एजेन्सी– साउदी अरेबियामा ३५ वर्ष पछि सिनेमा हलहरु सञ्चालन हुने भएका छन्। अप्रिल १८ देखि सिनेमा हलमा फिल्म प्रदर्शन सुरु हुन लागिएको छ।
अमेरिकाको एएमसीले साउदीका १५ सहरमा ४० वटा हल खोल्ने अनुमती पाएको छ। राजधानी रियादमा उसले १८ अप्रिलमा सुपरहिट अंग्रेजी फिल्म ब्लाक प्यान्थर फिल्म प्रदर्शन गर्दैछ।
सन् १९७० मा साउदीमा धेरै सिनेमा हलहरु संचालनमा थिए। तर, सन् ८० को दशकसम्म एकपछि अर्काे बन्द गरिएको थियो। देशमा पश्चिमी प्रभाव रोक्न भन्दै हलहरु बन्द गरिएको थियो।
सन् २०१७ मा साउदी सरकारले आर्थिक तथा सामाजिक पुर्नसंरचना सुरु गर्ने घोषणा गरेको थियो। जसअनुसार सिनेमा हलहरु पनि सुचारु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।