• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शीर्ष नेतासँग बामदेवको गुनासो-ममाथि फेरि अन्याय नहोस्

64x64
वीरेन्द्र ओली शुक्रबार, फागुन ३०, २०७६  २०:२७
1140x725

काठमाडौ–उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तीव्र ध्रुवीकरण भएको छ। गौतमलाई राष्ट्रिय सभामा पठाउने सचिवालय निर्णय नमान्ने प्रधानमन्त्री केपी ओलीको घोषणाले पार्टीभित्र तरंग पैदा हुँदा नेताहरुबीच दौडधुप चलेको छ। 

गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमै छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपाल र स्वयं बामदेव गौतम शुक्रबार सबेरै खुमलटारस्थित प्रचण्डनिवास पुगेका थिए। 

अध्यक्ष पुष्पकमल दाहाल निवासमा नेता गौतमले आफूलाई पार्टीभित्र पटक–पटक धोका भएको गुनासो गर्दै अब पनि शीर्ष नेताहरुको स्वार्थको शिकार हुने त होइन भन्दै संशय प्रकट गरेका थिए। 

खुमलटार स्रोतका अनुसार गौतमले आफूले देश र आफ्नो दलका लागि लामो समयदेखि निस्वार्थ र एउटा सच्चा सिपाहीजस्तै काम गरिरहेको प्रसंग उठाउँदै गर्दै अबका दिनमा आफूलाई अन्याय हुन नहुने बताएका थिए। गौतम बोलिरहँदा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले स्वीकृतिजनक भाव प्रकट गरेका थिए।

नेता गौतमका भनाइको जवाफमा अध्यक्ष प्रचण्डले ‘प्रधानमन्त्री अस्पतालमा नै रहेकाले यो विषय दलभित्र कुरा गर्न अझै केही दिन लाग्न सक्ने’ बताएका थिए भने नेता नेपालले ‘आफू दलभित्रका सबै विषयमा मध्यस्थता गर्न सधैं तयार रहेको र कसैलाई पनि अन्याय हुन नदिने पक्षमा रहेको’ भनाइ राखेका थिए। 

सोही बैठकका विषयमा प्रतिक्रिया लिन खोज्दा गौतम सम्पर्कमा आउन चोहनन्।

गौतमका पक्षमा भने प्रचण्डसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत उभिएका छन्। 

दौडधुप र ध्रुवीकरणकै बीच नेता नेपाललाई फकाउन ओली पक्षधर नेता इश्वर पोखरेल दुई पटक नेपाल निवास पुगिसकेका छन्। ओली समूहका अन्य नेताहरू भूमीश्वर ढकाल, बलराम अधिकारी, महेश बस्नेत लगायतपनि नेपाललाई नजिक ल्याउन प्रयासरत छन्। 

Ncell 2
Ncell 2

अध्यक्ष प्रचण्डले आफंै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर गौतमको पक्षमा विश्वास दिलाउन खोजेका छन् भने प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाललाई निवासमै गई पटक÷पटक भेटिसकेका छन्।

यस्तै गत बुधबार तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा विप्लवसमूहले बम विस्फोट गराएपछि प्रचण्डले कडा प्रतिक्रिया जनाउँदै विज्ञप्ति जारी गरेका थिए। उनले घटनामा ‘आतंककारी समूह’ संलग्न भएको भन्दै भत्र्सना गरेका थिए। यसलाई ओलीको सान्त्वना बटुल्ने प्रचण्ड प्रयासका रुपमा समेत विश्लेषण गरिएको छ। 

गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने र मिलेनियम च्यालेन्ज कर्पोेरेशन (एमसीसी) का  विषयमा शीर्ष नेताहरु नै विभाजित हुँदा गुटकै गठबन्धनमा फेरबदल आउन सक्ने विश्लेषण गर्न थालिएको छ। तर, नेताहरु तत्काल गठबन्धनमै फेरबदल आउने गरी विश्वासको वातावरण भईनसकेको दाबी गरेका छन्।     

नेपाललगायत नेताको ‘नाडी छाम्दै’ प्रचण्ड

अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग सहकार्य गर्दै आए पनि नेपाललगायत अरु नेताहरुको नाडी छाम्दै आएका छन्। ओलीविरुद्ध नेपाल, खनाल र गौतम भएकाले दीर्घकालिन गठबन्धन गर्न सकिन्छ या सकिँदैन भन्ने सम्बन्धमा विचार बुझ्दै आएका छन्। ओली प्रधानमन्त्री हुँदासम्म पार्टीमा आफ्नो अनुकूल निर्णय र शक्ति प्रयोग गर्न नसकिने देखेपछि नेपाललगायत नेताको नाडी छाम्ने गरेको पूर्व एमालेवृत्तको बुझाइ छ। तर, नेपालले ओलीसँग पटक–पटक धोका पाइसकेका छन् भने प्रचण्डलाई पनि विश्वास गर्न सकेका छैनन्।

यदि विश्वासको वातावरण हुँदै गएमा आन्तरिक गठबन्धनमा फेरबदल आउनसक्ने देखिन्छ । जसमा प्रचण्ड–नेपाल गठबन्धन एकातिर र अर्कोतिर ओली एक्लै हुन सक्ने देखिन्छ। यसो हुन नसके अहिलेकै गठबन्धनले निरन्तरता पाउनेछ। 

तर, नेकपा स्थायी कमिटी सदस्य मणि थापा अहिले नै ओली–प्रचण्डको गठबन्धन तोड्ने स्थिति आउन नसक्ने बताउँछन्। यदि यो गठबन्धन भत्किए पार्टी एकतासमेत भत्किन सक्ने थापाको आँकलन छ। 

माधव नेपालनिकट वेदुराम भुसालले पनि अहिलेको नेपाल–प्रचण्ड गठबन्धन तत्कालका एजेण्डामा मात्रै गरिएको बताए। ‘अहिले गौतमजीलाई राष्ट्रिय सभामा पठाउने, एमसीसीलगायत मुद्धामा मिल्ने विषयमा एक भएका छौ,’ भुसालले भने, ‘तर, अहिले बाहिर अनेक तवरले आफ्नै तरिकाले विश्लेषण गर्न थालियो। त्यो विश्लेषण गर्नेलाई नै जिम्मा दिनु पर्छ।’ 

सचिवालय बैठकपछि ओली–प्रचण्डको भेटै भएको छैन  

नेकपाको १८ फागुनको सचिवालय बैठकपछि ओली र प्रचण्डबीच भेट भएको छैन। सोही बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो। त्यसमा ओलीले आपत्ति जनाएका थिए। 

ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न १९ फागुनमा त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न प्रत्यारोपणको अघिल्लो दिन २० गते राति ९ बजे अस्पताल पुगेका थिए। तर, चिकित्सकले ओलीलाई भेट्दा संक्रमण हुन सक्छ भनेपछि सामान्य स्वास्थ्य स्थितिको जानकारी लिएर फर्किएका थिए। 

भोलिपल्ट प्रचण्डले आफूलाई रुघाखोकी लागेको भन्दै चार दिनसम्म भेटघाट नै बन्द गरेका थिए। त्यसपछि एकै पटक २५ फागुनमा चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी भएका थिए। लगत्तै चितवनबाट फर्किएका प्रचण्ड राष्ट्रपतिदेखि आफ्नै पार्टीका नेताहरुसँगको भेटघाटलाई बढाएका थिए। ओली सफल मिर्गौला प्रत्यारोपणपछि शुक्रबार साँझ निवास फर्किसकेका छन्। 

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  २०:२७
  • #bamdev
  • #ncp

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै नवनिर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलोपटक माघ १ गते कुपण्डोलको म्यासेममा बसेको थियो भने माघ २ गते निर्वाचन आयोगले आधिका... बिहीबार, माघ ८, २०८२
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली '०६४ देखि न एक सिन्का विकास भयो। न जनतासँग सम्पर्क छ, न एउटा कुनै वरको सिन्को पर सर्दैन, सिन्को भाँचिदैन,' उनले भने, ' नयाँको स्वाद... बिहीबार, माघ ८, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गरिरहेका छन् । आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई मत दिन उनले आग्रह गरिरहेका छन् । बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा बिहीबार, माघ ८, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली बिहीबार, माघ ८, २०८२
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्