• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अध्यादेशमा अल्झिएका ओली

64x64
किशोर नेपाल आइतबार, वैशाख १४, २०७७  १८:२१
1140x725

गएको साता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मनमोहन अधिकारीको जयन्ती मनायो। बाँचुन्जेल कम्युनिस्टहरूले मनमोहनजीको राजनीतिक जीवन समाप्त गर्न कुनै कसर बाँकी राखेनन्। उहाँ अलिकति राष्ट्रिय आवश्यकताले, अलिकति अन्तर्राष्ट्रिय मान्यताले र सबैभन्दा धेरै नेपाली जनताको विश्वासले नेपालका राजनेता बन्नु भएको थियो।

क्रान्तिका बिपी, गणेशमानसिंह, पुष्पलाल, किशुनजी, मनमोहनजीलगायतका अविश्रान्त नायकहरु एकै लहरमा हुनु स्वाभाविक थियो। २०४६ को जन–आन्दोलनपछि सार्वजनिक भएका त्यस समयका प्रभावशाली नेता मदन भण्डारीले मनमोहनजीलाई अल्पमत सरकारको प्रधानमन्त्री बनाउन खोज्दा धेरैले 'मदन कामरेड नै हुनुपर्छ' भनेर पहेँला दाँत देखाएका थिए। तर, मदनका लागि पार्टीको नीति सर्वोपरि थियो। सरल, स्वार्थरहित र निष्ठावान् नेता मनमोहनजीलाई प्रधानमन्त्री बनाएर उनी ढुक्कसँग एमालेको महासचिव बनेका थिए।

हरेक वर्ष स्वर्गीय मनमोहनजीको प्रस्तर प्रतीमामा फूलमाला चढाएर नेताहरू साखुल्ले बन्ने गरेका छन्। मनमोहनजीको प्रतीमामा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले माला चढाए कि चढाएनन्, पुष्पकमल दाहाल प्रचण्डले लालसलाम भने कि भनेनन्? माधव नेपालले मुठ्ठी उठाएर अभिवादन गरे कि गरेनन्? झलनाथ खनालले प्रतीमा अगाडि शिर झुकाए कि झुकाएनन्? वामदेव गौतमले क्रान्तिकारी अभिवादन गरे कि गरेनन्? सामान्य मानिसको मनमा निकै खुल्दुली चलेको हुन्छ। स्वर्गवासी आत्माका लागि उसको प्रतीमामा कसले फूल चढायो र कसले माला? त्यसको अर्थ हुँदैन। अनन्तमा विलिन भैसकेको आत्माका लागि फूलको रंग र मालाको साइजले कुनै माने राख्दैन। 

विश्व इतिहासमा लोकप्रिय भनाइ छ– रोम जलिरहँदा त्यहाँको राजा निरो बाँसुरी बजाइ रहेको थियो।

ठिक त्यसैगरी, कोरोना महामारीबाट मुक्त जीवनका लागि शुरु गरिएको तालाबन्दीले अस्तव्यस्त भएको देश, भोकले बिलबिलाई रहेका जनता, पसिनाको मूल्य नपाएका मजदूर आलाप–विलाप गरिरहँदा यो गणतन्त्र नेपालका निरो- खड्गप्रसाद शर्मा ओली- अध्यादेशको खैंजडी बजाइरहेका थिए। पहिलो अध्यादेश- पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा चालीस प्रतिशत समर्थन भएपछि पार्टी फोड्न पाइने। दोश्रो अध्यादेश- संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षलाई बोलाउन नपर्ने।

जबसम्म जनताले चुनावमा जितेका नेतालाई मालिक भनिरहन्छ तबसम्म जति वटा क्रान्ति भएपनि देशको विकास हुन सक्दैन।

प्रत्यक्षतः संविधानको बर्खिलापमा ल्याइएका यी दुवै अध्यादेशको कुनै सिधा सम्बन्ध जनतासँग छैन। देशका जनता आफूले चुनेका नेता कज्याउने हैसियत राख्दैनन्। नेताले एकछत्र कज्याउँदै आएका छन् जनता। पार्टीको केन्द्रीय समितिमा संख्या पुगेपनि, नपुगे पनि दलहरू आफ्नै हिसाबले चलेका छन्। हिजोको एमाले दलकै कुरा गर्ने हो भने माओवादीसँग एकता नभएको भए एमाले पार्टी अहिलेसम्म पनि गठबन्धनको पार्टनरको खोजीमा रहेको हुन्थ्यो। त्यस्तो पार्टनर नपाएको अवस्थामा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेताका रूपमा प्रधानमन्त्री पदमा आसीन हुने मौका नपाउन पनि सक्थे।

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले कहिल्यै राज्यशक्तिको सम्मान गरेको देख्न-सुन्न पाइएन। मुखले जनताको नाम लिएपनि अधिकारको दुरुपयोग गर्ने उनको प्रवृत्ति कसैबाट लुकेको छैन। भुईंचालो, नाकाबन्दी र कोरोना- यी तीनवटै महामारीबाट फाइदा उठाउने अभिप्रायका साथ काम गरे प्रधानमन्त्री ओलीले। आफ्नो असीमित अधिकार देखाएर सोझा, सीधा जनतालाई वशमा राख्नु उनको ध्येय बनेको देखिन्छ। उनले आफ्नो गाउँमा उद्योग ग्राम र गगनचुम्बी घर बनाउनु भनेको आफूमा नीहित अधिकारको भद्दा प्रदर्शन गर्नु हो। 

Ncell 2
Ncell 2
nimb
nimb

खड्गप्रसाद ओलीको आचरणले उनको हैसियत देखाउँछ कि उनको मानसिकता गाउँको जिम्मावाल वा जिमदारको भन्दा बढी छैन। आफू जन्मेको गाउँमा आफ्नो जन्मोत्सव मनाउनु, खैरात बाँडनु, आफन्तहरूको मानमर्दन गर्नु– यो साधारण मानिसको स्वाभाविक प्रवृत्ति होइन। सक्नेलाई दबाउने र नसक्नेसँग दब्ने काँठे चरित्र काठमाडौं उपत्यकाको मौलिकता हो। दिव्य बाह्र वर्ष नख्खु जेलको हावापानी र खानाले उनको चरित्रमा जातिगत मौलिकता स्थापित गरेको छ।

प्रधानमन्त्री ओलीको पहिलो र दोस्रो दुवै राज्यकालमा भएका काण्डहरूले राजाको नेतृत्वमा चलेको निर्दलीय पञ्चायती शासन बिर्सायो। 

खड्गप्रसाद शर्मा ओली कुनै बेला आदर्शको बाटोमा हिँडेका कम्युनिस्ट गुरिल्ला थिए। अहिले उनी त्यो आदर्शको बाटोबाट चिप्लिइसकेका छन्। यो देशका नालायक नेतामा उनी एक्ला होइनन्। समयक्रममा उनी अहिले प्रतीक बनेका छन्। गणतान्त्रिक संविधान जारी भएपछि देशले क्रमशः चार जना प्रधानमन्त्री चुन्यो। सुशील कोइराला दिवंगत भइसके। अहिले उनका नाता–सम्बन्धी र समर्थकहरू सुशील कोइरालाको नाममा धर्मशाला बनाउन चन्दा संकलन गर्दैछन्। सुशील कोइराला आफनो घरबार र श्रीसम्पत्ति नभएका व्यक्ति थिएनन्। तर, प्रजातन्त्रका नाममा उनी आजीवन धर्मशालामा बसे। 

त्यसपछि प्रधानमन्त्री भएका खड्गप्रसाद शर्मा ओलीले जलमार्ग, थलमार्ग, वायुमार्ग, सुरुङमार्ग, धावनमार्ग, तुइनमार्ग, ग्यासमार्गलगायतका तमाम मार्गको नक्सा देखाए। एकै वर्षमा तुइनमार्ग विस्थापित गर्ने उनको योजना तुहिएपछि पनि उनले चेतेनन्। उनी जसको समर्थन पाएर सरकारको नेतृत्व गर्दै थिए, ती माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको टेको खुस्काइदिए। त्यसपछिका प्रधानमन्त्री अध्यक्ष प्रचण्ड आफै भए। 

प्रचण्ड आफैले त्यस्तो काम केही गरेनन्, जो एकपटक फेरि आफैले टेको लगाएर ओलीलाई दुई तिहाई बहुमतको प्रधानमन्त्री बनाए। पछिल्लो जन–विश्वास अनुसार, नेपालमा सबैभन्दा धनी पार्टी माओवादी हो र सर्वाधिक धनी नेता हुन् प्रचण्ड। यो गफ हो कि वास्तविकता? स्तम्भकारलाई थाह छैन। दुई तिहाई बहुमतबाट प्रधानमन्त्री बनेपछि खड्गप्रसाद शर्मा ओलीको आर्थिक लसपस फैलिएका कुरा खुलेका छन्। यो कुनै नौलो कुरा होइन। सरकारको नेतृत्वमा पुगेपछि कांग्रेसका नेताहरू कतिले खुलेआम दूध–भात खाए। एमालेका नेताहरू केहीले कम्बल ओढेर घिउ खाए। माओवादीका नेताले हाकाहाकी खसीको मासु र भात खाए। खाने खुवाउने यो प्रक्रिया सजिलै टुंगिन सक्दैन। जबसम्म जनताले चुनावमा जितेका नेतालाई मालिक भनिरहन्छ तबसम्म जति वटा क्रान्ति भएपनि देशको विकास हुन सक्दैन।

यो देश, हाम्रो देश, गज्जबकै छ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको राज्यकालमा देशमा अनेक आर्थिक अपचलन भए। कोरोना महामारी उपचारको प्रयोजनका लागि झिकाइएका सामग्रीमा समेत कमिसनको खेल चल्यो। प्रधानमन्त्री ओलीको पहिलो र दोस्रो दुवै राज्यकालमा भएका काण्डहरूले राजाको नेतृत्वमा चलेको निर्दलीय पञ्चायती शासन बिर्सायो। तर, राज्यशक्तिलाई हेपेर अपचलनका लागि अध्यादेश जारी गराउने साथ प्रधानमन्त्री ओलीको नुर गिर्‍यो। उनी सत्तामा रहलान् वा नरहलान्? यो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्णयमा भरपर्ने कुरा हो। पार्टीमा आफनो दबदबा कायम गरेर सबैलाई दबाएकै भरमा अघि बढने सुविधा प्रधानमन्त्री ओलीले गुमाइसकेका छन्। 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १८:२१
  • #kishore_nepal
  • #OLI_Sarkar

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर नेपाल
वरिष्ठ पत्रकार नेपाल nepallive का नियमित स्तम्भकार हुन्।
लेखकबाट थप
नेकपामा चिनियाँ व्यवस्थापन
अध्यादेशमा अल्झिएका ओली
सरकारको हाउगुजी हो कोरोना?
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
ट्रम्प प्रशासन इजरायललाई २.८ अर्ब डलरका हतियार दिने तयारीमा, ४० हजार भारी बम पनि समावेश बुधबार, भदौ ३१, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, भदौ ३१, २०८३
मन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द बुधबार, भदौ ३१, २०८३
बिहारका १५ जिल्लाका ५७५ पञ्चायत डुबानमा, यूपीमा २६ जिल्लामा बाढी बुधबार, भदौ ३१, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
प्रहरीलाई खबरै नगरी राति जुद्ध बारुण यन्त्रको कार्यालयमा किन पुगे गृहमन्त्री गुरुङ? मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्