काठमाडौं– बेरिङका टुक्रा बनाएर तस्करी गर्दै गरिएको ६ किलो सुनसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत कर्नाटक राज्यका ४२ वर्षीय अब्दुल मजिद अनेकल छन्।
सोमबार बिहान साढे ४ बजे काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको यात्रुबाहक बस हेटौंडाको रातामाटेमा जाँच गर्ने क्रममा बसमा सवार अब्दुलको साथबाट उक्त सुन बरामद भएको मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिए।
अब्दुलले आफ्नो झोलामा मोटर पार्टसको बेरिङ आकारका ४ थान, फलामको पास्ताको बेरिङ २ थान, मिट बेरिङ २ थान गरी ८ थान बोकेका थिए।
बाहिर फलामको लेप लागेका ती सामाग्री संकास्पद रहेपछि जाँचका लागि प्रहरीले पठाएको थियो।
जाँचका क्रममा ती सामान सुन रहेको पुष्टि भएको एसपी राठौरले जानकारी दिए । उक्त सुनको तौल ६ किलो २ सय ८९ ग्राम ३ सय छ० मिलीग्राम रहेको छ।
जसका बजार मूल्य ४ करोड, २७ लाख, ५८ हजार ७ सय ७४ रुपैयाँ हुन्छ । पक्राउ परेका अब्दुललाई सुनसहित कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पथलैया बारा पठाउन लागिएको मकवानपुर प्रहरीले जनाएके छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।