• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कथा : छोरी मेरी

64x64
नेपाल लाइभ शुक्रबार, चैत २३, २०७४  ००:३०
1140x725

‘ममता, छोरी मेरी पनि हो। मैले पनि माया गर्न पाउनुपर्छ।’ निमेषले एक दिन फोनमा भनेको थियो। 

चुपचाप फोन राखेँ।

सम्झन मन लाग्दैन। उसको सम्झनाले मेरो अँध्यारो विगत ताजा बनाइदिन्छ। खहरे झैं उर्लिन्छ मन, थाम्न गाह्रो पार्छ। मन भत्भती पोल्छ। 

कस्तो अचम्म, आफ्नै विगतले आफैंलाई जलाउने’ त्यसैले चुपचाप बिर्सिदिन्छु। 

मन बुझाउँछु, त्यही विगतले जिउने शक्ति दिएको छ। संघर्ष गर्ने साहस र सहन सक्ने क्षमता पनि। 

सम्झन मन नलाग्ने निमेषको याद हराएको छैन। मनको कुनै कुनामा गाँठो परेर बसेको हुनुपर्छ। त्यसैले त कुरा गर्नासाथ टाउको तिलमिलाउँछ। मन पोल्छ। 

मेरो चञ्चल मनलाई आगो लगाएर हराएको उसको नराम्रो होस् भन्ने चाहना कहिल्यै भएन। निमेषसँगकै सहकार्यबाट हो, मैले सृष्टि पाएकी। मेरो मुटुको ढुकढुकी!

सृष्टिबिनाको जीवन म कल्पना गर्न पनि सक्दिनँ।  ऊ मेरो काखमा खेलिरहेकी छे। 

Ncell 2
Ncell 2
nimb
nimb

पाँच वर्षकी भई छोरी। 

निमेषको फोनले मलाई पाँच वर्ष अघिको कठिन क्षणको याद दिलायो। छोरीलाई अर्को कोठामा पठाएँ र नचाहेको विगत सम्झिएँ। 

मान्छे बालापन सम्झिएर हाँस्छन्। रोमाञ्चित हुन्छन् र त्यसकै कल्पनामा हराउन चाहन्छन्। तर, मेरो विगत, किशोरावस्था सम्झनलायक बनाउन सकिनँ। बिर्सन पनि सक्दिनँ। 

कस्तो कठोर समय! सृष्टिलाई जन्माउन मैले परिवारदेखि समाजसँग गर्नुपरेको संघर्ष!

Xtrem

Xtrem

हुन त त्यही चञ्चले मन र त्यो कठोरता हुन्थेन भने अहिले सृष्टि मेरो साथमा हुने थिइन। 

आफ्नैभन्दा बढी माया लाग्छ। उसको आँखामा मेरो भविष्य देख्छु। उसको चाहनामा मेरो रहर पूरा गर्न सिकेकी छु। त्यसैले बाँच्ने साहस बढेको छ।

‘यो त मन बुझाउने बाटो मात्र हो। सृष्टिको साथले विगतको दुःख बिर्सन सक्छु, तर निमेषले दिएको धोकालाई कसरी बिर्सनु?’ अर्को मनले भन्छ। 

त्यसबेला निमेषले साथ दिएको भए!

मन भक्कानिन्छ। तर, अब कसैको आस गर्नेवाला छैन। एक्लै बाँच्न सिकेकी छु। कष्टका दिनहरुमा पनि सुखले हुर्काउँदै छु सृष्टिलाई।

सृष्टि जन्मिएपछि कमजोर बनेर कहिल्यै रोएकी छैन। तर, आज निमेषको फोन आएपछि डाँको छोडेर रुन मन लागेको छ। चिच्याउँदै यो समाजलाई भन्न मन छ, ‘छोरी मेरी हो। मात्र मेरी।’ 

केहीबेर आँसु झारेपछि मन हलुका भए झैं लाग्यो। ऐनाको अगाडि बसेँ। अनुहार नियालेँ। एक पटक कपाल मिलाएँ। वर्षौंपछि देखे झैं धेरैबेर हेरिरहेँ ऐनामा आफ्नै अनुहार। 

त्यही ऐनामा विगत बग्न थाल्यो। 

आइए पढ्दै गर्दा निमेषसँगको सम्बन्ध! त्यो समय साह्रै उल्लासमय थियो। मात्र सपना हुन्थे, रहर हुन्थ्यो। 

किशोरावस्था, जिन्दगी बुझेकै थिइनँ। दुःख होइन, अभाव थियो। कहिले रहरको त कहिले लहडको।

हाम्रो रहर र लहडको बीचमा ‘सृष्टि’ आउने भई। निमेष हरायो। मेरो गर्भ रहेको थाहा पाएपछि हराएको निमेष करिब ६ वर्षपछि सम्पर्कका आयो, छोरी दाबी गर्दै। 

सृष्टि उसकी पनि छोरी हो रे! मनमनमै अट्टहास छायो।  

के सम्झन्छ हँ निमेशले आफूलाई? ६ वर्षसम्म नचाहिएकी छोरी अहिले उसकी हो रे। छोरी जन्माएर हुर्काउँदा कस्तो हुन्छ, उसलाई केही थाहा छैन। तर, पाँच वर्षकी भएपछि छोरी चाहियो रे। 

सृष्टि जन्मिएपछि नै मैले बिए र एमए पास गरेँ। त्यसबेलाको दुःख सम्झँदा अहिले पनि अत्यास लाग्छ। सृष्टिको लालनपालन, मेरो पढाइ, समाजले गरेको हेला र परिवारले गरेको बेवास्ता। तर, मैले कहिल्यै हार्नुपरेन, किनकि छोरी मेरो साथमा थिई। 

निमेषले आज फेरि फोन गर्‍यो। मलाई भेट्ने रे। 

मैले भनिदिएँ, ‘भेट्नुपर्ने खास कामै छैन। त्यसमाथि अफिसको कामले भ्याइनभ्याई छ।’ यस्तै भनेर टारेँ। 

हाम्रो सम्बन्धको कारण ऊ परिवार र समाजसँग डराएर भागेको थियो। मेरो छोरीको ‘कायर’ पिता।

कौसीमा बसेर इन्टरनेट चलाउँदै थिएँ। सृष्टि टिभी हेर्नमै मस्त थिई।

गेटको घन्टी बज्यो। गेट खोलेँ। कताकता परिचित अनुहार मेरो अगाडि थियो। ठ्याक्कै ठम्याउन हम्मेहम्मे पर्‍यो। ठूलो, मोटो ज्यान, कुलुक्क परेको अनुहार। 

उसलाई देख्नासाथ जिउ सिरिंग भयो। मुटु बेस्मारी उफ्रियो। एकछिन त केही बोल्नै सकिनँ। बिस्तारै सोधेँ, ‘तिमी निमेष होइन?’

‘हो’, उसले मुसुक्क हाँस्दै भन्यो।

‘किन आएको त?’ मैले गेटभित्रैबाट भने। 

‘किन? आउनु हुँदैन र?’ 

‘हुँदैन भनेकै छैन। तर, किन आएको भनेर सोधेको।’ अलि रुखो देखिएँ। मनभित्रै आगो बलेजसरी भयो। जिउमा कामज्वरो छुटे झैं भयो। अनुहार पनि रापिलो भयो। 

मलाई हेर्दै चुपचाप भित्र छिर्‍यो। उसलाई कोठामा नलगी बगैंचामा लगेँ। 

फेरि सोधेँ, ‘किन आएको यहाँ?’

उसले कुरा छल्दै भन्यो, ‘यो कसको घर हो?’

‘मेरो घर। किन र?’

‘साह्रै राम्रो रै’छ, त्यसैले।’

‘हाम्रो परिवार पनि राम्रो छ।’ मेरो जवाफले ऊ झस्कियो। 

‘छोरी र म। हामी सुखी छौं।’ मुस्कुराउँदै भनेँ। 

‘कसकी छोरी?’ भुइँमा हेर्दै सोध्यो।

ऊ चाहन्थ्यो होला, हाम्री छोरी भनोस्। तर, म चाहन्नथेँ। भनेँ, ‘मेरी छोरी’।

‘छोरीसँग भेट गराउँदिनौ?’  

गर्भ रहेको थाहा पाएको दिन निमेषले भनेको सम्झिएँ। गर्भपतन गराउन पटकपटक दिएको दबाव सम्झिएँ। मैले उपेक्षापूर्वक भनेँ, ‘यो उसको कार्टुन हेर्ने समय हो।’ 

खिस्स हाँस्दै भन्यो, ‘आफू त रुटिनमा चल्थ्यौ, छोरीलाई पनि त्यही बानी लगायौ?’ 

‘होमवर्क सकेपछि कार्टुन हेर्छे’, यति भनेँ।

समय चुपचाप भयो। निमेषले म नजिकै सर्दै भन्यो, ‘खानदानी परम्परा र आफ्नो पढाइका कारण छोरी स्वीकार गर्न सकिनँ। तर, अब हामी सँगै बस्नुपर्छ।’ 

‘तिमीले भने झैं हामीले गर्भपतन गराएको भए? छोरी हाम्री हुन्थी? धर्तीमा टेक्नु अगावै मनमनमै छोरीको हत्या गरिसकेका छौ। यदि तिम्रै जसरी म पनि ६ वर्षपछि आएर हामी सँगै बसौं भनेको भए तिम्रो खानदानले स्वीकार गर्थ्यो?’ बोल्दाबोल्दै कामेछु।

ऊ चुपचाप उठेर गयो।  

करिब तीन महिना बितिसकेको थियो।

छोरीको परीक्षापछि केही दिनका लागि अफिसबाट बिदा लिएर बसेकी थिएँ। त्यसैबेला अन्य दुई जनासहित निमेषले फेरि मेरो घरको गेटमा घन्टी बजायो। 

छोरी साथीहरुसँग बगैँचामा खेलिरहेकी थिई। उनीहरुलाई हतारहतार कोठाभित्र लगेँ। 

‘फेरि किन आएको?’

‘छोरीलाई भेट्न।’

‘चाहन्छौ भने भेटाउँछु। तर, मलाई जस्तो फेरि छोरीलाई दुःख लाग्ने कुरा गर्‍यौ भने सह्य हुने छैन। म आफ्नो आँसु दबाउन सक्छु, तर छोरीको आँखा रसायो मात्र भने पनि ... ...’ बोल्दै गर्दा बीचैमा रोकेर उसले भन्यो, ‘छोरी मेरी पनि हो। ऊप्रति जति अधिकार तिम्रो छ, त्यति नै छ मेरो पनि।’ 

निमेषले छोरीप्रति आफ्नो माया, स्नेहभन्दा पनि अधिकारको कुरा गरेको सुनेर  धिक्कार लाग्यो। चुपचाप फर्किएको ऊ पुनः आउँदा छोरीको मायाले तान्यो होला जस्तो लागेको थियो। तर, होइन रहेछ। माया के हो, उसले अझै बुझेको रहेनछ। 

म भित्रभित्रै पिरो भएर बसेँ। छोरीलाई १० महिनासम्म गर्भमा बोकेर जन्माउने म, हुर्काउने म, बच्चा जन्माएकै कारण समाजको अवहेलना खेप्नुपर्ने मैले। मेरो अनुहारमा कलंकको दाग छ्यापिने, सामाजिक बहिस्कार मैले भोग्नुपर्ने। अनि छोरीमाथि बराबर हकदार भएको दाबी गर्ने?

‘म छोरीका खुसीको लागि जे पनि गर्न सक्छु, तर तिम्रो चाहनामा होइन’, मेरो स्वर अलि ठूलो भएछ क्यार, तीनै जनाले एकोहोरो हेरिरहे। 

छोरी आफ्नी हो भन्दै दाबी गरेको सुनेर उसको कठालोमा समातेर बाहिर निकाल्न मन लाग्यो। तर केही गरिनँ। सोचेँ, घरमा आएको पाहुना हो। 

पिपलबोटमुनिकी कान्छीलाई। खुला आकाशमुनि पिपलको फेदमा बस्ने कान्छीले पाँच जना छोरा–छोरी जन्माएकी थिई। क्याम्पस जाँदा–आउँदा हामी खिस्याउँदै भन्थ्यौ, ‘एक्लै यत्रा छोराछोरी जन्माउने कान्छी शक्तिशाली छ।’ 

उसका ती छोराछोरीलाई कोही दाबी गर्न आएनन्। 

मैले निमेषलाई प्रस्ट भनेँ, ‘तिमीले यो छोरी आफ्नी हो भनेर दाबी गर्दै छौ? एक थोपा वीर्यकै आधारमा यो छोरी तिम्री हुन्छे भने बैंसको आवेगमा शहरका होटल–होटलमा चुहाएको वीर्यबाट जन्मिएका सन्तानहरु खोज, जो अहिले पनि गल्ली गल्लीमा हात थाप्दै हिँडेका छन्। खान नपाएर भोकभोकै सडक पेटीमा सुतिरहेका छन्। पैसासँगै अनुहार फेरेर बैंस बिछ्याउँदा हरेक कुरा बिर्सियौ, अहिले सन्तानको चाहना भयो?’ 

म बोल्दै थिएँ। छोरी ‘मामु’ भन्दै फुत्त कोठामा आइपुगी।

छोरीलाई देखेपछि निमेषले हँसिलो अनुहार लगाएर बोलायो। छोरीले सोधी, ‘माम्मु, उहाँ तो हो?’ 

म बोल्न नपाउँदै निमेषले भन्यो, ‘नानु, म तिम्रो बाबा।’ 

झोलाभरि ल्याएको सामान निकाल्दै भन्यो, ‘हेर, मैले तिमीलाई कति धेरै खेल्ने कुरा ल्याएको छु। अनि कपडा पनि।’ 

खेल्ने कुरा देखेपछि छोरी उत्साहित हुँदै गई। म चुपचाप थिएँ। निमेषले फकाउन थाल्यो। ‘म तिम्रो बाबु हुँ’ भन्ने कुरा पटक–पटक दोहोर्‍यायो। तर, छोरी उसको कुराको वास्ता नगरी खेल्ने कुरामा रमाई। हातभरि खेल्ने कुरा लिएर काखमा बस्न आई।  

काखबाट छोरीलाई तान्दै उसले भन्यो, ‘नानु, म तिम्रो बाबा।’ 

उसले धेरैबेर मेरो मुखमा हेरिरही। अवाक् थिएँ, केही बोल्न सकिरहेकी थिइनँ। ऊ पनि चुपचाप मेरो छातीमा टाँसिएर बसिरहेकी थिई। 
निमेषले फेरि भन्यो, ‘नानु, म तिम्रो बाबा।’ 

‘होइन, मेलो बाबा पनि मामु नै हो। मेलो अलु बाबा छैन’, तोते बोल्ने छोरीले मलाई हेर्दै भनी र अँगालो मारी। 

मेरो जिउने आधार नै छोरी हो। म एक्ली अविवाहित किशोरी आमा, उसलाई बुबाको महसुस नहोस् भनेर प्रयत्नरत रहन्थेँ। तर, कहिल्यै म नै तेरो बुबा पनि हो भनेर भनिनँ। 

साथीको बाबु र आमालाई सँगै देख्दा कहिलेकाहीँ छोरीले सोध्ने गर्थी,  ‘मामु, मेलो बाबा कहाँ हुनुहुन्छ?’ त्यसबेला मसँग शब्द हुँदैनथ्यो। 

सृष्टिलाई अहिले नै सम्पूर्ण कुरा भन्न सक्दिनथेँ। पाँच वर्षकी छोरीलाई यी सबै कुरा भन्नुको अर्थ पनि हुँदैनथ्यो। छोरी बुझ्ने भएपछि यथार्थ भन्न तयार थिएँ। तर, मैले मुखले नबोले पनि छोरीले मनको कुरा बुझेकी रहिछ। छोरीले मेरो गाला मुसार्न थाली। 

मेरा आँखा निमेषमाथि थिए। चुपचाप आँसु पुछ्दै उठ्यो। मूल ढोकासम्म पुग्दा पनि हामीलाई नै हेरिरह्यो। 

[email protected]

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०७४  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्