काठमाडौं- विशेष अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणका अभियुक्त डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले पौडेललाई धरौटी समेत नमागी थुनामा पठाउने आदेश दिएको हो। अदालतका प्रवक्ता पुष्पराज पाण्डेकाअनुसार ललिता निवास प्रकरणमा अदालत उपस्थित भएका पौडेल पहिलो प्रतिवादी हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते तीन पूवमन्त्री, तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी गर्दै ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दायर गरेको थियो।
पहिलो पटक अदालतमा हाजिर भएका प्रतिवादी पौडेललाई धरौटी नमागी थुनामा पठाउने आदेश दिए पछि अन्य अभियुक्तका हकमा पनि विशेष अदालत कडा रुपमा प्रस्तुत हुने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।