• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १, २०८२ Sat, Oct 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

कार बिक्रीमा हुन्डाई र सुजुकीको कडा प्रतिस्पर्धा, १० महिनामा कुन ब्रान्डको बजार हिस्सा कति ?

कार बिक्रीमा १८ प्रतिशत गिरावट
64x64
शिव बोहरा मंगलबार, फागुन २०, २०७६  १५:०४
1140x725

काठमाडौं- कार बिक्रीमा सुजुकी र हुन्डाईबीच तीब्र प्रतिस्पर्धा देखिएको छ। २०७५ चैतदेखि २०७६ पुससम्मको १० महिनाको तथ्यांकअनुसार सुजुकी र हुन्डाईबीच कार बिक्रीमा कसिलो प्रतिस्पर्धा रहेको छ। १० महिनामा सुजुकीले ३ हजार ४ सय ७८ वटा कार बिक्री गर्दा प्रतिस्पर्धी हुन्डाईले ३ हजार ५ सय २१ वटा कार बिक्री गरेको हो। नेपाली बजारमा सुजुकीका कार चौधरी समूहअन्तर्गतको सिजी मोटोकर्पले बिक्री गर्दै आएको छ। 

त्यस्तै २०७४ चैतदेखि २०७५ पुससम्म सुजुकीका ५ हजार १ सय ३१ वटा कार बिक्री गरेको थियो भने हुन्डाईले ३ सय ३ सय ८९ वटा कार बिक्री गरेको थियो। कोरियाली कार उत्पादक कम्पनी हुन्डाईका कार नेपाली बजारमा लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्दै आएको छ।

प्रतिशतका आधारमा हेर्ने हो भने २०७४ चैतदेखि २०७५ पुसको अवधिमा नेपाली कार बजारमा सुजुकीको हिस्सा ३० प्रतिशत थियो। तर २०७५-७६ चैत–पुसको अवधिमा आइपुग्दा सुजुकीको बजार हिस्सा २५ प्रतिशतमा सीमित भएको छ। हुन्डाईले भने एक वर्षको अवधिमा ५ प्रतिशत बजार हिस्सा बढाउन सफल भएको छ। २०७४–७५ चैत–पुसमा कारको बजार हुन्डाईको हिस्सा २० प्रतिशत थियो भने २०७५–७६ चैत–पुसमा आइपुग्दा बजार हिस्सा बढेर २५ प्रतिशत पुगेको छ। 

त्यस्तै बिक्रीका आधारमा तेस्रो स्थानमा महिन्द्रा देखिएको छ। महिन्द्रका कार नेपाली बजारमा अग्नी समूहअन्तर्गतको अग्नी इन्कर्पोरेटेडले बिक्री गर्दै आएको छ। २०७४–७५ चैत–पुसमा अग्नीले महिन्द्राका २ हजार ७ सय ७९ वटा कार बिक्री गर्दै १६ प्रतिशत बजार हिस्सा ओगटेको थियो। २०७५–७६ चैत–पुसमा महिन्द्राले समग्रमा ३ प्रतिशत बजार हिस्सा गुमाउन पुगेको छ।

यो अवधिमा महिन्द्राका १ हजार ८ सय २२ वटा कार बिक्री गर्दा बजार हिस्सा १३ प्रतिशत रहेको छ। चौथो स्थानमा रहेको टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले २०७५-७६ चैत-पुसमा १ हजार ७ सय ५० वटा कार बिक्री गर्दै बजारमा आफ्नो हिस्सा १२ प्रतिशत पुर्‍याउन सफल भएको छ।

२०७४-७५ चैत-पुसको अवधिमा १ हजार ५ सय ७८ वटा कार बिक्री गरेको थियो। यो अवधिमा टाटाको कार बजार हिस्सा ९ प्रतिशतमात्र थियो। एक वर्षको अवधिमा टाटाले समग्र कार बजारमा ३ प्रतिशत हिस्सा बढाउन सफल भएको तथ्यांक छ। 

टाटा मोटर्स बस तथा ट्रकका लागि चर्चित ब्रान्डका रुपमा स्थापित भएको हो। तर २००१ देखि टाटाले नेपाली बजारमा कार बिक्री सुरु गरेको हो। त्यसयता कम्पनीले समग्र कार बजारमा १२ प्रतिशत हिस्सासहित आफ्नो उपस्थिति चौथो स्थानमा पुर्‍याउन सफल भएको छ। टाटापछि धेरै बिक्री हुने कार ब्रान्डमा फोर्ड रहेको छ। गोल्छा अर्गनाइजेशनअन्तर्गतको जिओ फोर्डले बिक्री गर्दै आएको फोर्डका कार २०७४–७५ चैत–पुससम्मको अवधिमा १ हजार १ सय ११ वटा कार बिक्री भएको थियो।

सो अवधिमा फोर्डको बजार हिस्सा ६ प्रतिशत थियो। त्यस्तै २०७५-७६ चैत-पुसमा फोर्डको कार बिक्री ८ सय ८५ वटामा सीमित भएको छ। यो अवधिमा पनि प्रतिशतका आधारमा बजार हिस्सा ६ प्रतिशत नै रहेको छ। २०७५–७६ चैत–पुसमा निसानका ८ सय ३७ वटा कार बिक्री भएको छ। नेपाली कार बजारमा ६ प्रतिशत बजार हिस्सा ओगटेको निसान सारडा समूहअन्तर्गतको पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको छ।

Ncell 2
Ncell 2

त्यस्तै पायोनियरले २०७४–७५ चैत–पुससम्मको अवधिमा ९ सय ५९ वटा कार बिक्री गरेको थियो। यो अवधिमा पनि निसानको बजार हिस्सा भने ६ प्रतिशत नै थियो। टोयोटाका कार नेपाली बजारमा वैद्यज् अर्गनाइजेशनअन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटले बिक्री गर्दै आएको छ। २०७४-७५ चैत-पुसमा टोयोटाका ५ सय २३ वटा कार बिक्री भएको थियो भने २०७५-७६ चैत-पुससम्मको १० महिनामा कार बिक्री घटेर ३ सय ७५ वटा सीमित भएको छ। 

विशाल ग्रुपअन्तर्गतको एडभान्स अटोमोबाइलले नेपाली बजारमा बिक्री गर्दै आएको फ्रेन्च कार कम्पनी रेनोका कार २०७४-७५ चैत–पुसमा ६ सय ९९ वटा बिक्री गर्न सफल भएको थियो। तर २०७५-७६ चैत–पुससम्मको १० महिनाको अवधिमा कार बिक्री घटेर ३ सय १७ वटामा सीमित भएको छ। त्यस्तै विशाल ग्रुपकै अर्को कम्पनी पारामाउन्ट मोटर्सले बेलायती ब्रान्ड एमजी (मोरिस ग्यारेज) बिक्री गर्दै आएको छ।

२०७५-७६ चैत-पुससम्मको १० महिनाको अवधिमा पारामाउन्ट मोटर्सले १ सय २६ वटा कार बिक्री गर्न सफल भएको छ। अघिल्लो वर्षको सोही अवधिमा भने एमजीका कार नेपाल भित्रिएका थिएनन्। कन्टिनेन्टल ट्रेडिङ प्रालिले आयात गर्दै आएको कियाको कार बिक्री भने वृद्धि भएको छ। २०७४-७५ चैत-पुसको अवधिमा १ सय ४९ वटा कार बिक्री गरेको कन्टिनेन्टलले २०७५-७६ चैत-पुसमा आइपुग्दा ३ सय २३ वटा कार बिक्री गर्न सफल भएको हो।

कियाको इलेक्ट्रिक कार निरो तथा एसयुभी सेल्टोस बजारमा आएपनि कम्पनी आफ्नो बिक्री बढाउन सफल भएको हो। कन्टिनेन्टल ट्रेडिङले नै बिक्री गर्दै आएको इसुजु २०७४-७५ चैत-पुसमा १ सय ७५ वटा बिक्री भएकोमा २०७५-७६ चैत-पुसमा आइपुग्दा इसुजुको बिक्री घटेर ७६ वटामा सीमित भएको तथ्यांक छ। 

विशाल समूहअन्तर्गतको पुजा इन्टिरनेशनलले बिक्री गर्दै आएको जर्मन कार ब्रान्ड फक्सवागन २०७४-७५ चैत-पुसको अवधिमा २ सय ५ वटा बिक्री भएकोमा २०७५-७६ चैत-पुसको १० महिनामा कार बिक्री १ सय ५८ वटामा सीमित भएको छ। त्यस्तै लियोन मोटर्सले बिक्री गर्दै आएको मित्सुविसीका कार २०७४-७५ चैत-पुसमा १ सय ४१ वटा बिक्री भएकोमा २०७५-७६ चैत-पुसमा आइपुग्दा ८५ वटामा सीमित भएको छ। 

एमएडब्लू लाइफले नेपाली बजारमा भित्र्याएको जिप २०७४-७५ चैत-पुसमा १ सय १५ वटा बिक्री भएको थियो। २०७५-७६ चैत–पुसमा आइपुग्दा जिपको बिक्री केही बढेर १ सय १९ पुगेको छ। ज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङले बिक्री गर्दै आएको जापानी कार होन्डा २०७४-७५ चैत-पुसको १० महिनामा ९६ वटा बिक्री भएकोमा २०७५–७६ चैत-पुसमा घटेर ६८ वटामा सीमित भएको छ। 

२०७४-७५ चैत-पुसको अवधिमा फोर्स मोटर्स, स्कोडा, सुवारु र माज्दाका कार क्रमशः ९२, ३९, २१ र ७ वटा कार बिक्री भएको छ। त्यस्तै २०७५-७६ चैत–पुसको अवधिमा माथिका कम्पनीको कार बिक्री क्रमशः ९२, ४७, ६ र १ वटामात्र कार बिक्री भएको तथ्यांक छ। 

त्यसैगरी ल्यान्ड रोभरका कार गत वर्ष र २०७५-७६ चैत-पुसको अवधिमा समान ३ वटा भित्रिएका छन्। २०७४-७५ चैत-पुसको १० महिनामा एउटा पनि नभित्रिएको मर्सिडिज बेन्ज २०७५-७६ चैत-पुसको अवधिमा ३ वटा भित्रिएका छन्।त्यस्तै चिनियाँ एसयुभी डिएसएफकेका कार अघिल्लो वर्ष नभित्रिएकोमा २०७५-७६ चैत-पुसको अवधिमा १२ वटा भित्रिएका छन्। यो कार नेपाली बजारमा कुजु नेपाल प्रालिले बिक्री गर्दै आएको छ। 

साङडोङ लेभडोका ३ वटा, दीगोका ५ वटा, नानजिङ जियाउनका ३ वटा, ज्यागुअरका २ वटा, टेस्लाका एउटा र अउडीका ३ वटा कार २०७५-७६ चैत-पुसको अवधिमा नेपाल भित्रिएका छन्। समग्रमा २०७५-७६ चैत-पुसको १० महिनाको अवधिमा नेपाली बजारमा १४ हजार १ सय ३७ वटा कार नेपाल भित्रिएको तथ्यांक छ।

अघिल्लो वर्षको सोही अवधिमा १७ हजार २ सय ५६ वटा कार नेपाल भित्रिएका थिए। अटो लोनमा गरिएको कडाइका कारण कार बिक्रीमा करिब १८ प्रतिशतले गिरावट आएको छ। भन्सारबाट प्राप्त तथ्यांकमा प्युजो र स्याङयोङका कार एकिकृत तथ्यांकमा समावेश गरिएको भएपनि बेग्लाबेग्लै तथ्यांक भने समावेश गरिएको छैन।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १५:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर शनिबार, कात्तिक १, २०८२
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने शनिबार, कात्तिक १, २०८२
पेट्रोलियम पाइपलाइनबाट आयो साढे ६ अर्ब लिटर इन्धन शनिबार, कात्तिक १, २०८२
अफगानिस्तानको आरोप : पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्‍यो शनिबार, कात्तिक १, २०८२
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट शनिबार, कात्तिक १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
बेपत्ता छानबिन आयोगका सचिवको सरुवा शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्