• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

९१ औं वर्षमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल : बढ्दै सेवाग्राही, विस्तार हुँदै सेवा 

डा युवानिधी बसौला  बिहीबार, माघ १०, २०८१  ११:१३
1140x725

नेपालमा आधुनिक चिकित्साको सुरुवात भएसँगै सरकारी तवरबाट विभिन्न अस्पतालहरु खुल्ने क्रममा १९९० (सन् १९३३)मा डाइरेक्टर अफ मेडिकल सर्भिसेज अन्तर्गत हाल रोपवे टर्मिनल रहेको टेकुस्थित पाटीमा कलेरा अस्पताल स्थापना भएको हो। २०५३ साल माघ ११ गतेदेखि टेकु अस्पतालको नाम शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा परिणत भएको हो। हाल यो अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहने गरी १०० शैय्याको ट्रपिकल तथा सरुवा रोगहरुको रिफरल अस्पतालको रुपमा सञ्चालनमा रहेको छ।

यस अस्पताललाई प्राप्त मुख्य अभिभारा अनुसार नेपालमा भएका सरुवारोग र ट्रपिकल रोगहरुको केन्द्रिय अस्पतालको रुपमा उपचार गर्ने विशिष्टीकृत अस्पतालको रुपमा विकास गर्नु रहेको छ। कुनै समय ओझेलमा परेको यो अस्पताल समय समयमा हुने महामारी, महाब्याधीहरुमा राष्ट्रकै भरोसाको रुपमा रहेको छ। साथै टाइफाइड, मलेरिया, कालाजार, जापानिज इन्सेफलाइटिस, हैजा, भाइरल हेपाटाइटिस, इन्फुलएन्जा, टिटानस, रेबिज, सर्पदंश लगायतका समस्याहरुको उपचारमा यस अस्पतालको विशेष योगदान रहेको छ। 

बिगतमा कोभिड-१९ को माहाब्याधिमा यस अस्पतालले दिएको सेवा अति सह्रानीय नै छ। म आजको दिनमा यो सम्झन चाहन्छु कि नेपालमा कोभिड-१९ को महामारीको सुरुवातमा कोरोना संक्रमितको पहिलो बिरामीको उपचार गरेको कुरा यहाँ उपस्थित हुनुहुने सबैलाई अवगत नै छ। हामी भविश्यमा आउने जुनसुकै माहामारीको सामना गर्न समेत तयार छौं।

अस्पतालबाट २४ सय भन्दा बढी एचआईभी/एड्काका बिरामीहरुले नियमित लिइरहेका छन्। यो अस्पतालबाट उपलब्ध हुने यो विशिष्ट उपचार सेवा हो र नेपालको पहिलो एआरटी केन्द्र तथा नेपालको पहिलो एचआईभी बिरामीको उपचार गरिएको थियो। त्यस्तै काठमाडौं उपत्यकामा लगायत देशभरीबाट रिफर भइ आउने कुकुरको टोकाइलगायत अन्य जनावरको टोकाइका सयौं बिरामीहरुले दैनिक रुपमा २४ सै घण्टा यस अस्पतालबाट नि:शुल्क रेबिज बिरुद्धको खोप र इम्युनोग्लोबुलिन सेवा लिइरहेका कुरा जानकारी गराउन चाहन्छु। 

अस्पतालप्रति आमजनको भरोसा बढ्दो क्रममा देखिएको छ। पछिल्लो पाँच महिनामै बिरामीको संख्या ९३ हजार भन्दा बढी पुगेको छ। जबकी तीन वर्षअघिको तथ्यांक हेर्दा वर्षभरी सेवा लिनेको संख्या नै यति थियो। अहिले हामीले सेवालाई सहज, छरितो र विस्तार गर्नुको परिणामका रुपमा यसलाई लिएको छु।

भौतिक पूर्वाधार तथा जनशक्तिको अवस्था  

जनशक्तिको हिसाबले नेपाल सरकारको १६८ जना (जसमध्ये ६० रिक्त) र अस्पताल विकास समिति अन्तर्गत २६ जनाको दरबन्दी रहेकोमा समितितर्फ दरबन्दी रिक्त नरहेको तर नेपाल सरकारका विशेषगरी कार्यालय सहायकको दरबन्दी खाली रहेको र केही विशेषज्ञ चिकित्सक र नर्सिङ तथा पारामेडिक्स कर्मचारीहरुले दरबन्दी यस अस्पतालमा राखी अन्यत्र काजमा रहेको तथा केही चिकित्सकहरु अध्ययन बिदामा रहेको अवस्था छ भने हाल जम्मा २१८  जना कर्मचारीहरु कार्यरत रहेको देखिन्छ।

चिकित्सकमा १८ दरबन्दी रहेकोमा हालसम्म ३१ जना कार्यरत छन्। नर्सिङ जनशक्ति ५० दरबन्दी रहेकोमा ५४ जना कार्यरत रहेका छन्। पारामेडिक्स तथा अन्य प्राबिधिक जनशक्तिमा ३०जना रहेकोमा २७ जना कार्यरत छन्। प्रशासनिक कर्मचारी १२, सरसफाई तथा सुरक्षाकर्मीहरु  ८२ जना,  छात्रवृत्ति अन्तर्गत १३ जना  रहेकोमा ९ जना चिकित्सक तथा  ४ नर्सिङ रहेका छन्।  रिसर्च र अन्य कार्यक्रमतर्फ १३ जना छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नाममा करिब ७० रोपनी जग्गा रहेको देखिन्छ। उक्त जग्गामध्ये यो अस्पताल हाल १६ रोपनी जग्गामा सञ्चालित छ। २०७७/७८ मा ३०० शैय्याको केन्द्रीय सरुवा रोग अस्पतालको लागि एउटा भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढेको देखिन्छ र गत आर्थिक वर्षमा उक्त कार्य शहरी विकास तथा भवन निर्माण बिभागबाट टेन्डर प्रक्रिया भइ मूल्यांकन समेत भएर अन्तिम प्रक्रियामा रहेको थियो तर हाल आएर उक्त टेन्डर बहुवर्षीय ठेक्का प्रक्रिया स्वीकृत नभएर रद्द भएको अवस्था छ। साथै आगामी दिनहरुमा यस अस्पतालले शैक्षिक कार्यक्रमहरु र सरुवा रोग सम्बन्धि अनुसन्धान गर्ने योजना रहेको छ।

अस्पतालमा १०० बेडमा ६६ नि:शुल्क रहेका छन्। इमर्जेन्सी बेड २१, आईसीयु १०, आइसोलेसन १, जनरल बेड्स ४०, क्याबिन ८,  एचडीयु/स्पेशल वार्ड १६, साइलेन्स/टेटानस वार्ड ५ रहेका छन्। ओपीडी, आईपीडी एन्ड मेडिकल स्पेशिसयालिटी सर्विसेस, अर्थोपेडिक ओपीडी, पेडियाट्रिक सर्विसेज, डर्माटोलोजी एन्ड भेनेरोलोजी, ल्याप्रोसी सर्विसेज, एआरटी क्लिनिक,  डट्स एन्ड लेप्रोसी क्लिनिक,  इम्युनिजेसन क्लिनिकट एन्ड कोभिड- १९ भ्याक्सिन, ईपीएस सेवा,  सामाजिक सेवा युनिट एन्ड हेल्थ इन्स्योरेन्स सेवा, एन्टिरेबिज भ्याक्सिन सर्विसेज, ओसीएमसी सर्विस, फार्मेसी सेवा, ल्याब्रोटरी सेवा, हेमाटोलोजी, बायोकेमेस्ट्री, माइक्रोबाइलोजी, इम्युनोलोजी, भाइरल लोड, कोभिड १९ पीसीआर टेस्ट, रेडियोलोजी: एक्स-रे, युएसजी, सीटी स्क्यान, स्पेशल एक्स-रे सर्विस र ईसीजी रहेका छन्। 

सूचांकका आधारमा प्रमुख प्रतिफल/उपलब्धिहरु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउने धेरैजसो बिरामीहरुको सम्पूर्ण आधारभूत स्वास्थ्य सेवा र आकस्मिक सेवा नि:शुल्क गरिएको छ। अस्पतालमा गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न बिशिस्टीकृत अस्पतालको न्युनतम सेवा मापदण्ड  शुरु भएको छ, अस्पताल फार्मेसीको लागि ड्रग थेराप्युटिक समिति गठन गरिएको छ। 

बिरामीको सहजताका लागि अनलाइन टिकट र इलेक्ट्रोनिक हाजिरको ब्यबस्था गरिएको छ। जसले भीड ब्यबस्थापनको लागि टिकट काउन्टरमा टोकनको समेत ब्यबस्थापन गरेको छ। अस्पतालको टिकट काउन्टरमा भिडभाड कम गर्न  टिकट काउन्टर दुईबाट बढाएर ४ वटा बनाइको छ। 

सञ्चालन गरेको र उक्त काउन्टरहरु हिमालयन बैंकबाट सञ्चालन भएको साथै काउन्टरमा दुईटा डायनामिक क्युआर काउन्टरका साथै अस्पतालको फार्मेसीको नजिक बैंकको एटीएम सेवा सञ्चालन भएको छ। यसैगरी प्रयोगशालामा एलआईएस प्रणाली लागु गरेको छ। प्रयोगशालाको अनलाइन रिपोर्टिङ प्रणाली पनि  शुरु गरिएको छ। यसैगरी एक्स-रे फिल्मको खपत न्युन गर्न गत चैत्र महिनादेखि नै पिक्चर अचिभिङ एन्ड कम्युनिकेसन (प्याक) सिस्टम  लागु गरिएको छ। 

लैंगिक हिंसा ब्याबस्थापन कार्यक्रम (ओसीएमसी) २४ घण्टा सञ्चालन भएको, सामाजिक सेवा एकाई २४ घण्टा,  स्वास्थ्य बिमा काउन्टर २४ सै घण्टा स्ञचालमा छन्। नियमित रुपमा कोभिड-१९ को खोप सञ्चालन हुनुका साथै अस्पतालजन्य फोहोरमैलाको उचित ब्याबस्थापन, फोहोर पदार्थ बिक्री गरेर अस्पतालमा मासिक १२-१५ हजार आम्दानी गरेको र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको तालिमको साइटको रुपमा सञ्चालन भएको छ।

अस्पतालको फार्मेसी सेवा २४ घण्टा सञ्चालनमा छ। यस अस्पतालमा यल्लो फिभरको भ्याक्सिनलगायत बैदेशिक अध्ययन र काम गर्न जाँदा लगाउनुपर्ने अनिवार्य एडल्ट भ्याक्सिनहरुको उपलब्ध गराएको छ। गत फाल्गुण महिनाबाट यस अस्पतालको काउन्टर कलेक्सन हिमालयन बैंकसँग सम्झौता गरी सेवाको सुरुवात गरिएको छ। 

वर्षौंदेखि किनेको जेनेरेटर सञ्चालन नभएकोमा हाल सम्पूर्ण अस्पताल/प्रशासन भवनमा जोडेर सेवा सञ्चालन हुनुका साथै नागरिक बडापत्र र नेभिगेसन कि राखेको छ। ५ वर्षदेखि सफा नभएको खानेपानीको ट्यांकीहरु सम्पूर्ण सफा गरेको र पानी शुद्धिकरण गर्न नयाँ फिल्टर जडान गरेको, नर्सिङ तथा पारामेडिक्स कर्मचारीहरुको लागि सीपीडी, सीटीएस  तालिम कार्यक्रम सञ्चालन गरेको,  अस्पतालमा विभिन्न टेन्डरहरु खोलि आवश्यक स्वास्थ्य उपकरणहरु, सामाग्रीहरु तथा औषधिहरुको आपूर्ति गरिएको छ। 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ११:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो?
सम्बन्धित सामग्री
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
विपत्तिको पीडाले फिक्का बनाएको तीज तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहलपहल बढ्छ । टोल–टोलमा तीजका गीत घन्किन थाल्छन् । दिदीबहिनीहरू भेटघाट ग... शनिबार, भदौ २७, २०८३
बुवा : आफ्ना सपना थाती राख्ने नायक आमाको माया प्रायः शब्दमा सुनिन्छ, बुवाको माया भने जिम्मेवारीका रूपमा देखिन्छ । बिहान सबेरै उठेर काममा निस्कँदा होस् वा रात अबेरसम्म... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्