काठमाडौं- निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएपछि उक्त मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालेका छन्। राष्ट्रिय सभा सदस्यबाट मंगलबार राती पदमुक्त हुने भएपछि खतिवडाले सोमबार मन्त्री पदबाट राजीनामा दिएका थिए।
कमिसन प्रकरणमा मुछिएपछि पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए। सञ्चार मन्त्रालयको जिम्मेवारी पनि खतिवाडाले सम्हालेका थिए।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती दुवै मन्त्रालयको जिम्मेवारी ओलीले नै सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन्।
यसैबीच पदबाट राजीनामा दिएका अर्थमन्त्री युवराज खतिवडाले प्रधामन्त्री ओलीसँग भेट गरेका छन्।
दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेटेर खतिवडा केही बेरअघि फर्किएका हुन्।
खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त हुने सम्भावना छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।