• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

धवलागिरिका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो

64x64
नेपाल लाइभ सोमबार, फागुन १२, २०८१  १०:३३
1140x725

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका-४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्दथ्यो।

“किनमेलाका लागि दरवाङ, मुदीको वडा र मुनाको गाउँपालिका कार्यालय पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था थियो,” वडा सदस्य समेत रहेका उनले भने “खच्चड, भरिया मार्फत दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानीका क्रममा महँगो शूल्क तिर्नुपर्ने र आकस्मिक अवस्थामा अस्पताल पुग्न हेलिकप्टर चार्टर गर्नुपर्ने समस्या सडक यातायातको सुविधासँगै हटेको छ।”

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगर, सिम्कोशका साथै चेचुङ र खिवाङ गाउँका बासिन्दा गाडी चढेर एक घण्टामै दरवाङ, मुदी र मुना पुग्न थालेका छन्। धौलागिरि आधार शिविर जाने पदमार्गको अन्तिम मानव वस्ती बगरमा गत हप्ता सडक पुगेको हो।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माणाधीन जलविद्युत आयोजनाको पहुँच मार्ग र सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत निर्माण भएको सडकबाट स्थानीयबासीहरुलाई सुविधा पुगेको बताए।

धवलागिरि गाउँपालिका-४ मा निर्माणाधिन ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत आयोजनाले मालिका गाउँपालिका-७ शिवरात्रीखोला देखि बगरसम्म १५ किलोमिटर पहुँचमार्ग निर्माण गरेका छन्।

“जलविद्युत आयोजनासँगै विकट गाउँबस्तिमा यातायात सुविधा भित्रिएको छ,” उनले भने, “सिमित सरकारी बजेटबाट अक्करे भिर, पहरा छिचोलेर सडक बनाउन बर्षौ लाग्ने थियो। जलविद्युत आयोजनाहरु भित्रिएसँगै सडक यातायातको पहुँच विस्तार छिटो भएको छ।”

हाइड्रो इम्पायर प्रा.लि. प्रर्वद्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत स्थानीयको माग अनुसार करिब दुई महिना डोजर परिचालन गरेर गत महिना नाउरादेखि चेचुङ जोड्ने पाँच किलोमिटर सडक निर्माण सम्पन्न गरेको थियो। चेचुवामा १९ घरधुरी रहेको छ।

उक्त आयोजनाले चेचुङको फेदी नाउरामा म्याग्दी नदीमाथि ३६ मिटर लामो बेलीब्रिज जडान गरेको छ। हाइड्रो भिलेज प्रर्वद्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनासँगको साझेदारीमा नाउरामा म्याग्दी नदीमाथी ३६ मिटर लामो बेलिब्रिज जडान गरेको अपर म्याग्दीको एकल लगानीमा सिम्कोस दोभान स्थित बाँध निर्माण स्थलमा अर्को बेलिब्रिज निर्माणको तयारी गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

यसअघि गत वर्ष म्याग्दी नदीमा निर्माणाधिन तीन वटा जलविद्युत आयोजनाहरुको लागत साझेदारीमा धवलागिरी गाउँपालिका–४ को लामोछहरा केङ्की देखि खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको थियो। खिवाङमा एक सय ८० घरपरिवारको बसोबास छ।

अपर म्याग्दी-१ जलविद्युत आयोजनाको बाँध निर्माण स्थलमा म्याग्दी र गुर्जाखोलामा ह्युम पाइप राखेपछि खिवाङ, नाउरा, चेचुङ, बगर, खाम्ला, खारा, बासबोट, छहरीका बासिन्दालाई हिउँदयाममा मुदीको वडा र गाउँपालिका कार्यालय पुग्न दुई घण्टा घुमाउरो सडक प्रयोग गर्नुपर्ने अथवा पैदलयात्रा गर्नुपर्ने समस्या हटेको वडा अध्यक्ष यामबहादुर घर्तिले बताए।

सडकमा जिप, ट्याक्टर, मोटरसाइकल चल्न थालेका छन्। धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी, गुर्जा, दरखोलामा तीन वटा जलविद्युत आयोजना निर्माण शुरु भएका र पाँच वटा निर्माणको तयारीमा रहेका मध्य धेरैजसोको निर्माण स्थल वडा नं. ४ को भूगोलमा पर्छ।

आइतबार धवलागिरि गाउँपालिका-४ बगर पुगेका म्याग्दी १(ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले निर्माण भएका सडकमा नियमित र सुरक्षित रुपमा यातायात सञ्चालनको ब्यवस्था मिलाउन जलविद्युत आयोजनाहरुसँग समन्वय गर्ने बताए।

उनले सडकको धुलोको समस्या समाधानका लागि जलविद्युत आयोजनाका प्रर्वद्धकहरुलाई निर्देशन दिए। दरवाङ-बिम-ताकम-मुना-ढोरपाटन र धवलागिरी गाउँपालिका-४ जोड्ने सडक अन्तर्गत मालिका गाउँपालिका-७ शिवरात्री खोलामा गण्डकी प्रदेश सरकारको लगानीमा २५ मिटर लामो मोटरेबल पुल निर्माण शुरु भएको उनले बताए।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन
सम्बन्धित सामग्री
अविरल वर्षाले देशभरका सडक प्रभावित, बीपी र अरनिको राजमार्गसहित दर्जनौँ सडक अवरुद्ध प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहान ६ बजेसम्म काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा... सोमबार, साउन २५, २०८३
डिप्लोमा इन्जिनियरहरूको छुट्टै परिषद् बन्दै डिप्लोमा इन्जिनियरिङ पेशालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने उद्देश्यले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् ऐन, २०८३’ को विधेयक तर्जु... बुधबार, साउन २०, २०८३
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन । सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा नि... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्