• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

कार बिक्रीमा हुन्डाई र सुजुकीको कडा प्रतिस्पर्धा, १० महिनामा कुन ब्रान्डको बजार हिस्सा कति ?

कार बिक्रीमा १८ प्रतिशत गिरावट
64x64
शिव बोहरा मंगलबार, फागुन २०, २०७६  १५:०४
1140x725

काठमाडौं- कार बिक्रीमा सुजुकी र हुन्डाईबीच तीब्र प्रतिस्पर्धा देखिएको छ। २०७५ चैतदेखि २०७६ पुससम्मको १० महिनाको तथ्यांकअनुसार सुजुकी र हुन्डाईबीच कार बिक्रीमा कसिलो प्रतिस्पर्धा रहेको छ। १० महिनामा सुजुकीले ३ हजार ४ सय ७८ वटा कार बिक्री गर्दा प्रतिस्पर्धी हुन्डाईले ३ हजार ५ सय २१ वटा कार बिक्री गरेको हो। नेपाली बजारमा सुजुकीका कार चौधरी समूहअन्तर्गतको सिजी मोटोकर्पले बिक्री गर्दै आएको छ। 

त्यस्तै २०७४ चैतदेखि २०७५ पुससम्म सुजुकीका ५ हजार १ सय ३१ वटा कार बिक्री गरेको थियो भने हुन्डाईले ३ सय ३ सय ८९ वटा कार बिक्री गरेको थियो। कोरियाली कार उत्पादक कम्पनी हुन्डाईका कार नेपाली बजारमा लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्दै आएको छ।

प्रतिशतका आधारमा हेर्ने हो भने २०७४ चैतदेखि २०७५ पुसको अवधिमा नेपाली कार बजारमा सुजुकीको हिस्सा ३० प्रतिशत थियो। तर २०७५-७६ चैत–पुसको अवधिमा आइपुग्दा सुजुकीको बजार हिस्सा २५ प्रतिशतमा सीमित भएको छ। हुन्डाईले भने एक वर्षको अवधिमा ५ प्रतिशत बजार हिस्सा बढाउन सफल भएको छ। २०७४–७५ चैत–पुसमा कारको बजार हुन्डाईको हिस्सा २० प्रतिशत थियो भने २०७५–७६ चैत–पुसमा आइपुग्दा बजार हिस्सा बढेर २५ प्रतिशत पुगेको छ। 

त्यस्तै बिक्रीका आधारमा तेस्रो स्थानमा महिन्द्रा देखिएको छ। महिन्द्रका कार नेपाली बजारमा अग्नी समूहअन्तर्गतको अग्नी इन्कर्पोरेटेडले बिक्री गर्दै आएको छ। २०७४–७५ चैत–पुसमा अग्नीले महिन्द्राका २ हजार ७ सय ७९ वटा कार बिक्री गर्दै १६ प्रतिशत बजार हिस्सा ओगटेको थियो। २०७५–७६ चैत–पुसमा महिन्द्राले समग्रमा ३ प्रतिशत बजार हिस्सा गुमाउन पुगेको छ।

यो अवधिमा महिन्द्राका १ हजार ८ सय २२ वटा कार बिक्री गर्दा बजार हिस्सा १३ प्रतिशत रहेको छ। चौथो स्थानमा रहेको टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले २०७५-७६ चैत-पुसमा १ हजार ७ सय ५० वटा कार बिक्री गर्दै बजारमा आफ्नो हिस्सा १२ प्रतिशत पुर्‍याउन सफल भएको छ।

२०७४-७५ चैत-पुसको अवधिमा १ हजार ५ सय ७८ वटा कार बिक्री गरेको थियो। यो अवधिमा टाटाको कार बजार हिस्सा ९ प्रतिशतमात्र थियो। एक वर्षको अवधिमा टाटाले समग्र कार बजारमा ३ प्रतिशत हिस्सा बढाउन सफल भएको तथ्यांक छ। 

टाटा मोटर्स बस तथा ट्रकका लागि चर्चित ब्रान्डका रुपमा स्थापित भएको हो। तर २००१ देखि टाटाले नेपाली बजारमा कार बिक्री सुरु गरेको हो। त्यसयता कम्पनीले समग्र कार बजारमा १२ प्रतिशत हिस्सासहित आफ्नो उपस्थिति चौथो स्थानमा पुर्‍याउन सफल भएको छ। टाटापछि धेरै बिक्री हुने कार ब्रान्डमा फोर्ड रहेको छ। गोल्छा अर्गनाइजेशनअन्तर्गतको जिओ फोर्डले बिक्री गर्दै आएको फोर्डका कार २०७४–७५ चैत–पुससम्मको अवधिमा १ हजार १ सय ११ वटा कार बिक्री भएको थियो।

सो अवधिमा फोर्डको बजार हिस्सा ६ प्रतिशत थियो। त्यस्तै २०७५-७६ चैत-पुसमा फोर्डको कार बिक्री ८ सय ८५ वटामा सीमित भएको छ। यो अवधिमा पनि प्रतिशतका आधारमा बजार हिस्सा ६ प्रतिशत नै रहेको छ। २०७५–७६ चैत–पुसमा निसानका ८ सय ३७ वटा कार बिक्री भएको छ। नेपाली कार बजारमा ६ प्रतिशत बजार हिस्सा ओगटेको निसान सारडा समूहअन्तर्गतको पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै पायोनियरले २०७४–७५ चैत–पुससम्मको अवधिमा ९ सय ५९ वटा कार बिक्री गरेको थियो। यो अवधिमा पनि निसानको बजार हिस्सा भने ६ प्रतिशत नै थियो। टोयोटाका कार नेपाली बजारमा वैद्यज् अर्गनाइजेशनअन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटले बिक्री गर्दै आएको छ। २०७४-७५ चैत-पुसमा टोयोटाका ५ सय २३ वटा कार बिक्री भएको थियो भने २०७५-७६ चैत-पुससम्मको १० महिनामा कार बिक्री घटेर ३ सय ७५ वटा सीमित भएको छ। 

विशाल ग्रुपअन्तर्गतको एडभान्स अटोमोबाइलले नेपाली बजारमा बिक्री गर्दै आएको फ्रेन्च कार कम्पनी रेनोका कार २०७४-७५ चैत–पुसमा ६ सय ९९ वटा बिक्री गर्न सफल भएको थियो। तर २०७५-७६ चैत–पुससम्मको १० महिनाको अवधिमा कार बिक्री घटेर ३ सय १७ वटामा सीमित भएको छ। त्यस्तै विशाल ग्रुपकै अर्को कम्पनी पारामाउन्ट मोटर्सले बेलायती ब्रान्ड एमजी (मोरिस ग्यारेज) बिक्री गर्दै आएको छ।

२०७५-७६ चैत-पुससम्मको १० महिनाको अवधिमा पारामाउन्ट मोटर्सले १ सय २६ वटा कार बिक्री गर्न सफल भएको छ। अघिल्लो वर्षको सोही अवधिमा भने एमजीका कार नेपाल भित्रिएका थिएनन्। कन्टिनेन्टल ट्रेडिङ प्रालिले आयात गर्दै आएको कियाको कार बिक्री भने वृद्धि भएको छ। २०७४-७५ चैत-पुसको अवधिमा १ सय ४९ वटा कार बिक्री गरेको कन्टिनेन्टलले २०७५-७६ चैत-पुसमा आइपुग्दा ३ सय २३ वटा कार बिक्री गर्न सफल भएको हो।

कियाको इलेक्ट्रिक कार निरो तथा एसयुभी सेल्टोस बजारमा आएपनि कम्पनी आफ्नो बिक्री बढाउन सफल भएको हो। कन्टिनेन्टल ट्रेडिङले नै बिक्री गर्दै आएको इसुजु २०७४-७५ चैत-पुसमा १ सय ७५ वटा बिक्री भएकोमा २०७५-७६ चैत-पुसमा आइपुग्दा इसुजुको बिक्री घटेर ७६ वटामा सीमित भएको तथ्यांक छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विशाल समूहअन्तर्गतको पुजा इन्टिरनेशनलले बिक्री गर्दै आएको जर्मन कार ब्रान्ड फक्सवागन २०७४-७५ चैत-पुसको अवधिमा २ सय ५ वटा बिक्री भएकोमा २०७५-७६ चैत-पुसको १० महिनामा कार बिक्री १ सय ५८ वटामा सीमित भएको छ। त्यस्तै लियोन मोटर्सले बिक्री गर्दै आएको मित्सुविसीका कार २०७४-७५ चैत-पुसमा १ सय ४१ वटा बिक्री भएकोमा २०७५-७६ चैत-पुसमा आइपुग्दा ८५ वटामा सीमित भएको छ। 

एमएडब्लू लाइफले नेपाली बजारमा भित्र्याएको जिप २०७४-७५ चैत-पुसमा १ सय १५ वटा बिक्री भएको थियो। २०७५-७६ चैत–पुसमा आइपुग्दा जिपको बिक्री केही बढेर १ सय १९ पुगेको छ। ज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङले बिक्री गर्दै आएको जापानी कार होन्डा २०७४-७५ चैत-पुसको १० महिनामा ९६ वटा बिक्री भएकोमा २०७५–७६ चैत-पुसमा घटेर ६८ वटामा सीमित भएको छ। 

२०७४-७५ चैत-पुसको अवधिमा फोर्स मोटर्स, स्कोडा, सुवारु र माज्दाका कार क्रमशः ९२, ३९, २१ र ७ वटा कार बिक्री भएको छ। त्यस्तै २०७५-७६ चैत–पुसको अवधिमा माथिका कम्पनीको कार बिक्री क्रमशः ९२, ४७, ६ र १ वटामात्र कार बिक्री भएको तथ्यांक छ। 

त्यसैगरी ल्यान्ड रोभरका कार गत वर्ष र २०७५-७६ चैत-पुसको अवधिमा समान ३ वटा भित्रिएका छन्। २०७४-७५ चैत-पुसको १० महिनामा एउटा पनि नभित्रिएको मर्सिडिज बेन्ज २०७५-७६ चैत-पुसको अवधिमा ३ वटा भित्रिएका छन्।त्यस्तै चिनियाँ एसयुभी डिएसएफकेका कार अघिल्लो वर्ष नभित्रिएकोमा २०७५-७६ चैत-पुसको अवधिमा १२ वटा भित्रिएका छन्। यो कार नेपाली बजारमा कुजु नेपाल प्रालिले बिक्री गर्दै आएको छ। 

साङडोङ लेभडोका ३ वटा, दीगोका ५ वटा, नानजिङ जियाउनका ३ वटा, ज्यागुअरका २ वटा, टेस्लाका एउटा र अउडीका ३ वटा कार २०७५-७६ चैत-पुसको अवधिमा नेपाल भित्रिएका छन्। समग्रमा २०७५-७६ चैत-पुसको १० महिनाको अवधिमा नेपाली बजारमा १४ हजार १ सय ३७ वटा कार नेपाल भित्रिएको तथ्यांक छ।

अघिल्लो वर्षको सोही अवधिमा १७ हजार २ सय ५६ वटा कार नेपाल भित्रिएका थिए। अटो लोनमा गरिएको कडाइका कारण कार बिक्रीमा करिब १८ प्रतिशतले गिरावट आएको छ। भन्सारबाट प्राप्त तथ्यांकमा प्युजो र स्याङयोङका कार एकिकृत तथ्यांकमा समावेश गरिएको भएपनि बेग्लाबेग्लै तथ्यांक भने समावेश गरिएको छैन।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १५:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्