काठमाडौं- मर्कन्टाइल कम्युनिकेसनले बेलुकी ८ बजेदेखि १० बजेसम्म इनटरनेटको माग उच्च हुने भएकाले अत्यावश्यकबाहेक इन्टरनेट सेवाको न्यूनतम प्रयोगका लागि आग्रह गरेको छ। कोरोना भाइरसका कारण विश्वभर नै समस्या सिर्जना भइरहेको, काममा बाधा पुगेकाले मानिसहरु आफ्नो घरमै सीमित भएको र यसले इन्टरनेट ब्यान्डविथको खपत बढाएकाले माग बढिरहेको भन्दै उसले साँझमा कम प्रयोग गर्न आग्रह गरेको हो।
'विश्वव्यापी नेटवर्कमा र नेपालमा पनि यसको ठूलो माग बढ्न सक्छ, हामीले यसको उपभोगमा उल्लेखनीय वृद्धि देखिसकेका छौं,' कम्पनीले भनेको छ, 'मागअनुसारको व्याण्डविथ आपूर्ति गर्नका लागि हामीले आफ्नो नेटवर्कको क्षमता थप वृद्धि गर्नु आवश्यक हुन्छ तर विश्वव्यापी रुपमा फैलिएको कोरोनाको आतंकको कारण हाम्रो अवस्था सुधार नभएसम्म अप्रत्याशित माग पूरा गर्न अझ बढी क्षमता थप्न सक्दैनौं।'
कम्पनीले अनलाइन गेम खेल्ने र भिडियो हेर्ने समय कटौती गर्न पनि आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।