अर्थमन्त्री खतिवडाको राजीनामा
काठमाडौं- अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। स्वतः मन्त्री पदबाट मुक्त हुनु केही घन्टाअघि उनले राजीनामा दिएका हुन्। उनी आज राति १२ बजेदेखि स्वतः पदमुक्त हुँदै थिए।
मन्त्री खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत् राष्ट्रपतिसमक्ष राजीनामा दिएको बुझिएको छ। खतिवडाले मुख्यसचिव रेग्मीलाई केही समयअघि सिंहदरबारस्थित अर्थमन्त्रालयको आफ्नै कार्यकक्षमा बोलाएर राजीनामा दिएका हुन्।
विस्तृत समाचार
अर्थमन्त्री खतिवडाले दिए राजीनामा
६ किलो सुनसहित भारतीय नागरिक पक्राउ
बेरिङका टुक्रा बनाएर तस्करी गर्दै गरिएको ६ किलो सुनसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सोमबार बिहान साढे ४ बजे काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको यात्रुबाहक बस हेटौंडाको रातामाटेमा जाँच गर्ने क्रममा बसमा सवार अब्दुलको साथबाट उक्त सुन बरामद भएको मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिए।
विस्तृत समाचार
६ किलो सुनसहित भारतीय नागरिक पक्राउ
पूर्व डिआइजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्व डिआइजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। उनीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन समादेशक तथा पूर्वडिआइजी शाह, लेखापाल प्रहरी नायब निरीक्षक (सई) दिपेन्द्रप्रसाद पनेरु, लेखा सहायक हवल्दार केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव विशंखेविरुद्ध मंगलबार आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
विस्तृत समाचार
जवानको तलब भत्ता हिनामिनामा पूर्व डिआइजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा
अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाले
निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएपछि उक्त मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालेका छन्। राष्ट्रिय सभा सदस्यबाट मंगलबार राती पदमुक्त हुने भएपछि खतिवडाले सोमबार मन्त्री पदबाट राजीनामा दिएका थिए।
कमिसन प्रकरणमा मुछिएपछि पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए। सञ्चार मन्त्रालयको जिम्मेवारी पनि खतिवाडाले सम्हालेका थिए।
विस्तृत समाचार
अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाले
कोरोना प्रभाव : कोरोना प्रभावित देशमा पढ्न जान नपाइने
कोरोना भाइरसको प्रभाव नदेखिएका देशमा वैदेशिक अध्ययन अनुमतिपत्र दिन रोक नलगाइएको शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ।आइतबारको मन्त्रिपरिषद्को बैठकले वैदेशिक अध्ययन अनुमति पत्र अर्को निर्णय नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको थियो।
मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सो निर्णय अनुसार कोरोना भाइरसको प्रभाव देखिएका चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटली, इरानलगायतका देशमा मात्र वैदेशिक अध्ययन अनुमति पत्र जारी नगर्ने निर्णय भएको प्रष्ट पारिएको छ।
विस्तृत समाचार
कोरोना प्रभावित देशमा मात्र पढ्न जान नपाइने
कोरोना प्रभाव : उपराष्ट्रपतिको सार्वजनिक कार्यक्रम स्थगित
काेराेना प्रभाव : नेकपाकाे प्रदेश भेला स्थगित, गृहमन्त्री विमानस्थलबाट फर्किए
कोरोनाकाे प्रभाव : बिपी प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित
कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ भित्र गर्न शिक्षा मन्त्रालयको निर्देशन
बलात्कार आरोपी सिद्धबाबा जिल्ला अदालत सुनसरीमा हाजिर
सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा हाजिर भएकाछन्। आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा उच्च अदालत विराटनगरले सुनुवाइ गर्ने दिननै उनी जोगबनी नाका हुँदै भारत प्रवेश गरेका थिए।
धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेशलाइ बदर गर्दै उच्चले थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेको थियो। महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीले पुसमा धरौटीमा छोड्न आदेश दिएको थियो। दुई दिनसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले गिरीलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो।
विस्तृत समाचार
भारत भागेका बलात्कार आरोपी सिद्धबाबा जिल्ला अदालत सुनसरीमा हाजिर भए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।