काठमाडाैं- काेराेना भाइरसकाे संक्रमण विश्वमा तीव्र रुपमा फैलिइरहेकाे छ।वल्डोमिटर्सकाे तथ्यांकअनुसार पछिल्लाे २४ घन्टामा विश्वमा ३२ हजार २८ जना काेराेना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।
काेराेना भाइरस अमेरिका, इटाली, स्पेन र जर्मनीमा तीव्र रुपमा फैलिएकाे छ।अमेरिकामात्रै एकै दिनमा ७ हजार ३०१ काेराेनाका नयाँ बिरामी भेटिएका छन्।
पछिल्लाे २४ घन्टामा चीनमा ४६ जना नयाँ संक्रमित भेटिएका छन्। अमेरिकापछि इटालीमा थप ६ हजार ५५७ जना, स्पेनमा ३ हजार ९२५ जना र जर्मनीमा २ हजार ५ सय १६ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ।
तथ्यांकअनुसार चीनमा ८१ हजार ५४, अमेरिकामा २७ हजार ६९, इटालीमा ५३ हजार ५७८, स्पेनमा २५ हजार ४९६र जर्मनीमा २२ हजार ३६४ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।