• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विरासतमा शेखर, शशांक र सुजाता

64x64
किशोर नेपाल आइतबार, फागुन १८, २०७६  १६:५६
1140x725

नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताको सुख र देशको समृद्धिको नारा लगाएर जनता झुक्याउने कुरा गर्न थालेपछि राजनीतिक बुद्धिजीवी, बौद्धिक वर्ग, विभिन्न व्यावसायिक संस्थाका प्रतिनिधि र सचेत जनताले लोकतान्त्रिक शासनमा प्रमुख प्रतिपक्षी दलको अपरिहार्यतालाई बुझ्न थालेका छन्। 

देशको प्रमुख लोकतान्त्रिक दलका रुपमा रहेको नेपाली कांग्रेस पार्टी कमजोर नभएको भए प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा चलेको नेपाल कम्युनिस्ट पार्टीको सरकार यति छाडा, यति संकीर्ण र यति भ्रष्ट हुन पाउने थिएन। 

कुनै पनि सरकारले लोकतन्त्रको गोरेटो छोडेर हिँडन खोज्यो भने त्यसलाई रोक्ने काम प्रमुख प्रतिपक्षको हो। तर, यतिबेला कांग्रेसको नेतृत्वमा आवश्यक गतिशीलता छैन। 

एकातिर, पार्टीका कार्यकर्ताहरु चुनावमा भएको पराजयको पीडाबाट मुक्त हुन सकेका छैनन्। अर्कोतिर, पार्टीका महत्वपूर्ण नेताहरु आपसी विवाद, असहिष्णुता र गुटबन्दीमा आकण्ठ डुबेका छन्। 

गत साता कांग्रेसका ‘अन्तरिम’ सभापति शेरबहादुर देउवाले हास्यास्पद काम गरे। आफनो नेतृत्वको चार वर्षसम्म गठन नगरेका पार्टीका विभागहरु गठन गरेर आफ्ना विपक्षी तर्साउने काम गरे। प्रतिक्रियामा सभापति देउवाका प्रतिद्वन्द्वीका रुपमा चिनिएका रामचन्द्र पौडेलले आफ्ना तर्फबाट विभाग गठनलाई बहिष्कार गरे। त्यसपछि उनको विरोध पनि सकियो।

यो घटनाले देखाउँछ, लोकतन्त्रको प्रतिनिधि संस्थाका रुपमा नेपाली कांग्रेस सुदृढ नेतृत्वको खोजीमा छ। यस्तो नेतृत्व हालका सभापति देउवा र भावी सभापतिको सपना पालेर बसेका रामचन्द्र पौडेल लगायत समकालीन नेताहरुले दिन सक्दैनन्। 

शशांक कोइरालाले आफ्नो र शेखर कोइरालाबीचको प्रतिद्वन्द्वितामा रामचन्द्र ‘दाइ’ लाई देखाए पनि कांग्रेसभित्र अहिले कोरिन लागेको कुनै पक्षको नक्सामा पनि रामचन्द्र पौडेलको नाम देखा पर्दैन।

कांग्रेस संगठनलाई ऊर्जा चाहिएको छ। यस्तो ऊर्जा जसले कांग्रेसको वर्तमान स्वरुप र प्रणालीमा नै आमूल परिवर्तन गरोस्। समकालीन राजनीतिका निर्णायक मानिने अहिलेको नेतृत्व सभापति देउवाकै समकालीन हो। यो नेतृत्व देउवाभन्दा लायक भइदिएको भए कांग्रेसले अहिलेको जस्तो दुर्गति बेहोर्नुपर्ने थिएन।

nimb
nimb
Ncell 2
Ncell 2

लामो समयदेखि राजनीतिक हिसाबले कांग्रेससँग जोडिएका मानिसहरु कांग्रेसले अहिले बेहोर्नुपरेको दुर्गतिको कारण गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेस नेतृत्वमा देखिएको शून्यता हो भन्छन्। राजनीतिशास्त्रका पण्डितहरु यो विचारसँग असहमत छैनन्।

गिरिजाप्रसाद कोइरालाको निधनपछि ‘ट्रान्जिसन’ का रुपमा सभापति बनेका सुशील कोइरालाले नेतृत्वको शून्यता पुर्नसक्ने कुरा थिएन। उनको नेतृत्वका लागि देउवा प्रत्यक्ष चुनौती थिए भने पौडेल अप्रत्यक्ष हिसाबले। उनी आफैं बिरामी थिए। उनले यो दोहोरो चापलाई खप्न सकेनन्।  

अहिले कांग्रेसका एकथरी शुभचिन्तकहरु कोइराला परिवारबाटै कांग्रेसको नेतृत्व आउनुपर्ने तर्क दिइरहेका छन्। महिला र राजनीतिक गतिविधिमा सक्रिय रहेकोले स्व गिरिजाप्रसाद कोइरालाको एकमात्र सन्तान सुजाता कोइराला कांग्रेस सभापतिमा चुनाव लड्नसक्ने लख धेरैले काटेका थिए। आफ्नो स्वास्थ्य स्थितिका कारण उनी पन्छिएकी छिन्। 

केही समय अघिसम्म कोइराला परिवारका तीन सदस्य शेखर, सुजाता र शशांकका बीचको सम्बन्ध सामान्य थियो। अहिले तीनै जना घनिष्ट छन्। सम्भवतः सुजाताले शशांक र शेखरका बीच रेफ्रीको भूमिका निर्वाह गर्न सक्छिन्।

स्व बिपी कोइरालाका कान्छा सुपुत्र शशांक कोइराला मसिनो स्वरमा मिठो कुरा बोल्न खप्पिस छन्। उनी नवलपुरमा धानबाली भित्र्याएपछि आयोजना गरिने धान्याञ्चल यज्ञ आयोजकका प्रिय नेता हुन्। यस्तै धान्याञ्चलका उपलक्ष्यमा उनले दिएको नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने वक्तव्यले उनलाई राजनीतिक विवादमा घचेट्यो। पछि उनले त्यसको खण्डन गर्दै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताए। तैपनि, यो कुरा सामसुम हुन सकेन। उनलाई हिन्दु धर्मको भूतले अहिले पनि लगारिरहेको छ। हालैमात्र उनी उत्तर प्रदेशका मुख्यमन्त्री महन्थ आदित्यनाथको निम्तोमा लखनउ भ्रमणमा गएका थिए। यसले हिन्दुत्वसँग उनको लसपस अझै बाँकी रहेको आशंका जन्माएको छ।

शशांकले जे भने पनि उनमा सभापति उम्मेदवार हुने तीव्र लालसा छ। कांग्रेस कोइरालाहरुको बपौती होइन भन्ने नेताले कोइरालाहरुबीच मिल्ने कुरा भइरहेको बताउनु यसैको संकेत हो।

शशांकले आफू ‘देउवाका विरुद्ध’ सभापति पदमा चुनाव लड्ने बताएका छन्। एक दैनिकसँगको वार्तामा उनले भनेका छन्, ‘कांग्रेस भित्रको संस्थापनभन्दा अलग पक्ष एक भएनौं भने फेरि शेरबहादुरजीले नेतृत्व लिनुहुन्छ। त्यसैमा ध्यान दिनुपर्छ। एउटै उम्मेदवार हुने विषयमा छलफल भइरहेको छ।’

तपाईं र शेखर कोइरालामध्ये एक (सभापतिको उम्मेदवार) हो भन्छन् नि भन्ने प्रश्नको उत्तरमा शशांक भन्छन्, रामचन्द्र दाइ पनि हुनुहुन्छ।’

शशांकका अनुसार, ‘नेपाली कांग्रेस कोइरालाहरुको बपौती होइन। हामी (कोइराला)बीच मिल्ने कुरा भइरहेको छ। समय छ।’

शशांकले जे भने पनि उनमा सभापति उम्मेदवार हुने तीव्र लालसा छ। कांग्रेस कोइरालाहरुको बपौती होइन भन्ने नेताले कोइरालाहरुबीच मिल्ने कुरा भइरहेको बताउनु यसैको संकेत हो।

शशांक कोइराला विराटनगरमा रहेको कोइरालाहरुको पुख्र्यौली भूमि भन्दा निकै पश्चिम, नवलपुरबाट दुई पटक संविधान सभामा र एक पटक संसदमा समेत गरी तीन पटक सांसद भइसकेका छन्। उनी मृदुभाषी छन्। नेत्र चिकित्सकका रुपमा उनले निकै ठूलो प्रतिष्ठा कमाएका हुन। तर, कांग्रेस सभापतिको आगामी चुनावमा उनी बिपी कोइरालाका कान्छा सुपुत्रका रुपमा चुनाव लड्ने छन्। उनको सबभन्दा ठूलो राजनीतिक सम्पत्ति भनेको यही हो। उनलाई बिपी कोइरालाले आफ्नो राजनीतिक उत्तराधिकारी घोषित नगरे पनि विरासतको ‘उत्तराधिकार’ उनकै नाममा रहेको छ। 

शशांक कोइरालाले आफ्नो र शेखर कोइराला बीचको प्रतिद्वन्द्वितामा रामचन्द्र ‘दाइ’ लाई देखाए पनि कांग्रेसभित्र अहिले कोरिन लागेको कुनै पक्षको नक्सामा पनि रामचन्द्र पौडेलको नाम देखा पर्दैन। अहिलेसम्मको स्थितिमा शेखर कोइरालाले मात्र कांग्रेस सभापतिको प्रत्यासीका रुपमा आफूलाई अघि सारेका छन्।

शेखरको उम्मेदवारी अंकगणितीय छ। उनी सभापतिमा चुनाव लड्दा ६८ वर्षका हुने छन्। त्यसपछिको चार वर्ष उनी कांग्रेसलाई एक पूर्ण आधुनिक राजनीतिक संगठनका रुपमा रुपान्तरित गर्ने छन्। त्यसपछि उनी राजनीतिबाट बाहिरिने छन्। तर, राजनीति शेखरले भनेजस्तो सोझो बाटोमा हिँड्दैन। 

सभापतिमा शेखरले चुनाव जिते भने त्यसपछिको संसदीय चुनावमा बहुमत ल्याउने उनको प्रयास हुने छ। त्यसमा सफल भए भने उनी स्वभावतः कांग्रेस संसदीय दलको नेता हुने छन्। त्यसपछि प्रधानमन्त्रीको रुपमा देश हाँक्ने जिम्मेवारी उनको काँधमा आउने छ। 

शेखरलाई थाह छ, राजनीतिको बाटो त्यति सजिलो छैन। कोइराला परिवारको सदस्य भए पनि आफूले बिपी वा गिरिजाबाबु, कसैको विरासत नधानेको कुरामा उनी स्पष्ट छन्। शेखरकी आमा नोना कोइराला नेपाली लोकतान्त्रिक आन्दोलनकी अग्रपंक्तिकी नेता हुन्। तर, पुरुषप्रधान समाजमा महिलाको योगदानको त्यति गणना हुँदैन। 

शेखरको पक्षमा जाने एउटा महत्वपूर्ण कुरा उनको अनुभव हो। विद्यार्थी जीवनमा उनी राजनीतिक गतिविधिमा लागे पनि उनले डाक्टरको पढाइ पूरा गरे। उनी कालाजारका विशेषज्ञ डाक्टर हुन्। पछि उनी चिकित्सा प्रशासनमा लागे। उनी धरानमा निर्मित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानका रजिष्ट्रार, रेक्टरदेखि उपकुलपतिसम्म भए। उनको व्यवस्थापनमा बिपी प्रतिष्ठानले निकै उन्नति गरेको थियो। 

शेखरलाई थाह छ, राजनीतिको बाटो त्यति सजिलो छैन। कोइराला परिवारको सदस्य भए पनि आफूले बिपी वा गिरिजाबाबु, कसैको विरासत नधानेको कुरामा उनी स्पष्ट छन्।

बिपी प्रतिष्ठानबाट बाहिरिएपछि उनी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सहयोगीका रुपमा राजनीतिमा प्रवेश गरेका हुन्। उनले माओवादीलाई शान्ति वार्तामा ल्याउने काममा प्रधानमन्त्री कोइरालालाई सल्लाह र सहयोग दुवै दिएका थिए। प्रधानमन्त्री कोइरालाका विश्वासपात्र सहयोगीका रुपमा उनको प्रभावकारिता निकै बढेको थियो। तर, शेखर कोइरालाले प्रधानमन्त्री कोइरालासँग आफ्ना लागि ‘राजनीतिक संरक्षण र सुरक्षा’ को माग कहिल्यै नगरेको जानिफकार सूत्रहरु बताउँछन्।

सामान्य हिसाबले हेर्दा दुई कोइराला भाइ आगामी महाधिवेशनमा आपसी प्रतिद्वन्द्वितामा ओर्लिने मनस्थितिमा छैनन्। एकले अर्कोलाई छाड्ने विश्वास दुवैमा देखिन्छ। कांग्रेसको आगामी महाधिवेशन सरल रेखामा हिँडने जस्तो देखिँदैन। आगामी फागुनसम्म कति समीकरण बन्लान् र कति भत्किएलान् भन्न सकिँदैन। अहिलेको राजनीतिक परिदृश्यमा नजर दौडाउने हो भने सभापति देउवा नै फेरि उठ्ने सम्भावना घट्दै गएको छ। के सन्देश दिन्छ अहिलेको परिस्थितिले, कांग्रेसको राजनीति त्यतै लहसिने छ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर नेपाल
वरिष्ठ पत्रकार नेपाल nepallive का नियमित स्तम्भकार हुन्।
लेखकबाट थप
नेकपामा चिनियाँ व्यवस्थापन
अध्यादेशमा अल्झिएका ओली
सरकारको हाउगुजी हो कोरोना?
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति मंगलबार, भदौ २, २०८३
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’ मंगलबार, भदौ २, २०८३
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय मंगलबार, भदौ २, २०८३
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्