• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जसले बिभत्स शवसँग १० वर्ष बिताए

64x64
नारायण अधिकारी शनिबार, फागुन १०, २०७६  ०६:३०
1140x725

काठमाडौं- रगतको आहालमा डुबेका शवलाई ओल्टाइपल्टाइ गर्नु। डुङ्डुङ्ती गन्हाउने शवको समेत बेपर्वाह गरी अंग-अंगका चोटपटकको इन्ची–इन्ची नाप गर्नु। बिस्फोटमा परेर टुक्रा-टुक्रा भएका मान्छेका शरीरका अंग बटुल्नु। कुहिएका शव ढलबाट निकाल्नु। गाडेको ३५ दिनपछि किराले ढपक्कै ढाकिएको शवकाे समेत रत्तिभर घिन नसम्झी उत्खनन् गर्नु। 

यी काम सुन्दामात्रै पनि ज्यान सिरिङ्ग हुनसक्छ। कुहिएका शवलाई ओल्टाइपल्टाइ गर्ने हैन, देख्दै परैबाट नाक थुनेर सबैजसो पन्छिने गर्छन्। सामान्य मान्छेलाई लाग्छ- यस्ता कुहिएका शव छुन नपरोस् हैन, देख्नै नपरोस्। 

तर शम्भुप्रसाद पोखरेल यस्ता व्यक्ति हुन्, जो १० वर्षदेखि यस्तै शवसँग साक्षात्कार गरिरहेका छन्। गत मंगलबार बिहान उनै पोखरेललाई कुराकानीका लागि टेलिफोन गर्दा एउटा शव निकाल्नै व्यस्त थिए- उपत्यकाका चर्पी मिसिएको विष्णुमति नदीबाट। 

बल्खु तरकारी बजारमा काम गर्ने उमेश महतो तरकारी बजारसँगैको विष्णुमति नदीमा मृत भेटिएका थिए। नदीमा शव फेला परेको सूचना महानगरीय प्रहरी अपराध महाशाखामा आएपछि हवल्दार पोखरेल उतै दौडिए। नदीबाट शव निकाले।

शरीरमा चोटपटक, निलडाल छ/छैन, कस्तो अवस्थामा भेटिएको छ, वरपर केही शंकास्पद वस्तु छ/छैन पोखरेलले यिनै कुरा नियाले। सँगै गएको मुद्दाको टोलीले घटनास्थल मुचुल्का उठायो। करिब दुई घण्टामा काम फत्ते गरेर उनी कार्यालय महाशाखा फर्किए।

यस्तै प्रकृतिका काममा पोखरेलले आफ्नो १० वर्ष खर्चिसकेका छन्। रौतहटको चन्द्रनिगापुर-२ का पोखरेल २०६१ सालमा प्रहरी जवान भर्ती भए। तालिम सकिएपछिका दुई वर्ष उनले बुटवलमै बिताए।

वडा प्रहरी कार्यालय रामनगरमा कार्यरत पोखरेलको त्यसबेलासम्म आङमा प्रहरीको बर्दी थियो।  

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी प्रधान कार्यालयले फिंगर प्रिन्ट तालिमको लागि केही प्रहरी जवानको नाम पठाउन निर्देशन दियो। त्यसमा छानिए पोखरेल। अपराधी पहिचानको मुख्य हतियार फिंगर प्रिन्टको तीन महिने तालिम पश्चात भने उनको आङको बर्दी हट्यो।

सादा पोशाकमै रहेर फिंगर प्रिन्टको काम गर्न थाले।

फिंगर प्रिन्टको काम गरिरहेकै बेला २०६४ असारमा उनको बुटवलबाट महानगरीय प्रहरी प्रभाग सीतापाइला सरुवा भयो। त्यहाँ पनि उनले फिंगर प्रिन्टकै काम गरे।

चोरीको घटनामा संलग्न व्यक्तिको फिङ्गर प्रिन्ट लिँदै शम्भु(दुवै तस्बिर)

प्रभागमा तीन वर्ष काम गरिसकेपछि २०६७ साउनमा महानगरीय प्रहरी अपराध महाशाखामा काज भयो। त्यहीबाट सुरु भएको हो, हवल्दार पाखेरेलको शवसँगको साक्षात्कार। करिब १० वर्षदेखि महाशाखाकै सोको (क्राइम सिन अफिसर) टिममा रहेर उनले काम गर्दै आइरहेका छन् ।

०००

महाशाखामा आएपछि सोको टिममा रहेर उनले फिंगर प्रिन्टकै काम गरे। फिंगर प्रिन्ट विशेष गरी चोरीको अनुसन्धानमा प्रयोग गरिँदै आएको छ। चोरी भएको ठाउँमा गएर चोरले समाउन सक्ने लकर, दराज, ढोकाको ह्णडलजस्ता ठाउँबाट मेसिनमार्फत शम्भुले चोरका तमसुक निकाल्थे। उनैले रेकर्ड गरेर ल्याएका फिंगर प्रिन्टबाट सयौं चोर समातिएका छन्।

‘१० वर्षको अवधिमा सयौं चोर पक्रिन सहयोग गरियो होला’ यति जना चोर पक्राउका लागि आफ्नो रेकर्डले काम गरेको भन्नेबारे अनविज्ञता पोख्दै पोखरेल भन्छन्। 

सँगै उनको रेकर्ड बाहिरबाट पक्राउ गरेर ल्याइएका चोरको पनि उनले फिंगर प्रिन्ट रेकर्ड गरेर राखेका छन्। ताकि भोलिका दिनमा फेरि अनुसन्धान गर्नुपर्दा सजिलो होस्। फिंगर प्रिन्टको काम गर्दागर्दै उनले सोको सहायकको रुपमा काम गर्न थालिसकेका थिए।

‘फिंगर प्रिन्टको काम गर्दागर्दै सरहरु (असई,सई)सँग असामान्य किसिमबाट मृत्यु भएका घटनामा म पनि जान्थें। त्यहीँबाट सोको सहायकको काम सिकेको हुँ’, बिना तालिम हेरकै भरमा सोको सहायकको काम सिकेको बारे पोखरेलले बताए।

उनले सोको सहायकको काम सिकेका बेला त असईभन्दा तल्लो दर्जालाई तालिम दिने चलन नै थिएन। त्यसबेला उनी भने सिपाही नै थिए।

सोको किट बक्समा सामान राख्दै।

त्यसपछि भने विभत्स घटना, हत्या, दुर्घटना, बम बिस्फोटमा मृत्यु, झुण्डिएर आत्महत्या, विष खाएर आत्महत्या, गोली प्रहार गरी हत्या जस्ता सयौं घटनाका साक्षी बनेका छन् पोखरेल। अहिले अभ्यस्त भइसकेका पोखेरेललाई सुरु सुरुमा भने डर र घिन नलागेको होइन। 

‘सोको टिममा आएपछि मेरो पहिलो क्राइम सिन घटना भनेको कोटेश्वरमा फर्निचरमा काम गर्ने युवालाई मारेको केश थियो। घाँटीमा छुरी थियो। मृतक युवा मुख बाइरहेका थिए। त्यसबेला भने मलाई एकदमै डर लागेको थियो’, पोखरेलले भने, ‘त्यसपछि भने मलाई डर लागेको छैन।’

सोको टिमले घटनास्थल पुगेपछि सुरुमा क्राइम सिन कर्डन गर्छ। त्यसपछि क्राइम सिन फोटो लिने, फेन्सिक इभिडेन्स कलेक्शन गर्ने, फुट प्रिन्ट फिंगर कलेक्शनको काम सुरु हुन्छ। सोको टिमले कलेक्शन गरेका अपराधी पत्ता लाग्न सहयोग गर्ने प्रमाणसहितका क्लु सम्बन्धीत मुद्दाको टिमलाई बुझाउँछन्।

०००

यसरी शम्भुले १० वर्षको बीचमा करिब १५ सय शवलाई ओल्टाइपल्टाइ गरिसकेका छन्। ती मध्येका केही घटना भने उनले निकै रोचकसाथ सुनाए। 

‘व्यवसायी प्रकाशबाबु पन्तको हत्या गरि शव गाडेको ३५ दिनपछि निकालेको थिएँ। शवलाई प्लाष्टिकले बेरेर गाडिएको। शवमा जहाँ समायो त्यहीको मासु हातमै आउँथ्यो’, शम्भु आफ्नो अनुभव सुनाउँछन्, ‘त्यसबेला हामीसँग डाक्टर हरिहर वस्ती पनि हुनुहन्थो।’

(व्यवसायी पन्तको २०६८ चैत १२ मा काठमाडौंबाट अपहरण भएको थियो। अपहरण गरी हत्या गरेको ३५ दिनपछि पन्तको शव नुवाकोटको ककनीमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो। पछि शव जाँच गर्दा अपहरणकारीले विष सेवन गराएर पन्तको हत्या गरेको पुष्टि भएको थियो।)

‘हेर्दा सामान्य लागे पनि हाम्रो जिम्मेवारी भने निकै चुनौतीपूर्ण र संवेदनशील छ। अपराधी पत्ता लाग्ने भनेको क्राइम सिन इभिडेन्सको राम्रोसँग संकलन गरेपछि हो। त्यसकारण घिन नमानिकनै क्राइम सिनका प्रमाण संलकन गर्नुपर्छ’ शम्भु भन्छन्।

पोखरेलसहितको टिमले क्राइम सिनमा संकलन गरेको प्रमाण र प्रहरीको थप अनुसन्धानबाट व्यवसायी पन्त हत्या काण्डमा संलग्न व्यक्ति पक्राउ परेका थिए। 

यतिमात्रै होइन, यो १० वर्षको अवधिमा १५ सयभन्दा बढी क्राइम सिनमा गएर प्रमाण संकलन गरेका शम्भुका अनेक अनुभव छन्। कतिपय क्राइम सिनमा जाँदा त उनको मन नै चसक्क पनि हुन्छ। 

‘बबरमहल बम बिस्फोटको घटनामा पनि म गएको थिएँ। दृश्य यति दर्दनाक थियो कि क्राइम सिनमा भएका प्रमाण संकलन गर्ने बेला अन्तिममा मैले मान्छेका हातका औँलामात्रै छुटिएको अवस्थामा समेत भेटेको थिएँ’, दर्दनाक घटनाका बारेमा सुनाउँदै गर्दा उनले अतित सम्झिए, ‘कहिलेकाहीँ यस्ता घटनाले मनै चसक्क बनाउँछ।’ 

बबरमहल बम विस्फोटको घटनामा क्राइम सिन निरीक्षण गर्दै।

(तत्कालीन संयुक्त जातीय मुक्ति मोर्चाले २०६८ फागुन १५ मा काठमाडौं बबरमहलमा दिउँसो १ बजे शक्तिशाली बम बम विस्फोट गराएको थियो। सो क्रममा कृष्णबहादुर तामाङ, मानबहादुर तामाङ र बीरबहादुरको तामाङ गरी तीन जनाको ज्यान गएको थियो। सात जना गम्भीर घाइते भएका थिए।)

यी घटना रक्ताम्य र दर्दनाक थिए। शम्भुले कुहिएर किरा परेका शव र हड्डीमात्रै पनि उठाएका छन्। शव ओल्टाइपल्टाइ गरेका छन्। इन्ची टेपले चोटको लम्बाई र चौडाई नापेका छन्।

गोलीका खोका र बारुदका छर्रा संकलन गरेका छन्। त्यसमा कति घटना त अझैसम्म रहस्यको गर्भमै छन्।

लगभग चार वर्ष अगाडि रानीबारीको जंगलबाट हड्डीमात्रै संकलन गरेर बोरामा हालेर उनै शम्भुले ल्याएका थिए। एक विदेशी पर्यटक काठमाडौंबाट नुवाकोट ट्रेकिङ जाने क्रममा अस्थीपञ्जर देखिपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी प्रधान कार्यालयमार्फत अपराध महाशाखामा उक्त सूचना पुगेपछि शम्भुसहितको टोलीले रानीबारी जंगलबाट अस्थीपञ्जर बोरामा हालेर ल्याएको थियो।

वरपरका कपडाबाट त्यो अस्थीपञ्जर महिलाको हो भन्ने आशंका गरिए पनि त्यो कसको थियो अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन। 

०००

शम्भुकी श्रीमती पनि प्रहरी सेवामै छिन्। एक छोरासहित उनीहरु तीन जना सानेपामा बस्छन्। घरभित्र प्रवेश गर्ने बेला शम्भुले लगाएका बाहिरी बस्त्र ढोका बाहिरै फुकाले, भित्र पसेपछि श्रीमती र छोराले सहजै बुझ्छन् ‘आज दर्दनाक र कुहिएका शवकाे प्रमाण संकलन गरेर आए शम्भु।’

‘आलो शवका  काँचो रगत गन्हाइरहेको हुन्छ भने पुरानो शवका दुर्गन्ध आफ्नै शरीरबाट आइरहेकाे हुन्छ। यस्ता शव चलाएको दिन सधैँ नुहाउन पनि भ्याइँदैन। त्यसैले घर छिर्ने बेला कपडा खोलेर पस्छु’ शम्भुले बाध्यता सुनाए। 

शम्भुलाई ठ्याक्कै मिति थाहा छैन। पाँच/छ वर्ष अगाडि बौद्धमा प्लाष्टिकले बेरिएको अवस्थामा एक शेर्पाकाे शव भेटिएको थियो। प्लाष्टिक खोल्दा शम्भुका शरीरमा समेत किरा हिँडेका थिए।

किरैकीराको शवलाई ओल्टाइपल्टाइ गर्दासमेत उनले नुहाउने फुर्सद पाएनन्। यस्तो अवस्थामा भने उनी कपडा ढोका बाहिरै खोलेरभित्र पस्छन्।

यस्ता सयौं घटनाका साक्षी बनेका शम्भुले न्यायाधीश रणबहादुर बम, पूर्व राजदूत केशवराज झा हत्या, भक्तपुरमा बालक निशान खड्काको अपहरणपछि हत्या, व्यवसायी अञ्जनीकुमार चाचन हत्या, इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको हत्या लगायतको प्रमाण संकलनको काम गरेका छन्।

अपहरणपछि हत्या गरेर खाल्डोमा गाडिएका बालक निशान खड्काको शव निकाल्दै।

सोको सहायकको रुपमा उत्कृष्ट काम गरेकै कारण उनले २०७१ मा शान्ति मिसनमा सुडान जाने अवसरसमेत पाएका थिए।

अपराधको अनुसन्धान घटनास्थल अर्थात क्राइम सिनबाट सुरु हुन्छ। क्राइम सिन अपराध अनुसन्धानको पहिलो प्रमाण हो। घटनास्थलको सबुत कसरी जुटाइन्छ? र, घटनाको अवस्थाको विश्लेषण कसरी गरिन्छ? यसको असर अनुसन्धानको अन्तिम बिन्दुसम्म देखापर्छ।

क्राइम सिनमा थोरै तलमाथि भएको अवस्थामा अपराधीको पहिचान नहुन पनि सक्छ। त्यसैले त भन्ने गरिन्छ, ‘अपराधीको पहिचान हुनुमा सोको अफिसरको भूमिका मुख्य हुन्छ।’ 

शम्भुले यस्तै मुख्य जिम्मेवारी दश वर्ष पूरा गरे। अझै लागिपरिरहेका छन्। 

शम्भुप्रसाद पोखरेलसँगकाे भिडियाे कुराकानी

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जलीस्वरूप सामूहिक धार्मिक अनुष्ठान [तस्बिरहरु] बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहस प्राप्त होस् भन्ने पवित्र उद्देश्यले श्रीमद्भग... सोमबार, भदौ २२, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी अगस्ट २६ मा गएको विनाशकारी पहिरोबाट ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएपछि उद्धार कार्य जारी रहँदा सम्भावित दोस्रो च... आइतबार, भदौ २१, २०८३
संसद भवन परिसरमा जेन–जी पार्क तथा शालिक स्तम्भ शिलान्याश [फोटोफिचर] शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै भावी पुस्तासम्म उनीहरूको इतिहास र योगदानलाई जीवन्त राख्ने उद्देश्यले स्मारक पार्क, शालिक तथ... आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
एमभी दुगड समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग सोमबार, भदौ २२, २०८३
गाँजा खेती र स्थानीय मदिरालाई कानुनी दायरामा ल्याउने कोशी सरकारको प्रस्ताव सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
वृद्ध दम्पतीलाई बन्धक बनाई लुटपाट, पाँच जना पक्राउ सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी : सेनाका ४५ र सशस्त्रका १२ जना अझै बेपत्ता, उद्धार र खोज निरन्तर सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्