहेको रहेछ भने पनि उहाँहरुलाई अत्याउने काम कसैले नगर्नु होला। जो संक्रमित हुनुहुन्छ उहाँहरुको हौसला बढाइ राखौं। जसले गर्दा संक्रमित व्यक्तिको मनोबल उच्च हुन्छ। यसले गर्दा भाइरससँग लडिराख्ने क्षमता बढ्छ। यतिबेला एक अर्कालाई सहयोगको आवश्यकता छ। अर्को कुरा यो बेला शारीरिक रुपमा दुरी भए पनि भावनात्मक रुपमा एक हुन सबैलाई म अनुरोध गर्छु।

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १३:०५
  • #विक्रम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध मंगलबार, असोज १३, २०८३
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता मंगलबार, असोज १३, २०८३
बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो मंगलबार, असोज १३, २०८३
म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला: ४९ जनाको मृत्यु, ५८ जना घाइते मंगलबार, असोज १३, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्