काठमाडाैं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितकाे टाेलीले बुधबार उपत्यकामा बजार अनुगमन गरेकाे छ। विश्वमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमणका कारण काठमाडाैंमा व्यवसायीले कालाेबजारी गरेकाे गुनसाे आएपछि मन्त्री भट्टसहितकाे टाेली बजार अनुगमनमा निस्केकाे हाे।
टाेलीले काठमाडौं उपत्यकाका विभिन्न पेट्रोल पम्प, ग्यास उद्योग, ग्यास डिलर तथा कालीमाटी फलफूल तथा तरकारी बजारकाे अनुगमन गरेकाे थियाे। अनुगमनका क्रममा अधिकांश पेट्रोल पम्पमा आपूर्तिकाे अवस्था र खपत नियमित भइरहेकाे पाइएकाे थियाे।
नाकाबन्दीकाे बेला भएकाे न्यून आपूर्तिजस्तै अहिले पनि आपूर्ति कम हुने डरले उपभोक्ताले स्टक राख्न थालेकाले समस्या देखिएकाे अनुगमनका क्रममा पाइएकाे थियाे।
पुल्चाेक, जावलाखेल, कुमारीपाटी, महालक्ष्मीस्थान, सातदाेबाटाे, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, टेकु, त्रिपुरेश्वरलगायतका ठाउँका झण्डै दुई दर्जन पेट्रोल पम्पमा अनुगमन गरिएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।