काठमाडौं– गायिका प्रविशा अधिकारी र विष्णु अचार्यको स्वरमा रहेको 'पखेटा' बोलको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक उक्त गीतमा मनिष वशिष्टको शब्द तथा राजेन्द्र सुवेदीको संगीत छ।
उक्त गीतको भिडियो पनि सार्वजनिक गरिएको छ। क्लासिकल र मेटल फ्युजनको समिश्रणमा तयार गीतको भिडियोमा पनि फरक शैली अपनाउन खोजिएको छ। गायिका अधिकारकीका अनुसार नेपाली गीत-संगीतमा पखेटा नयाँ प्रयोग हो।
भिडियोलाई 'स्याडो एक्ट'मा तयार पारिएको छ। गीतको भिडियोलाई 'वान सट'मै छायांकन गरिएको भिडियो निर्देशक निकेश खड्काले बताए।
अनिल धितालको एरेन्ज, फिरोज बज्राचार्यको मिक्सिङ रहेको गीतको भिडियोमा सुबोल थापा, राजु नेपाली, अनन्त राई, रिना खत्री, सरिना सुनुवार, अनिमा लामाको अभिनय छ।
निर्देशक खड्काका अनुसार भिडियोमा धनले पखेटा फिजाउँछ तर त्यसको मात लागेपछि के हुन्छ भन्ने अवस्थालाई गीत र यसको भिडियोमा चित्रण गरिएकाे हो।
पखेटा भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।