काठमाडौं– गजलकार सुरेश वाग्लेको एकल गजल एल्बम ‘तिमी साथ भएपछि’ सार्वजनिक भएको छ। झन्डै एक दशक अघिदेखि अमेरिकामा बसोबास गर्दै आइरहेका वाग्ले लेखेका १० गजल समावेश एल्बम बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
उदय मनिला सोताङ, शिव परियार, अञ्जु पन्त, मनोजराज शिवाकोटी, हरि लम्साल, टीका प्रसाई, मदन गोपाल र नेपाल आइडल बुद्ध लामाको स्वर रहेको एल्बमलाई हरि लम्साल, शिव परियार, मनोजराज तथा किरण श्रेष्ठले संगीतबद्ध गरेका छन्।
संग्रहमा १० वर्षअघि देखिका गजल समावेश छन्। एल्बममा समावेश ४ वटा गीतहरुको भिडियो पनि सार्वजनिक गरिएको छ।
करिब १५ वर्षअघि नेपाली गजल क्षेत्रको विकास, विस्तार र प्रचारप्रसारको उदेश्यका साथ ‘गजल गृह नेपाल’नामक संस्था स्थापना गरेका वाग्लेको ‘तिमी साथ भएपछि’पहिलो एकल एल्बम हो।वाग्लेले अमेरिको बुस्टनमा नेपाली गीत संगीत र संस्कृतिको संरक्षणका निम्ति हिमालयन हेरिटेज कल्चरल एकेडेमी सञ्चालन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।