काठमाडौं – फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा नेपाल र म्यानमारको खेल जारी छ।
नेपाल र म्यानमारबीचको खेल २-२ को बराबरीमा छ।
खेलको छैठौं मिनेटमा नै म्यानमारले अग्रता बनायो। म्यानमारले फ्रि-किक प्राप्त गरेपछि म्याट नोइ खिनले फ्रि-किकमा सीधै गोल गरिन्।
तर ११ औं मिनेटमा नेपालले खेललाई १-१ को बराबरीमा पुर्यायो। सावित्रा भण्डारी ‘साम्बा’ ले एकल प्रतासमा अगाडि बढाएर दिएको सटिक पासमा सविताले पेनाल्टी बक्सबाट गोल गरिन्।
बराबरी गोल फर्काएर खेललाई रोमाञ्चक बनाएको नेपाल १६ औं मिनेटमा दोस्रो गोल बेहोर्यो।
तीन डिफेन्डरलाई जिल्लाउँदै मे टेट लुले गोल गरिन्। यो सँगै नेपाललाई म्यानमारले २-१ ले पछि पार्यो।
तर ४१ औं मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा साम्बाले डि बक्स भित्रबाट आकर्षक गोल गरिन्। यो सँगै २-२ को बराबरीमा छ।
म्यानमार र नेपाल दुवै फाइनलमा पुगिसकेका छन्। आजको नतिजाले लिग चरणको विजेता र उप विजेताको टुङ्गो लाग्नेछ। यसअघि नेपाल र म्यानमार दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदै फाइनलमा पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।