• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अन्त:शुल्क स्टिकर खरिद विवादका ५ महिना : मिराजलाई हात लाग्यो शून्य

यस्तो थियो 'ट्रयाक टु' तयारी
64x64
नेपाल लाइभ सोमबार, फागुन १२, २०७६  १८:२८
1140x725

काठमाडौं- अन्त:शुल्क स्टिकर खरिदको प्रक्रिया सुरु भएको ५ महिनापछि सरकारले यो खरिद अघि बढाउन सक्ने भएको छ। असोज १३ गतेबाट सुरु भएको खरिद प्रक्रियाको विवाद सार्वजनिक लेखा समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै सोमबार सर्वोच्च अदालत पुगेर टुंगिएसँगै सरकारलाई अघि बढ्ने बाटो खुलेको छ। 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत स्टिकर खरिदको प्रक्रिया अघि बढाउँदा आफूले प्रतिस्पर्धामा सहभागी हुने अवसर गुमाएको भन्दै मिराज प्रिन्टिङ सोलुसन्सका तर्फबाट मनोहरराज घिमिरेले दायर गरेको रिट खारेज भएसँगै सरकारलाई अघि बढ्ने बाटो खुलेको हो। सर्वोच्च अदालतलका न्यायाधीशद्वय दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले सोमबार अन्तिम सुनुवाइपछि रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो। 

घिमिरेले यो प्रक्रिया सुरु भएलगत्तै संसदको सार्वजनिक लेखा समिति, अख्तियार र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिएका थिए। उनको निवेदनमाथि छलफल गर्दै लेखा समितिले प्रक्रिया रोक्न निर्देशन दिएको थियो। तर अर्थ मन्त्रालयले प्रक्रिया रोक्नु नपर्ने भन्दै लिखित जवाफ फर्काएको थियो। 

लेखा समितिबाट अनुकूल निर्णय नआउने देखेपछि घिमिरेले अख्तियारमा निवेदन दिए। अख्तियारले प्रतिस्पर्धाको बाटो नछेक्न भने पनि प्रक्रिया रोक्न निर्देशन दिए। त्यसपछि उनी सर्वोच्च गए। कात्तिक २७ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै प्रक्रिया रोक्न अन्तरकालीन् अन्तरिम आदेश जारी गरेको थियो। 

सर्वोच्चको अन्तरकालीन् अन्तरिम आदेशसँगै रोकिएको यो प्रक्रिया अब अघि बढ्नेछ। 'अदालतको फैसला अध्ययनपछि कसरी अघि बढ्ने भन्ने टुंगोमा पुग्छौँ,' आन्तरिक राजस्व विभागका उपमहानिर्देशक थानेश्वर गौतमले भने। सर्वोच्चले भविष्यमा नेपाली कम्पनीलाई पनि प्रतिस्पर्धामा सहभागी हुने मौका दिन निर्देशनात्मक आदेश जारी गर्दै यसपटकको रिट भने खारेजी गरिदिएको हो। 

यस्तो थियो 'ट्रयाक टु' तयारी
सर्वोच्च अदालतमा लामो समयसम्म मुद्दा विचाराधीन रहेपछि अर्थ मन्त्रालयले छलफल थाल्यो, अन्त:शुल्क स्टिकरको भण्डारण सकिए के गर्ने? आन्तरिक राजस्व विभाग र मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि निश्कर्ष निकालियो, 'हाल स्टिकर खरिद गरेकै कम्पनीबाट थप स्टिकर खरिद गर्ने।' 

विभागले पछिल्लोपटक २०७२ मा इन्डोनेसियाको कम्पनी पेरुम पेर्सेटाकन उआङ रि (पेरुम पेरुरी)सँग खरिद गरेको थियो। यही कम्पनीसँग स्टिकर खरिदको प्रस्ताव अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पुर्‍याएको थियो। मन्त्रिपरिषदमा प्रस्ताव विचाराधीन रहेकै बेला सर्वोच्चले सरकारलाई पुरानै प्रक्रियामा अघि बढ्ने बाटो खोलिदिएको हो।

साढे २ वर्षलाई ८ अर्ब स्टिकर किनिँदै
आन्तरिक राजस्व विभागले साढे वर्षलाई पुग्ने गरी ८ अर्ब थान अन्त:शुल्क स्टिकर किन्ने तयारी अघि बढाएको थियो। असोज १३ गते ४५ दिनको सूचना राखेर पहिलोपटक बोलपत्र आव्हान गरिएकोमा बीचैमा मुद्दा पर्‍यो। अदालतले यथास्थितिमा राख्न आदेश दिएसँगै विभागले १५ दिन समय थप्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

मंसिर १४ गते दिउँसो १ बजे विद्युतीय बोलपत्र खोल्ने तयारी विभागले गरेको थियो। तर अदालतको अन्तरिम आदेशले निरन्तरता पाएसँगै प्रक्रिया रोकिरह्यो। यहीबीचमा अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठायो। सोमबारको फैसलासँगै सरकारले सहज बाटोबाट स्टिकर किन्ने बाटो खुलेको छ। 

न्यायाधीशको प्रश्न- १० वर्ष योग्यता किन राखेको?
सोमबार बहसका क्रममा सर्वोच्चका न्यायाधीशद्वय कार्की र मोक्तानले सरकारी वकिल एवं आन्तरिक राजस्व विभागका प्रतिनिधिलाई सोधेका थिए, १० वर्ष काम गरेको कम्पनीले मात्रै प्रतिस्पर्धामा सहभागी हुन पाउने शर्त किन राखेको?

यसको जवाफ विभागका उपमहानिर्देशक गौतमले यसरी दिए, 'अन्त:शुल्क स्टिकर असाध्यै संवेदनशील विषय हो, यसको दुरुपयोग हुनुहुँदैन भन्नेमा विभाग अत्यन्तै सचेत छ। हामीले बैंक नोट, मेसिन रिडेबल पासपोर्ट जस्ता संवेदनशील वस्तु छपाइ गरेको सुरक्षात्मक मुद्रण उद्योगको मान्यता पाएका कम्पनी प्रतिस्पर्धामा सहभागी होउन् भन्ने उद्देश्यले १० वर्षको अनुभव राखेका हौं।' 

बहसमा सरकारी वकिल एवं विभागका प्रतिनिधिले सुरक्षात्मक मुद्रण उद्योग स्थापनाको प्रक्रिया अघि बढेको भन्दै अहिलेसम्म उद्योग मन्त्रालय एवं सञ्चार मन्त्रालयबाट सुरक्षात्मक मुद्रण उद्योगको अनुमति कसैलाई नदिएको बताएका थिए। उनीहरुले प्रतिस्पर्धाबाट कसैलाई नरोकिएको जिकिर पनि प्रस्तुत गरेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

थर्ड पार्टी इन्टरभेन्सन अर्थहीन
मिराज प्रिन्टिङले हालेको मुद्दाम अघिल्लोपटकबाट प्रवेश गर्‍यो स्प्रिन्ट प्रिन्टर्स। शिशिर नहाटाको यो कम्पनीले आफू पनि सुरक्षात्मक छपाइका लागि इच्छुक एवं योग्य रहेको दावी गर्दै मुद्दाको बीचमा प्रवेश गरेको थियो। सरोकारवाला तेस्रो पक्ष (थर्ड पाटी) भन्दै मुद्दामा प्रवेश गरेको कम्पनीका तर्फबाट बहस गरेका अधिवक्ता गोविन्द बन्दीले रिचार्ज कार्डलगायतका वस्तुको छपाइ आफूले गरिरहेको दावी गरेका थिए।

उनले आन्तरिक राजस्व विभागले सार्वजनिक खरिद ऐन एवं नियमावली विपरीत बोलपत्र प्रतिस्पर्धी कम्पनीको योग्यता तोकेको दावी गरेका थिए। तर सर्वोच्चले यसपटकको खरिदका लागि उसको दावी पनि अस्वीकृत गरिदिएको छ। 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्