• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेकपामा चिनियाँ व्यवस्थापन

64x64
किशोर नेपाल आइतबार, वैशाख २१, २०७७  १८:०५
1140x725

यो पटक नेपाल कम्युनिस्ट पार्टीभित्रको झगडा चरमोत्कर्षमा नपुगिकनै शान्त भयो। पहिलेपहिले राजनीतिक पार्टीका आन्तरिक झगडामा विदेशीहरुले चासो राख्दथे। यो पटक कुनैपनि विदेशीले त्यस्तो चासो राखेनन्। हो, नेपालका लागि चीनियाँ राजदूत महामहिम हाउ याङ्छीले चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेपाल कम्युनिस्ट पार्टीमा सल्किएको आगो निभाउन निकै मेहनत गरिन्। तर, उनले त्यसमा कुनै हस्तक्षेप गरिनन्।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र ‘अर्का’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर याङ्छीले कामरेड प्रचण्ड र कामरेड ओली फुटेको खण्डमा नेपाल कम्युनिस्ट पार्टी फुट्ने विचार स्पष्ट शब्दमा प्रकट भने गरिन्। उनले नेपाल कम्युनिस्ट पार्टीमा अब आइन्दा हुने कुनैपनि फुट चिनियाँ कम्युनिस्ट पार्टीका लागि असह्य हुने बताइन्। 

महामहिम याङ्छीका सुझावलाई शनिबार अपरान्ह बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ‘आत्मसात’ गरेको छ। अब याङछीको सुझावअनुसार नेपाल कम्युनिस्ट पार्टी र उसको नेतृत्वको सरकारमा कुनै गडबडी आउने छैन। वामदेव गौतम नाच्ने, माधव नेपाल ठुस्स पर्ने,  झलनाथ खनाल बिलखबन्दमा पर्ने, प्रचण्ड हाँसेर टार्ने र केपी शर्मा ओली ‘ए दूरका सितारा’ बोलको गीत गाउँदै दर्द मेटाउने काममा लागि सकेका छन्। नेपाली समाजका भिभिआइपी भनेर चिनिने नेताहरूको अरु कुनै काम बाँकी रहेको देखिएन।

महामहिम याङ्छीले समयमा नै आगो निभाउन मेहनत नगरेकी भए नेपाल कम्युनिस्ट पार्टी नामको संगठन खरानी भइसक्ने थियो। त्यो खरानीको थुप्रोमा कुन माले, कुन मसाले, कुन चौथो महाधिवेशन, कुन जनमोर्चा, कुन वैद्य माओवादी, कुन विप्लव माओवादी, कुन प्रचण्डको, कुन ओलीको, कुन माधवको, कुन वामदेवको, कुन झलनाथको भइसक्थे। कसलाई कता कता खोज्नु? खोज्दाखोज्दै साता बित्ने थियो। आपतै पर्ने थियो। 

अझ, स्वर्गीय नेताहरु सबैको नामोच्चारण मात्रै गर्दा पनि विज्ञप्तिको भाषा अनावश्यक हिसाबले लामो हुने संकट त छँदैछ। जे भए पनि, नेपाल कम्युनिस्ट पार्टीको जीवनमा केही आयो र केही बिलायो। आयो महामहिमको सुझाव, बिलायो हस्तक्षेपको आवाज। 

देशमा कम्युनिस्ट पार्टी एकताको दुन्दुभी बजेकोमा नेपालको प्रेस जगत र सामाजिक सञ्जाल दुवै गदगद भए।

विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा पहिलो जनआन्दोलनपछि पहिलोपटक प्रतिनिधिसभाको स्पष्ट बहुमतको आधारमा सरकार चलाउने जनादेश पाएको नेपाल कम्युनिस्ट पार्टी एकताबद्ध हुने भयो। अहिलेको परिस्थितिमा प्रतिनिधिसभामा सरकारको स्पष्ट बहुमत नरहेको भएपनि देशमा कम्युनिस्ट पार्टी एकताको दुन्दुभी बजेकोमा नेपालको प्रेस जगत र सामाजिक सञ्जाल दुवै गदगद भए। सबभन्दा खुशीको कुरो त नेपाली जनताले ढुक्क हुने अवसर पाए।

नेपाली शासन, प्रशासन र राजनीतिमा यस्ता झगडा हुँदा सँधै भारतको हात फोहोर देखिने गरिएको थियो। यसपटक जनताले त्यस्तो अनुभव गर्न पाएनन्। काठमाडौंका प्रबुद्ध जनताको मनमा रहेको कुराले बुर्कुसी मार्‍यो। सोचे, यसपटक भारतले किन नेपालका बारेमा आफना विचारहरू सन्दर्भमा पनि राख्न चाहेन? एक जना कुटनीतिज्ञसँग यो प्रश्न सोध्दा उनले जवाफ दिए– हो, हामीले केही बोल्न चाहेनौं। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल-भारत सम्बन्धलाई नजिकबाट नियालिरहेका एक जना अध्येतासँग प्रश्न गर्दा उनले बताए-  भारतले आफ्नो कुटनीतिलाई अहिलेसम्म ‘लाउड’राखेको थियो। अब त्यो ‘सफ्ट’ भएको छ। नेपालका घटनाहरुमा भारतले रुचि लिन छाडेको छैन, तर त्यसमा सक्रिय प्रतिक्रिया दिन चाहँदैन। 

अहिलेको भारतीय कुटनीति विस्तारै ‘म्याचुरिटी’ उन्मुख देखिएको छ। राजदूतावासमा रहेको राजदूतको कुर्सीमा बसेर कसले प्रतिनिधित्व गरेका छन्? त्यसमा पनि धेरै भर पर्दछ। नेपालका लागि भारतका अहिलेका राजदूत विनयमोहन क्वात्राले भारतीय कुटनीतिक सेवामा ३२ बर्ष बिताइसकेका छन्। उनले सेवाको बढी समय संयुक्त राष्ट्रसंघ र मानव अधिकारका क्षेत्रमा काम गरेर बिताएका छन्। क्वात्राको शान्त स्वभावका कारण अहिलेको परिवर्तन देखिएको हो कि, यो भारतीय कूटनीतिमा आएको परिवर्तन हो? यो अहिले नै भन्न सकिँदैन। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री ओलीको दोस्ती त जगजाहेर नै छ। बेलाबेलामा नेपालका कथित मानव अधिकारवादी नेताको जमात प्रचण्डको विरोधमा लागे पनि उनका भारतीय मित्रहरुको कमी छैन।

अहिले कोरोना महामारी नियन्त्रणमा ल्याउन भारत सरकारले आफ्नो पूरै शक्ति लगाएको छ। त्यसले गर्दा पनि, भारतले नेपालका नेताहरुको व्यक्तिगत र तुच्छ किसिमका आकांक्षा पूर्तिका लागि गरिने झगडामा हात नहालेको हुन सक्छ। यो पनि हुन सक्दछ- सत्तरी पचहत्तर वर्षदेखि नेपाली राजनीतिको ‘जायजा’ लिँदालिँदै भारतीय मित्रहरू थाकेका पनि होलान्। 

Xtrem

Xtrem

नेपालका कम्युनिस्ट नेता सबैसँग भारतका शीर्ष नेताहरुको आपसी सम्बन्ध छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री ओलीको दोस्ती त जगजाहेर नै छ। बेलाबेलामा नेपालका कथित मानव अधिकारवादी नेताको जमात प्रचण्डको विरोधमा लागे पनि उनका भारतीय मित्रहरुको कमी छैन। त्यसैले, यो पटक नेपाली नेताहरुको झगडामा भारतीय नेताहरुको उदासीन व्यवहारलाई स्वाभाविक रुपमा लिनु पर्दछ।

चीनका लागि, खास गरेर राजदूत याङछीका लागि, अहिलेको अनुभव भावी राजदूतहरुका लागि समेत उपयोगी हुने खालको रहेको हुनुपर्दछ। दुइ देशका बीच सम्बन्ध सुदृढ पार्दापार्दै दुई पार्टीबीच पनि सम्बन्ध सुदृढपार्ने अवसर हातमा आउनु कुटनीतिक सफलता नै हो। 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १८:०५
  • #किशोर_नेपाल
  • #नेकपा_राजनीति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर नेपाल
वरिष्ठ पत्रकार नेपाल nepallive का नियमित स्तम्भकार हुन्।
लेखकबाट थप
नेकपामा चिनियाँ व्यवस्थापन
अध्यादेशमा अल्झिएका ओली
सरकारको हाउगुजी हो कोरोना?
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने बुधबार, असोज १४, २०८३
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग बुधबार, असोज १४, २०८३
हिमलुङमा मृतकको संख्या बढ्दै, थप ३ शव फेला बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्