इटहरी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार भ्रष्ट्राचारमा लिप्त भएको आरोप लगाएका छन्। भ्रष्टाचारको खबरदारी गर्ने संवैधानिक अंगमा पार्टीका कार्यकर्ता नियुक्ति गर्ने र मन्त्रिपरिषद्का निर्णयबाट भ्रष्टाचारको छानबिन छल्न खोजिएको उनको आराेप छ।
मिडिया नेपाल प्रदेश १ ले शुक्रबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारका पछिल्ला गतिविधिले हिन्दुराज्य र राजसंस्थाको मार्ग प्रशस्त गर्न थालेको बताए। धर्म निरपेक्षताको नाममा धर्म परिवर्तन गर्ने खेल बढेको उनकाे भनाइ छ।
आफ्नो पार्टीले हिन्दुराज्य र राजसंस्थाको एजेन्डा बोक्दा लज्जास्पद हार बेहोर्नु परेको स्मरण गर्दै उनले आफ्नै कमिकमजोरीको कारण निर्वाचनमा पराजित भएको स्पष्ट पारे। पार्टी विभाजनका बारेमा बोल्दै उनले पूर्वमन्त्री रामकुमार सुब्बाले पैसा लिएर संविधान संशाेधनको पक्षमा लागेको र पार्टी विभाजन गरेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।