Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना उपचारमा खट्ने कर्मचारीलाई ७५ प्रतिशतसम्म भत्ता दिइने [१६ निर्णयसहित]

64x64
नेपाल लाइभ सोमबार, चैत ३, २०७६  २१:१०
1140x725

काठमाडौं- सरकारले कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा नियन्त्रणमा खटिने कर्मचारीलाई ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ। सोमबार साँझ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको जोखिम न्यूनीकरणसम्बन्धी उच्चस्तरीय समितिको बैठकले यस्तो भत्ता दिने निर्णय गरेको हो।

संक्रमण जोखिम अवधिभर मात्र यस्तो भत्ता उपलब्ध गराउने सरकारले स्पष्ट पारेको छ। 

प्रयोगशाला, स्वास्थ्य परिक्षण र उपचारमा प्रत्यक्ष रुपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङ्ग कर्मचारीहरुलाई शुरु तलबमानको ७५% भत्ता उपलब्ध गराउने निर्णय समितिले गरेको छ। यसैगरी यस्तो कार्यमा खटिएका जनशक्तिलाई सहयोग गर्ने जनशक्तिलाई सुरु तलबमानको ५०% थप भत्ता दिने समेत निर्णय भएको हो। 

अध्यागमन विन्दुमा प्रत्यक्ष रुपमा कोरोना रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने निजामती, सुरक्षाकर्मीहरु र नागरिक उड्डयन कार्यालयका कर्मचारीहरुलाई शुरु तलबमानको ५०% ले हुने रकम उपलब्ध गराउने भएको छ। 

यी हुन् निर्णयहरू

काठमाडौं उपत्यका भित्र देहाय बमोजिम १ सय २० वटा ICU बेडहरुको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अविलम्ब गर्ने।
१.१. टेकु अस्पताल २०
१.४. सशस्त्र प्रहरीको अस्पताल २०
१.२. आयुर्वेद अस्पताल कीर्तिपुर २०
१.५. विर अस्पताल २०
१.३. नेपाली सेनाको अस्पताल २०
१.६. पाटन अस्पताल २०

२. विभिन्न प्रदेशहरुमा आवश्यकताअनुसार कम्तिमा १ सय १५ वटा ICU वेडको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अविलम्ब गर्ने।

३. खरिपाटी स्थित विद्युत प्राधिकरणको तालिम केन्द्र लगायतका काठमाडौं उपत्यकामा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका विभिन्न अस्पताल तथा भवनहरुमा १ हजारसम्मको बेडको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने।

Ncell 2
Ncell 2
nimb
nimb

४. प्रदेश सरकारहरुलाई आवश्यकताको आधारमा आइसोलेसन वार्ड तथा बेडको व्यवस्था मिलाउन लेखी पठाउने।

५. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न उद्योगी व्यवसायीहरुसँग समन्वय गरी पिपिई, डाइग्नोस्टिक किड्सलगायतका सामग्रीहरुको आपूर्तिको व्यवस्था मिलाउने।

६. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश प्रस्थान गर्ने यात्रुहरुलाई प्रस्थान विन्दुमा र मुलुक भित्रका सबै Domestic Airport बाट आन्तरिक उडान गर्ने यात्रुहरुलाई प्रस्थान विन्दुमा WHO बाट निर्धारित मापदण्ड बमोजिम Health Screening को कार्यलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले TIA सँग समन्वय गरी थप प्रभावकारी बनाउने।

७. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वास्थ्य सचेतना सम्बन्धी जनहितका सूचना तथा सामग्रीहरु मुलुक भित्रका सबै FM Radio, Television Channels तथा छापा माध्यमहरुलाई प्रयोग गरी प्रसारण गर्ने गराउने। साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सामाजिक संजाल (Facebook लगायत) मार्फत नियमित रुपमा सूचना प्रवाह गर्ने।
८. COVID-19 रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यमा संलग्न देहाय बमोजिमका जनशक्तिहरुलाई कार्य क्षेत्रगत शर्त (TOR) का आधारमा संक्रमण जोखिम अवधिभर निम्न बमोजिमको जोखिम भत्ता उपलब्ध गराउने।

Xtrem

Xtrem

८.१. प्रयोगशाला, स्वास्थ्य परिक्षण र उपचारमा प्रत्यक्ष रुपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङ्ग कर्मचारीहरुलाई शुरु तलबमानको ७५% ले हुने रकम

८.२. प्रकरण ८.१ मा उल्लेख भएका कार्यमा सहयोग गर्न खटिने जनशक्तिलाई शुरु तलबमानको ५०% ले हुने रकम

८.३. प्रकरण ८.१ र ८.२ को कार्यमा सहयोग गर्न खटिने अन्य जनशक्तिलाई शुरु तलबमानको २५% ले हुने रकम ८.४. अध्यागमन विन्दुमा प्रत्यक्ष रुपमा CovID-19 रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने निजामती, सुरक्षाकर्मीहरु र नागरिक उड्डयन कार्यालयका कर्मचारीहरुलाई शुरु तलबमानको ५०% ले हुने रकम

९. कर्मचारी संचयकोषले आफ्ना संचयकर्तालाई घातक रोगको उपचार गर्न प्रदान गर्दै आएको उपचार खर्च वापतको रु.१० लाखको व्यवस्थालाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खटिएका राष्ट्रसेवक कर्मचारी कोरोनाबाट संक्रमित भएमा निजलाई उपचार गर्दा लाग्ने खर्च समेत सोही अनुरुप हने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने।

१०. प्रकरण ८ र ९ बमोजिम हुन आउने रकम बराबरको सुविधा करारमा कार्यरत जनशक्तिलाई समेत उपलब्ध गराउने।

११. नेपाल र छिमेकी मित्रराष्ट्र भारतको बिचमा आवतजावत हुने लामो दुरीका यात्रुवाहक सडक यातायातका सार्वजनिक सवारीसाधनहरुको संचालन हाललाई स्थगीत गर्ने।

१२. भारतमा MBBS र MD को प्रवेश परीक्षा दिन फाराम भर्ने प्रयोजनका लागि र विदेशमा पढिरहेका नेपाली विद्यार्थीले विषय परिवर्तन वा कलेज परिवर्तन गर्न चाहेको अवस्थामा नेपालमा निजका अभिभावकले NOC आवेदन गरेमा NOC जारी गर्ने।

१३. सार्क राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुख बिच १५ मार्च २०२० मा सम्पन्न भएको भिडियो कन्फेरेन्समा भएका छलफलको शिलशिलामा प्रस्तुत भएका धारणाहरुको कार्यान्वयनको लागि नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयले अन्य सम्बद्ध मन्त्रालयहरुको समन्वयमा आवश्यक तयारी गर्ने।

१४. प्रकरण १३ को विषयमा राष्ट्रिय सम्पर्क मन्त्रालयको रुपमा परराष्ट्र मन्त्रालय र क्षेत्रगत सम्पर्क मन्त्रालयको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्य गर्ने।

१५. सम्भावित संक्रमणको जोखिमबाट सुरक्षित रहन साना ठूला कुनैपनि जमघट नगर्न नगराउन सबै नागरिकलाई आव्हान गर्ने र सोको अनुगमन गृह मन्त्रालयले स्थानीय प्रशासन मार्फत गर्ने। साथै, यस कार्यमा सबै स्थानीय तहलाई आ-आफ्नो तर्फबाट सहयोग पुयाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय गर्ने।

१६. उच्चस्तरीय समन्वय समितिले विभिन्न मितिमा गरेका निर्णयहरुको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने। सो कार्यको सम्बन्धित मन्त्रालयहरुले नियमित रुपमा अनुगमन गरी समिति समक्ष पेश गर्ने।

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्