काठमाडौं– बिहीबार सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि मतगणना सुरु भएको छ ।
सुरुवातमा काठमाडौं क्षेत्र नम्बर ३ बाट मतगणना सुरु भएको हो । अन्य क्षेत्रहरुमा पनि साढे ११ बजेदेखि मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं ३ मा बिहीबार मतदान सम्पन्न भएसँगै बसेको सर्वदलीय बैठकपछि १०ः३५ बाट मतगणना अघि बढाएको हो ।
काठमाडौँ क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु भएको छ । काठमाडौँ–३ को मतगणना गोकर्णश्वर नगरपालिका वडा नम्बर १ को मतपेटिकाबाट सुरु गरिएको उनको भनाई छ ।
यहाँ नेपाली कांग्रेसबाट रमेश अर्याल,नेकपा एमालेबाट रामेश्वर फुयाल,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निरज लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजु नाथ पाण्डे र उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङलगायत उम्मेदवार चुनावी मैदानमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।