काठमाडौं- पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कोरोना संक्रमण विश्वभर फैलिरहेका बेला सरकारको ध्यान त्यतातिर लाग्नुपर्ने बताएका छन्।
उनले शनिबार एक ट्वीट गर्दै केही दिन/हप्ताका लागि विद्यालय बन्द गर्न सरकारले हेल्चेक्र्याईं गरिरहेको उल्लेख गरेका हुन्। सो ट्वीटमार्फत उनले छोराछोरीको जीवन प्रमुख कि परीक्षा भन्दै प्रश्नसमेत सोधेका छन्।
ट्वीटमा उनले भनेका छन्‚ ‘कोरोना भइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सिमाना भएको भारतमा झन् तीव्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन/हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो? छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ? सत्ताधारी कमरेडहरूको ध्यान जाला?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।