• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शीर्ष नेतासँग बामदेवको गुनासो-ममाथि फेरि अन्याय नहोस्

64x64
वीरेन्द्र ओली शुक्रबार, फागुन ३०, २०७६  २०:२७
1140x725

काठमाडौ–उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तीव्र ध्रुवीकरण भएको छ। गौतमलाई राष्ट्रिय सभामा पठाउने सचिवालय निर्णय नमान्ने प्रधानमन्त्री केपी ओलीको घोषणाले पार्टीभित्र तरंग पैदा हुँदा नेताहरुबीच दौडधुप चलेको छ। 

गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमै छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपाल र स्वयं बामदेव गौतम शुक्रबार सबेरै खुमलटारस्थित प्रचण्डनिवास पुगेका थिए। 

अध्यक्ष पुष्पकमल दाहाल निवासमा नेता गौतमले आफूलाई पार्टीभित्र पटक–पटक धोका भएको गुनासो गर्दै अब पनि शीर्ष नेताहरुको स्वार्थको शिकार हुने त होइन भन्दै संशय प्रकट गरेका थिए। 

खुमलटार स्रोतका अनुसार गौतमले आफूले देश र आफ्नो दलका लागि लामो समयदेखि निस्वार्थ र एउटा सच्चा सिपाहीजस्तै काम गरिरहेको प्रसंग उठाउँदै गर्दै अबका दिनमा आफूलाई अन्याय हुन नहुने बताएका थिए। गौतम बोलिरहँदा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले स्वीकृतिजनक भाव प्रकट गरेका थिए।

नेता गौतमका भनाइको जवाफमा अध्यक्ष प्रचण्डले ‘प्रधानमन्त्री अस्पतालमा नै रहेकाले यो विषय दलभित्र कुरा गर्न अझै केही दिन लाग्न सक्ने’ बताएका थिए भने नेता नेपालले ‘आफू दलभित्रका सबै विषयमा मध्यस्थता गर्न सधैं तयार रहेको र कसैलाई पनि अन्याय हुन नदिने पक्षमा रहेको’ भनाइ राखेका थिए। 

सोही बैठकका विषयमा प्रतिक्रिया लिन खोज्दा गौतम सम्पर्कमा आउन चोहनन्।

गौतमका पक्षमा भने प्रचण्डसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत उभिएका छन्। 

दौडधुप र ध्रुवीकरणकै बीच नेता नेपाललाई फकाउन ओली पक्षधर नेता इश्वर पोखरेल दुई पटक नेपाल निवास पुगिसकेका छन्। ओली समूहका अन्य नेताहरू भूमीश्वर ढकाल, बलराम अधिकारी, महेश बस्नेत लगायतपनि नेपाललाई नजिक ल्याउन प्रयासरत छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्ष प्रचण्डले आफंै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर गौतमको पक्षमा विश्वास दिलाउन खोजेका छन् भने प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाललाई निवासमै गई पटक÷पटक भेटिसकेका छन्।

यस्तै गत बुधबार तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा विप्लवसमूहले बम विस्फोट गराएपछि प्रचण्डले कडा प्रतिक्रिया जनाउँदै विज्ञप्ति जारी गरेका थिए। उनले घटनामा ‘आतंककारी समूह’ संलग्न भएको भन्दै भत्र्सना गरेका थिए। यसलाई ओलीको सान्त्वना बटुल्ने प्रचण्ड प्रयासका रुपमा समेत विश्लेषण गरिएको छ। 

गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने र मिलेनियम च्यालेन्ज कर्पोेरेशन (एमसीसी) का  विषयमा शीर्ष नेताहरु नै विभाजित हुँदा गुटकै गठबन्धनमा फेरबदल आउन सक्ने विश्लेषण गर्न थालिएको छ। तर, नेताहरु तत्काल गठबन्धनमै फेरबदल आउने गरी विश्वासको वातावरण भईनसकेको दाबी गरेका छन्।     

नेपाललगायत नेताको ‘नाडी छाम्दै’ प्रचण्ड

अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग सहकार्य गर्दै आए पनि नेपाललगायत अरु नेताहरुको नाडी छाम्दै आएका छन्। ओलीविरुद्ध नेपाल, खनाल र गौतम भएकाले दीर्घकालिन गठबन्धन गर्न सकिन्छ या सकिँदैन भन्ने सम्बन्धमा विचार बुझ्दै आएका छन्। ओली प्रधानमन्त्री हुँदासम्म पार्टीमा आफ्नो अनुकूल निर्णय र शक्ति प्रयोग गर्न नसकिने देखेपछि नेपाललगायत नेताको नाडी छाम्ने गरेको पूर्व एमालेवृत्तको बुझाइ छ। तर, नेपालले ओलीसँग पटक–पटक धोका पाइसकेका छन् भने प्रचण्डलाई पनि विश्वास गर्न सकेका छैनन्।

यदि विश्वासको वातावरण हुँदै गएमा आन्तरिक गठबन्धनमा फेरबदल आउनसक्ने देखिन्छ । जसमा प्रचण्ड–नेपाल गठबन्धन एकातिर र अर्कोतिर ओली एक्लै हुन सक्ने देखिन्छ। यसो हुन नसके अहिलेकै गठबन्धनले निरन्तरता पाउनेछ। 

तर, नेकपा स्थायी कमिटी सदस्य मणि थापा अहिले नै ओली–प्रचण्डको गठबन्धन तोड्ने स्थिति आउन नसक्ने बताउँछन्। यदि यो गठबन्धन भत्किए पार्टी एकतासमेत भत्किन सक्ने थापाको आँकलन छ। 

माधव नेपालनिकट वेदुराम भुसालले पनि अहिलेको नेपाल–प्रचण्ड गठबन्धन तत्कालका एजेण्डामा मात्रै गरिएको बताए। ‘अहिले गौतमजीलाई राष्ट्रिय सभामा पठाउने, एमसीसीलगायत मुद्धामा मिल्ने विषयमा एक भएका छौ,’ भुसालले भने, ‘तर, अहिले बाहिर अनेक तवरले आफ्नै तरिकाले विश्लेषण गर्न थालियो। त्यो विश्लेषण गर्नेलाई नै जिम्मा दिनु पर्छ।’ 

सचिवालय बैठकपछि ओली–प्रचण्डको भेटै भएको छैन  

नेकपाको १८ फागुनको सचिवालय बैठकपछि ओली र प्रचण्डबीच भेट भएको छैन। सोही बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो। त्यसमा ओलीले आपत्ति जनाएका थिए। 

ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न १९ फागुनमा त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न प्रत्यारोपणको अघिल्लो दिन २० गते राति ९ बजे अस्पताल पुगेका थिए। तर, चिकित्सकले ओलीलाई भेट्दा संक्रमण हुन सक्छ भनेपछि सामान्य स्वास्थ्य स्थितिको जानकारी लिएर फर्किएका थिए। 

भोलिपल्ट प्रचण्डले आफूलाई रुघाखोकी लागेको भन्दै चार दिनसम्म भेटघाट नै बन्द गरेका थिए। त्यसपछि एकै पटक २५ फागुनमा चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी भएका थिए। लगत्तै चितवनबाट फर्किएका प्रचण्ड राष्ट्रपतिदेखि आफ्नै पार्टीका नेताहरुसँगको भेटघाटलाई बढाएका थिए। ओली सफल मिर्गौला प्रत्यारोपणपछि शुक्रबार साँझ निवास फर्किसकेका छन्। 

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  २०:२७
  • #bamdev
  • #ncp

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्