• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवालाई शशांकको पत्र : ‘ पार्टीभित्र एकताको वातावरण थप बिथोलियो'

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ३०, २०७६  २१:१६
1140x725

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीलाई थप क्षति हुन नदिन सभापतिलाई विगतमा सहयोग गर्दै आएको प्रष्ट्याएका छन्।
सभापति शेरबहादुर देउवालाई शुक्रबार बुझाएको पत्रमा महामन्त्री कोइरालाले पार्टीका धेरै साथीहरुको आलोचना सहँदै सभापतिलाई सहयोग गरेको उल्लेख गरेका छन्।

देउवा निवास बुढानिलकण्ठ पुगेर महामन्त्री कोइराला र  नेता डा मिनेन्द्र रिजालले बुझाएको पत्रमा सभापतिकै पछिल्ला निर्णयका कारण पार्टीको बैठकमा सहभागी नभएको खुलाएका छन्। पत्रमा भनिएको छ, ‘पार्टीभित्र विवाद बढ्दै जाँदा केन्द्रीय कार्यसमितिका पछिल्ला केही बैठकमा म पनि सहभागी हुन नसक्ने परिस्थिति निर्माण भएको छ।’

सभापति देउवाले गठन गरेका विभाग र मनोनित आमन्त्रित केन्द्रीय समितिको निर्णयप्रति समेत महामन्त्री कोइरालाले आपत्ति जनाएका छन्। बैठकमा सहभागी हुने वातावरण निर्माण गर्न छलफल जारी रहेकै समय विभाग गठन र आमन्त्रित केन्द्रीय सदस्य मनोनयनले पार्टीभित्रको वातावरण बिग्रिएको उनले जनाएका छन्। ‘कुराकानी भइरहेको बखतमा विधानमा तोकिए बाहेकका विभाग बनाइनु, पार्टीका केही साथीहरुलाई केन्द्रीय समिति सदस्य र आमन्त्रित सदस्यहरुको मनोनयन गरिनुले पार्टीभित्र एकताको वातावरण थप बिथोलिएको मेरो बुझाइ छ।’ पत्रमा भनिएको छ। १४ औं महाधिवेशनका कार्यक्रमहरु समेत तय भइसकेपछि एकतर्फी रुपमा निर्णय गर्नुलाई कोइरालाले महाधिवेशनको निष्पक्षता र सुनिश्चिततालाई गम्भीर रुपमा प्रभावित गर्न सक्ने आशंका गरेका छन्।

नवलपरासी जिल्लाका कार्यवाहक सभापतिलाई हटाइएकोप्रति पनि कोइरालाले आपत्ति जनाएका छन्। अर्जुन पोख्रेललाई कार्यवाहक सभापतिबाट हटाएर देउवाले आफूनिकटका विष्णुप्रसाद पौडेललाई उक्त जिम्मेवारी दिएका थिए। पोखरेललाई नै कार्यवाहक सभापति बनाउन सभापतिलाई सुझाइएको छ।

सभापतिले पोख्रेललाई हटाएपछि देउवासँग चिढिएको वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले बुधबार बैठक गरी विरोध जनाएको थियो। उक्त निर्णयको विरोध गर्दै सभापतिसँग भेटेर आफ्नो पक्षको तर्फबाट पत्र बुझाउन महामन्त्री कोइरालालाई जिम्मेवारी दिइएको थियो।
 

कोइरालाले सभापति देउवालाई शुक्रबार साँझ बुझाएको पत्र जस्ताको तस्तैः
आदरणीय श्री शेरबहादुर देउवा 
सभापति, 
नेपाली कांग्रेस । 
विषय : नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्ला नेतृत्व सम्बन्धमा। 
२०७६ साल फाल्गुण २३ गते तपाईंद्वारा हस्ताक्षरित पत्रद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (७) बमोजिम श्री विष्णुप्रसाद पौडेललाई नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) को जिल्ला सभापतिले पार्टीको विधान अनुसार गर्न पाउने कार्य गर्न गराउन उक्त जिल्लाको पार्टी संगठन संचालनको जिम्मेवारी प्रदान गरिएको भन्ने जानकारी प्राप्त भयो । सो पत्र नेपाली कांग्रेसको मौजुदा विधानको व्यवस्था प्रतिकूल हुने कुरा तल बुँदागत रुपमा उल्लेख गरेको छु । साथै, राजनीतिक रुपमा पनि यो कार्यले गम्भीर सांगठनिक विवाद सृजना गरेको कुरामा ध्यान आकृष्ट गर्न यो पत्र लेख्दैछु । 

१) नवलपरासी जिल्ला विभाजनपश्चात नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा रिक्त रहेको सभापति पदमा नेपाली कांग्रेसको विधानको धारा ५० को उपधारा (८) बमोजिम साविक नवलपरासी जिल्ला कार्यसमितिका उपसभापति श्री अर्जुन पोख्रेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो। कार्यवाहक सभापति हुन नेपाली कांग्रेसको विधानको धारा १२ (५) (क) (१) बमोजिम १० वर्ष क्रियाशील सदस्य रहेको महाधिवेशन प्रतिनिधि भन्ने व्यवस्था आकर्षित हुँदैन। यो व्यवस्था सभापतिको उम्मेदवार हुनका लागि मात्रै हो। 

२) धारा ५० (८) ले सम्बन्धित तहको अधिवेशन तोकिएको अवस्थामा वा महाधिवेशन तोकिएको अवस्थामा वा ६ महिनाभित्र महाधिवेशनको मिति नै तोकिएमा सभापतिका लागि अलग्गै निर्वाचन गर्नुपर्ने छैन भन्ने व्यवस्था गरेको छ। यस व्यवस्थाले नयाँ अधिवेशन गर्न सक्ने वा पाउने अवस्था देखिएन र विधानबमोजिम कार्यवाहक सभापति हुँदाहुँदै नयाँ सभापति तोक्ने हामीसँग कुनै वैधानिक बाटो छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

३) तपाईंद्वारा प्रेषित परिमार्जित पत्रमा उल्लेख भएको विधानको धारा २५ (७) जिल्ला नेतृत्व छनौटका सन्दर्भमा आकर्षित हुने देखिँदैन। यो धारा संगठनका निकाय गठनका सम्बन्धमा व्यवस्था गरिएको होइन। यो धाराको तत्काल परिआएका कार्यका लागि मात्रै आकर्षित हुन्छ, नेतृत्व छनौटका लागि विधानले अन्य धारामा प्रष्ट व्यवस्था गरेको कुरा माथि नै उल्लेख गरिसकेको छु। 

४) नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लाको नेतृत्वका विषयमा पार्टीका केन्द्रीय पदाधिकारीहरुको बैठकले श्री अर्जुन पोख्रेल कार्यवाहक सभापति रहेको विषयलाई सर्वसम्मतीले निर्णय गरेको कुरा हामी सबैको स्मृतिमा रहेको छ भन्ने विश्वास राख्दछु। साथै, कार्यवाहक सभापति श्री अर्जुन पोखरेलकै नेतृत्वमा नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लामा स्थानीय तह, प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न भएको र सम्पूर्ण सांगठनिक समायोजन कार्यहरु पूरा भई त्यसको अभिलेख समेत केन्द्रीय कार्यालयमा रहेको यहाँलाई अवगत नै छ। 

५) नेपाली कांग्रेसका विधानको धारा ४५ मा भएको व्यवस्थाअनुरुप कुनै कारणले पार्टीका कुनै पनि निकायमा रिक्त हुन आउने स्थानका लागि यस विधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन प्रक्रियाबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पदपूर्ति गरिने व्यवस्था रहेकाले कार्यवाहक सभापति विधानबमोजिम जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा नयाँ निर्णय गर्ने कुनै कारण देखिँदैन। 

आदरणीय सभापतिज्यू, 
आम निर्वाचनपछि पार्टीमा उत्पन्न विवादबाट पार्टीलाई थप क्षति नहोस् भनेर मैले धेरै साथीहरुको आलोचना सहँदै सभापतिज्यूलाई सहयोग गरेको हुँ। तर पार्टीभित्र विवाद बढ्दै जाँदा केन्द्रीय कार्यसमितिका पछिल्ला केही बैठकमा म पनि सहभागी हुन नसक्ने परिस्थिति निर्माण भएको छ। यस्तो परिस्थितिको अन्त्य गरी हामी सबै बैठकमा सहभागी हुने वातावरण निर्माण गर्न हामीबीच छलफल र कुराकानी भइरहेको बखतमा विधानमा तोकिए बाहेकका विभाग बनाइनु, पार्टीका केही साथीहरुलाई केन्द्रीय समिति सदस्य र आमन्त्रित सदस्यहरुको मनोनयन गरिनुले पार्टीभित्र एकताको वातावरण थप बिथोलिएको मेरो बुझाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्य विषयमा असहमति भए तापनि हामीले पार्टीको १४ औं महाधिवेशनको प्रक्रिया प्रारम्भ गरिसकेका छौं । महाधिवेशनका कार्यक्रमहरु समेत तय भइसकेका छन्। तर, एकाङ्की रुपमा हुने निर्णयले पार्टीको १४ औं महाधिवेशनको निष्पक्षता र सुनिश्चितता गम्भीर रुपमा प्रभावित हुन्छ। महाधिवेशन हामी सबैको साझा आयोजना हो। यो सर्वोच्च आयोजनामा पार्टीका सबै साथीहरुको उत्साहपूर्ण सहभागिताको आवश्यकता पर्दछ। 

विधानको व्यवस्थाअनुसार सभापतिको काम, कर्तव्य र अधिकार पार्टीको आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्ने र राख्न लगाउने हो। देशमा सबै राजनीतिक पार्टी र आम नागरिकसामु नेपाली कांग्रेसको सञ्चालन पद्धतिलाई अनुकरणीय रुपमा कायम राख्नु हामी सबैको कर्तव्य हो। पार्टीको समग्र नेतृत्व गर्ने जिम्मेवारी सभापतिज्यू स्वयंको रहेको कुरा मनन गर्नुहुन सादर अनुरोध गर्दछु। 

तसर्थ, नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्ला विधानको व्यवस्थाबमोजिम श्री अर्जुनकुमार पोख्रेल कार्यवाहक सभापति रहेको जिल्ला कार्यसमितिलाई नै यथावत कायम राख्नुहुन अनुरोध गर्दछु। 
जय नेपाल!

 

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  २१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीमा बेपत्ता २२ सय ९४ नेपालीको सूची सार्वजनिक, ७ दिनभित्र दाबी गर्न आग्रह
एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड
ढाकाटोपी लगाएर नेपाल फेस्टिभल पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज
सम्बन्धित सामग्री
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना यमपञ्चकको पहिलो दिन तथा काग तिहारका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नेपाली संस्कृति, परम्परा र पशुपन्छ... शनिबार, कात्तिक २१, २०८३
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा.केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएको... शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा डा. केसीको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको... शुक्रबार, कात्तिक २०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीमा बेपत्ता २२ सय ९४ नेपालीको सूची सार्वजनिक, ७ दिनभित्र दाबी गर्न आग्रह शनिबार, कात्तिक २१, २०८३
एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड शनिबार, कात्तिक २१, २०८३
ढाकाटोपी लगाएर नेपाल फेस्टिभल पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज शनिबार, कात्तिक २१, २०८३
धनवन्तरी जयन्ती आज मनाइँदै, आयुर्वेदको महत्त्वबारे चर्चा शनिबार, कात्तिक २१, २०८३
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने शुक्रबार, कात्तिक २०, २०८३
हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्