काठमाडौं- मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको छ।
त्रिवि शिक्षण अस्पतालले छैटौं दिनको पछिल्लो विवरण उपलब्ध गराउँदै प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भएको उल्लेख गरेको छ। त्यस्तै हिँडडुल र व्यायमलाई पनि निरन्तरता दिइएको बताइएको छ । उनलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ पनि राम्रो भएको उल्लेख छ।
ओलीको गत बुधबार मिर्गौला प्रत्यारोपण भएको थियो।
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको ब्लड प्रेसर‚ सुगरको मात्रा‚ पिशाबको रिपोर्टलगायतका विवरण महत्त्वपूर्ण हुन्छ। शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीबारे सार्वजनिक गर्ने स्वास्थ्य बुलेटिनमा यी कुनै विवरण सार्वजनिक गरिएको छैन। विज्ञप्तिमा सँधै स्वास्थ्य सुधारोन्मुख रहेको अमूर्त शब्द राखेर टार्ने काम भइरहेको देखिन्छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।