• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

भौतिक पूर्वाधारमन्त्री नेम्बाङका १०० दिनका ५५ उपलब्धि

64x64
नेपाल लाइभ शनिबार, फागुन १७, २०७६  १३:५०
1140x725

काठमाडौं- तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको काम सन्तोषजनक नभएको निष्कर्षसहित प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई मन्त्रिमण्डलबाट हटाए। उनलाई विस्थापित गर्दै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा आइपुगे पाँचथर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित वसन्तकुमार नेम्बाङ।

नेम्बाङले मंसिर ५ गते मन्त्रालयको जिम्मेवारी सम्हालेको थिए। मन्त्रालयको पदभार सम्हाल्दै उनले आफू काठमाडौं उपत्यकाको सडकको अवस्थाबारे जानकार रहेको बताएका थिए। त्यसैको फल स्वरुप मन्त्री नेम्बाङले १ सय दिन पुगेको अवसरमा सार्वजनिक गरिएको उपलब्धिमा उपत्यकाका सडकमा रहेका २४ हजार ३ सय वर्गमिटर अर्थात् ९ हजार ५ सय वटा खाल्डा–खुल्डी पुर्ने कार्य भएको बताएका छन्। 

यी लगायत मन्त्री नेम्बाङले मन्त्रालयको पदभार ग्रहण गरेपछिका १ सय दिनमा भएका ५५ काम यस्ता छन्: 
सडक यातायाततर्फ, काठमाडौं उपत्यकाभित्र भएका कार्यहरु 
१- काठमाडौं उपत्यकाको सडकहरु खाल्डा–खाल्डी र धुलोरहित बनाउने योजनामा प्राप्त भएका सफलता विशेष उपलब्धिपूर्ण रहेको छ। यस अवधिमा मात्र सडक विभागअन्तर्गत रहेका सडकहरुमा २४३०० वर्ग मिटर (९५००) वटा खाल्डा–खुल्डी पुर्ने कार्य भएको छ।

२- यसका साथै काठमाडौं उपत्यकाका करिब २७ किमि सडकमा कालोपत्रे कार्य (आवधिक मर्मतसमेत) सम्पन्न भएको छ। यस १०० दिनको कार्यकालको अधिकांश समय हिउँदको समय भएकाले चिसोको कारण उल्लेखनीय मात्रामा कालोपत्रेको कार्य हुन नसकेता पनि प्राप्त भएको प्रतिफलमा गौरव गर्न मिल्ने अवस्था छ। यस आवको अन्त्यसम्ममा काठमाडौं उपत्यकाका थप ८५ किमि सडकहरु कालोपत्रे गर्ने लक्ष्यसहित निर्माण कार्यअघि बढी रहेको छ। 

३- कोटेश्वर चोकमा वर्षौंदेखि हुँदै आएको ट्राफिक जाम व्यवस्थापनको लागि अल्पकालीन समाधानको रुपमा हालको सडकलाई चौडा गर्ने हेतुले थप सडक लेन निर्माण  भएसँगै यस कार्यको लागि दक्षिणतर्फको जग्गा प्राप्ति भइसकेका र उत्तरतर्फको जग्गा अधिग्रहणको प्रक्रिया चालू रहेको छ। साथै मनोहरा कोरिडोरको सडकलाई समेत प्रयोगमा ल्याई कोटेश्वर चोकमा आउने सवारीहरु बैकल्पिक मार्गको प्रयोग गरी डाइभर्ट गरिने योजना अनुरुप निर्माण कार्यअघि बढीसकेको छ।

४- काठमाडौं उपत्यकाको चक्रपथ अन्तर्गत ग्वार्को चोक, सातदोबाटो चोक र बल्खु चोकमा फ्लाई ओभर निर्माण गर्नको लागि डिपिआर तयारीको निम्ति परामर्शदाता छनोट कार्य भइरहेको छ। त्यसैगरी सूर्यविनायक–धुलिखेल सडक खण्डलाई विस्तार गर्न कोटेश्वर र जडिबुठटी चोकको ट्राफिक जामलाई दीर्घकालीन रुपमा समाधान गर्न फ्लाई आभर/अन्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय भइरहेको छ।

५- काठमाडौं उपत्यकाको चोकहरुमा ट्राफिक बत्ति जडान गरी सञ्चालनमा ल्याइएको छ। १७ वटा चोकहरुमा ट्राफिक बत्ति बल्न सुरु भइकाे छ, बाँकी ६ वटा चोकमा असार मिहनाभित्र मर्मत गरी सञ्चालनमा ल्याउने र दीर्घकालीन रुपमा चोकहरुमा ट्राफिक जाम व्यवस्थापन गर्नको निम्ति इन्टेलिजेन्ट ट्राफिक सिस्टम (आइएसटी) प्रविधि अपनाउनुपर्ने देखिएकाले सो कार्यको लागि परामर्शदाता छनोटको प्रक्रिया अघि बढाइएको छ। 

६- पैदलयात्रुहरुलाई सुरक्षित रुपमा बाटो कोट्नको लागि रिङरोडको बालकुमारी, सातदोबाटो र एकान्तकुनामा आकाशे पुल निर्माणको कार्य सम्पन्न भइसकेको र बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप आकाशे पुल निर्माणको डिजाइन सम्पन्न भइ ठेक्का व्यवस्थापन प्रक्रियामा रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

७- काठमाडौं उपत्का चक्रपथ विस्तारको दोस्रो खण्डको रुपमा कलंकी–महाराजगञ्ज खण्डको विस्तार कार्यको प्रारम्भिक कार्यहरु जस्तै रुख कटान, विजुली तथा दूरसञ्चारका पोलहरु स्थानान्तरण अन्तिम चरणमा रहेको र जग्गा प्राप्तिको प्रक्रियासमेत सुरु भइसकेको छ।

८- काठमाडौं उपत्यका चक्रपथको तिनकुने–एयरपोर्ट–तिलगंगा सडक खण्डलाई ८ लेनमा स्तरोन्नती गर्न बिपिआर तयार गर्ने कार्य सम्पन्न भइसकेको छ। 

९- काठमाडौं उपत्यकाको प्रमुख सडकहरुसँग जोडिएका शाखा सडक/एप्रोच रोडहरुको स्तरोन्नती गर्न आवश्यक देखिएकोले सो कार्यको लागि बजेट तथा ठेक्का व्यवस्थापन गरि निर्माण कार्यसमेत सुरु गरिएको छ। 

१०- उपत्काको सडकहरुलाई सुरक्षित तथा सौन्दरीकरण गर्ने हेतुले फुटपाथ निर्माण, रेलिङ निर्माण, जेब्रा मार्किङ तथा रङरोगन कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

राष्ट्रिय गौरवका आयोजना तर्फ: 
११- मध्यपहाडी राजमार्गअन्तर्गत यस अवधिभित्र १८ किमि सडक कालोपत्रे भएको र ६ वटा पुलको निर्माण सम्पन्न भएको छ। त्यसैगरी १६ वटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा ८ वटा पुल निर्माण भइरहेको छ।

१२- हुलाकी सडक योजना अन्तर्गत यस अवधिमा ४८ किमि सडक कालोपत्रे भएको र ५ वटा पुल निर्माण भएको छ। त्यसैगरी ५ वटा पुल निर्माण भइरहेको छ। 

१३- उत्तर दक्षिण राजमार्गहरु अन्तर्गत रहेको कालीगण्डकी कोरिडोरमा ३३ किमि ग्रावेल सम्पन्न भइ ५.६ किमि ट्र्‍याक खोल्न सफल भइएको छ भने कोशी कोरिडोरमा द्रूतगतिमा सडक स्तरोन्नतीको कार्य भइरहेको छ। 

१४- पुल निर्माणतर्फ यस अवधिमा स्थानीय सडकमा पर्ने र राजमार्गमा पर्ने पुलहरु गरी कुल ४० वटा निर्माण भएको तथ्यांकले सडक पुल निर्माणमा प्राप्त भएको सफलतालाई प्रकाश पार्दछ।

१५- गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक खण्डमा ७ किमि कालोपत्रे सम्पन्न गरी थप ६ किमि सडक ग्रावेल सम्पन्न भएको र उक्त सडकको मैलुङ–स्याफ्रुबेसी खण्डको १९ किमि ठेक्का व्यवस्थापन अन्तिम चरणमा रहेको छ।

१६- मदन भण्डारी राजमार्ग पूर्व झापाको बाहुनडाँगीदेखि पश्चिमको डडेलधुराको रुपालसम्म जोड्ने मदन भण्डारी राजमार्गमा यस अवधिमा थप २६ किमि सडक कालोपत्रे भइ ११ वटा पुल निर्माण सम्पन्न भएको छ। 

१७- भारतीय नाकादेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत ९.६ किमि सडक ४ लेनमा विस्तार भएको छ।

१८- देशभर सञ्चालनमा रहेका आयोजनाहरु, सडक पूर्वाधार विकास कार्यक्रम र तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत भएको निर्माण कार्यको समीक्षा गर्दा १०० दिनको अवधिभित्र कुल २ सय किमि कालोपत्रे सडक, १३० किमि थौवेल र ६९ किमि नयाँ ट्र्‍याक निर्माण भएको छ। 

१९- राष्ट्रिय राजमार्गहरुको नियमित, पटके, आवधिक तथा विशेष मर्मत कार्यलाई यस अवधिमा प्राथमिकताका साथ तीव्रता दिइएको छ। राष्ट्रिय राजमार्गलाई खाल्डा–खुल्डीरहित बनाउने कार्यमा निरन्तरता दिइने छ र यसमा उल्लेखनीय उपलब्धि भएको छ। 

२०- नागढुंगा नौबिसे सुरुङ मार्गको निर्माण ३ वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कार्य सुरु भएको छ र सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा पनि सुरुङ निर्माणको डिजाइन तयार भई ठेक्का व्यवस्थापनको तयारी कार्य भएको छ।

२१- यस अवधिमा सडक सुरक्षातर्फ विशेष प्राथमिकताका साथ सडक विभाग अन्तर्गतका सडकहरुमा २ किमि सडकमा जेब्राक्रसिङ लगायत रेड मार्किङको कार्य सम्पन्न गर्नका साथै ६१ किमि सडक किनारामा सेफ्टी व्यारियर निर्माण भएको छ। 

२२- यस मन्त्रालय अन्तर्गतको सडक विभागबाट सञ्चालित योजनाहरुको हालसम्म पुँजीगत खर्च 

यातायात व्यवस्थापनतर्फ:
१- जिपिएस प्रविधिको प्रयोग गरि सार्वजनिक सवारीसाधनहरुको जिपिएस भेइकल ट्राकिङ सिस्टम कार्यान्वयनका लागि अध्ययन सम्पन्न गरि कार्य अगाडि बढाइएको छ।

२- सवारी दुर्घटना न्यूनिकरण तथा यात्रुको सेवा सुविधाका लागि पहिलो पटक कपिलवस्तु जिल्ला, बुद्धभूमी नगरपालिका २ गोरुसिंगेमा यात्रु रिफ्रेसमेन्ट सेन्टर स्थापना गर्न डिपिआर तयार गरी खरिद प्रक्रिया सुरु भएको र दैलेखको आठबीस गाउँपालिका स्थित राकम (कर्णाली राजमार्ग)मा पनि ड्रइङ/डिजाइनको कार्य सम्पन्न भएको छ।

३- सरकारी स्तरबाट सवारी साधनको भार नियन्त्रण र सडक सुरक्षाका लागि चितवनको जुगेडी र सिन्धुलीको बर्दिवासमा तौलपुल स्थापना कार्य सुरु भइको छ। 

४- संघीय सवारी तथा याताायत व्यवस्था ऐनको मस्यौदा तयारी अन्तिम चरणमा रहेको छ।

५- सबै प्रदेश राजधानीमा सवारी साधनको फिटनेश परीक्षण केन्द्र स्थापना गर्ने सरकारको नीतिअनुसार हेटौंडामा सवारी परीक्षण कार्यालय स्थापना भइ कार्य सञ्चालनमा आएको छ। सवारी परीक्षण कार्यालय बुटवल स्थापनाको प्रक्रियामा रहेको र अन्य पाँच प्रदेशमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी स्वीकृतिको क्रममा छ। 

६- सहज रुपमा स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण गर्न यस अवधिमा मास प्रिन्टर जडान गरी करिब २ लाख स्मार्ट कार्ड प्रिन्ट गरी विरतण गरिएको छ। यस अवधिमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशभित्रका सबै सेवाग्राहीलाई लाइसेन्स वितरण भई ब्याकलग बाँकी नरहेको। 

रेल यातायाततर्फ
१- यस अवधिमा निजगढ (चोचा) बर्दिवास रेजमार्ग अण्डमा थप २ किमि ट्राकबेड निर्माण भएको तथा थपप ४ वटा पुलको फाउण्डेसन निर्माण कार्य सम्पन्न भएको छ।

२- वन डिभिजन तथा वन विभाग मार्फत वन क्षेत्र प्रयोग गर्ने तथा रुखहरु हटाउने कार्यका लागि विवरण तयार गरी वन मन्त्रालयमा पेश गरिएको छ।

३- पूर्वपश्चिम विद्युतीय रेलमार्गको बैकल्पिक खण्ड निजगढ भरतपुर रेलमार्ग खण्डको डिपिआर तयार गर्न सम्झौता भइ कार्य सुरु भइको छ। नरायाणगोपाल चोक–रत्नपार्क–सातदोबाटो चोकको मेट्रोरेलको डिपिआर तयारी कार्य सुरु भएको छ।

४- काकरभिट्टा इनरुवा रेलमार्ग खण्डको बहुवर्षिय ठेक्का व्यवस्थापनको कार्य अगाडि बढाइएको छ।

५- रसुवागढी काठमाडौं खण्डको विस्तृत अध्ययनको लागि चीन सरकारसँग सम्झौताको प्रक्रिया अगाडि बढेको छ।

६- वीरगञ्ज काठमाडौं रेजमार्ग खण्डको वितृत अध्ययन कार्यको लागि भारत सरकारबाट बजेटसमेत विनियोजन भएको छ। 

७- जयनगर जनकपुर रेल सेवा सञ्चालनका लागि खरिद गरिएका २ वटा रेलसेट मध्ये १ वटा भारतको चेन्नइमा निर्माण सम्पन्न भइ अन्तिम इक्स्पेक्सन भएको छ भने अर्को १ सेट समेत निर्माण सम्पन्न हुने चरणमा रहेको छ। साथै निर्माण सम्पन्न भएको रेलसेट प्राप्त हुने अन्तिम चरणमा रहेको छ। रेलसेवा सञ्चालनको लागि दक्ष जनशक्ति व्यवस्थापनको कार्यसमेत सुरु भएको छ। 

८- रेल्वे सम्बन्धी विधेयक संसदमा पेश भएको छ। 

९- रेल सेवा सञ्चालनका लागि नेपाल सरकारबाट २६ जना विदेशी कामदार तथा २ सय जना नेपाली कामदार गरि २ सय २६ जना कामदार नियुक्ति प्रक्रिया सुरु भएको छ।

१०- जोगवनी विराटनगर खण्डमा विराटनगर रेल स्टेशनको लागि लामो समयदेखि जग्गा प्राप्तिमा देखिएको समस्या निराकरण भइ जग्गा प्राप्ति भएको छ। 

११- यस मन्त्रालय अन्तर्गको रेल विभागबाट सञ्चालित योजनाहश्रकाृ हासम्म पुँजीगत खर्च २३.७८ प्रतिशत रहेको छ।

जल यातायाततर्फ:
१- जानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०७६ को मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयहरुमा रायका लागि पठाइएको छ।

२- कालीगण्डकी नदीमा पानी जहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने कार्यको लागि आशय पत्र माग गरी इच्छुक फर्म/कम्पनी छनौट गरी प्रस्ताव माग गरिएको छ।

३- हाल तयार भइ पेश भएको मस्यौदा विधेयकअनुसार नयाँ नियमावलीहरु बनाउने कार्य सुरु हुने अवस्था रहेको छ।

नीतिगत तर्फ: 
१- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलको संगठन–व्यवस्थापन रिपोर्ट (ओएन्डएम) सामान्य प्रशासन मन्त्रालयमा पेश भएको।

२- अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सहकार्य गरी यस आवको एलएमबिआइएसमा भएका योजनाहरुको मध्ये हरेक निर्वाचन क्षेत्रमा थ्प १० करोड बजेट व्यवस्थापन गरिने छ। साथै आगामी आव २०७७/७८ मा हरेक निर्वाचन क्षेत्रमा एउटा रणनैतिक सडक रहने गरि ती सडक निर्माणको लागि तयारी भइरहेको छ।

३- लामो समयसम्म रुग्ण रहेको ठेक्काहरुको व्यवस्थापन गर्नको निम्ति सार्वजनिक खरिद नियमावली २०६४ मा नवौं संशोधन भएपश्चात करिब १५ सय वटा ठेक्काको म्याद थप गर्ने कार्य टुंग्याइएको छ। यसले गर्दा निर्माण कार्य रोकिएका ठेक्काहरुमा पुनः निर्माण कार्य सुरु भइ रुग्ण ठेक्काहरु थपिएको म्यादभित्रै सम्पन्न हुने अपेक्षा गरिएको छ।

४- १५ औं योजनाको आधारपत्रको लागि मन्त्रालयको तर्फबाट आवश्यक तयारीको कार्य सम्पन्न भएको छ।

५- एमटिइएफ (मध्यकालिन खर्च संरचना) सम्बन्धी कार्य अन्तिम चरणमा पुगेको छ। 

६- परियोजना बैंक तयारी अन्तिम चरणमा पुगेको छ।

७- राष्ट्रिय यातायात नीति परिमार्जनको कार्य अन्तिम चरणमा रहेको छ।

८- सडक सुरक्षा विधेयक परिमार्जनको अन्तिम तयारी भइसकेको छ।

९- सार्वजनिक सडक ऐन संशोधनको कार्य भइरहेको छ।

१०- इन्जिनियरिङपरिषद ऐन संशोधन संसदमा विचाराधिन रहेको छ।

११- इन्जिनियरिङ अध्ययन प्रतिष्ठान गठन गर्ने सम्बन्धी विधेयक अघि बढेको छ।

१२- सार्वजनिक (उपत्यका) यातायात ऐन संसदमा विचाराधिन रहेको छ।

१३ नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड गठन भइ प्रमुख कार्यकारी अधिकृत नियुक्त र कार्यालय स्थापना हुने कार्य अन्तिम चरणमा रहेको छ। 
समग्रमा हालसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत कुल २२.८८ प्रतिशत पुँजीगततर्फको वित्तीय प्रगति रहेको छ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाडोमा विद्युत् अभाव हुन नदिन अहिलेदेखि तयारी गर्दैछौँ : ऊर्जामन्त्री
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?
२७ औं दिनसम्म पनि घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या !
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
जाडोमा विद्युत् अभाव हुन नदिन अहिलेदेखि तयारी गर्दैछौँ : ऊर्जामन्त्री सोमबार, असोज ५, २०८३
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ? सोमबार, असोज ५, २०८३
२७ औं दिनसम्म पनि घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ! सोमबार, असोज ५, २०८३
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्