काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउदो चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन निर्देशन दिएको छ।
कोरोना भाइरसको संक्रमण र त्रास बढ्दै गएकोले चैत ५ गतेभित्र नै परीक्षा लिन देशभरका विद्यालयलाई मन्त्रालयले निर्देशन दिएको हो। यस्तै मन्त्रालयले सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न पनि आग्रह गरेको छ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।
सरकारले चैत ६ देखि १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा एसइई हुने कार्यतालिका भने परिमार्जन नहुने मन्त्रायलका सूचना अधिकारी दिपक शर्माले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।